Author: admin

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार तीजको दर खाने कार्यक्रम आयोजना गरेकी छिन् । प्रधानमन्त्रीसहित मुख्य राजनीतिक दलका शीर्ष नेतालाई परिवारसहित सहभागी हुन राष्ट्रपति कार्यालयले निम्ता पठाएको छ । शनिबार अरु सार्वजनिक कार्यक्रम नभएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल दर खानको लागि शिलत निवास जान लागेका छन् । अरु दलका नेता पनि निम्तो मान्न जाने तयारीमा छन् । राष्ट्रपतिले विभिन्न क्षेत्रका महिला अगुवाहरुका लागि दर खाने कार्यक्रम आयोजना गरेको शितल निवास स्रोतले जनाएको छ ।

Read More

एजेन्सी । अफ्रिकी देशमा बिद्रोही संगठन बोको हरामको हिंसात्मक गतिविधिका कारण १४ लाख बालबालिका विस्थापित भएको संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफले जनाएको छ । नाइजेरिया, क्यामरुन, चाड र नाइजरमा बोको हरामका कारण मानवीय अवस्था संकटमा रहेको र लाखौं बालबालिका विस्थापित भएको युनिसेफले उल्लेख गरेको छ । कम्तिमा १० लाख बालबालिका द्वन्द्वग्रस्त क्षेत्रमा फसेको र उनीहरुसम्म पुग्न समस्या भइरहेको युनिसेफले सर्वाजनिक गरेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । तर यसअघि पुग्न नसकिएको नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा भने राहत सामग्री पुर्‍याइएको पश्चिम तथा मध्य अफ्रिकाका लागि युनिसेफका क्षेत्रीय निर्देक म्यानुएल फोन्टाइनेले बताउनुभयो । बोको हरामको नियन्त्रणमा रहेका क्षेत्रमा फसेका बालबालिकाको अवस्था दयनीय रहेको र…

Read More

काठमाडौं ।  आगामी १५ असोजको घटस्थापनाका दिनबाट सुरूहुने दसैंका लागि राजधानीबाट मुलुकभरका विभिन्न गन्तब्यमा जाने यात्रुबाहक बसको टिकट बुकिङ आगामी असोजको पहिलो साताबाट खुल्ने भएको छ। यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीको समन्वयमा दसैंका लागि राजधानीबाट विभिन्न गन्तब्य हुँदै गाउँ घरसम्म पुग्ने यात्रुको लागि आगामी असोजको पहिलो साताबाट टिकट बुकिङ खुल्ने यातायात व्यवस्था विभागले जनाएको खबर आजको राजधानीमा छापिएको छ।

Read More

काठमाडौं ।  विशिष्ट व्यक्ति साधारण र सामान्य स्वास्थ्य परीक्षणका लागि समेत लाखौं खर्चेर विदेश जान थाले भनेर वीर अस्पतालले करिब दुई वर्षअघि ३० लाख रुपैयाँ खर्च गरी अस्पतालको विशिष्ट क्याबिन मर्मतसम्भार गर्‍यो। विशिष्ट व्यक्ति पद र सरकारी कोषको दुरूपयोग गरेर साधारण र सामान्य उपचारका लागि पनि विदेश गएको भन्दै सर्वसाधरण र सञ्चार माध्यमले आलोचना गरेपछि अस्पतालका विशिष्ट कक्ष मर्मतसम्भार गरिएको थियो। अस्पतालले आफ्ना अति विशिष्ट क्याबिन मर्मतसम्भार त गर्‍यो। तर, मर्मतसम्भार गरेपछि एक जना पनि विशिष्ट व्यक्ति उपचारका लागि दुई वर्षयता वीर अस्पताल नपुगेको खबर आजको नागरिक दैनिकमा छापिएको छ। विगतमा राजपरिवारका सदस्यहरुले समेत प्रयोग गरिएका आधुनिक र उच्च प्रविधियुक्त…

Read More

काठमाडौं । पूवी सुर्खेतको मैनतडा निवासी १५ वर्षीया विमला विक परिवाको दबाबमा गाउँकै युवकसँग भागिन् । उमेर नपुग्दै विवाहको लागि विमला भागेको सूचना स्थगानीय किशोरीहरुले पाए । कक्षा आठमा पढ्दै गरेकी विमलाको विवाह हुँदै थियो । तर कलिलैमा विवाह गर्न लागेको भन्दै गाउँका किशोरी मिलेर विमलालाई मण्डप (जग्गे) बाटै खोसेर लगे । इच्छा विपरीत हुन लागेको विमलाको विवाह रोकियो । मैनतडाकै १३ वर्षीया संगीता तिरुवा सात कक्षामा पढ्दा पढ्दै गाउँकै किशोरसँग भागिन् । परिवारले खोजीका लागि हारगुहार नै गरे । केटा पक्षले रातारात विवाहका लागि जग्गे तयार पारे । उनको विहेको प्रक्रिया चल्दै थियो । बालविवाहविरुद्ध गस्तीमा निस्केका स्थानीय किशोरीले…

Read More

 काठमाडौं । इलाका प्रहरी कार्यालय इटहरीमा बुधबार मात्रै सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशराज सुवेदीले प्रहरी कार्यालयलाई यातनारहित बनाउने प्रतिबद्धता जनाएका थिए । तर, उनको प्रतिबद्धता २४ घन्टा पनि टिकेन । प्रतिबद्धता जनाएको २४ घन्टा पनि नबित्दै स्थानीय एक आर्ट (पेन्टर) व्यवसायीलाई प्रहरीले कार्यालयभित्रै लगेर कुटपिट गरेको छ । स्थानीय संगीत चोकमा रहेको न्यु रेम्बो आट्र्स एन्ड नाइलन स्ट्याम्पका कर्मचारी मनोज पञ्जियारलाई प्रहरीले शुक्रबार दिउँसो ३ बजे कार्यालयभित्रै लगेर कुटेका हुन् । उनको देब्रे गाला सुन्निएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । प्रहरी कार्यालय इटहरीले नयाँ डिएसपीको नेमप्लेट, वालपेन्ट बनाउन न्यु रेम्बो आट्र्सका सञ्चालक शिवकुमार कटुवाललाई जिम्मा…

Read More

काठमाडौं- नयाँ जलविद्युत् आयोजना निर्माण गर्न आन्तरिक स्रोतबाट तत्काल करिब एक खर्ब ४३ अर्ब रुपैयाँ जुटाउन सकिने भएको छ । विद्युत् उत्पादनमा लगानी आह्वान भएमा यो रकम तत्काल दिने सरकारी कोष तथा कम्पनीहरूको प्रस्ताव छ । जलविद्युतमा स्वदेशी लगानीबारे ऊर्जामन्त्री जनार्दन शर्माले शुक्रबार बोलाएको छलफलमा सरकारी कोष तथा कम्पनीहरूले विद्युत्मा लगानी प्रस्ताव गरेका हुन् । उनीहरूले आफूसँग अहिले रहेको ८८ अर्ब ६० करोड रुपैयाँ र वार्षिक जम्मा हुने रकमबाट प्रतिवर्ष ५४ अर्ब ६० करोड रुपैयाँ जलविद्युत् आयोजनामा लगानी गर्न सकिने प्रस्ताव गरेका छन् । ऊर्जामन्त्री शर्माले स्वदेशी लगानीमा जलविद्युत् आयोजना निर्माण गर्न कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, राष्ट्रिय बिमा…

Read More

काठमाडौँ । भूकम्पबाट अतिप्रभावित जिल्लाका अनुदान पाउनयोग्य सबै लाभग्राहीले असोज पहिलो साताभित्र रकम पाइसक्ने दाबी सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान रकम उपलब्ध गराउन विशेष अभियान थालेसँगै तीव्र गतिमा रकम उपलब्ध गराइएको मन्त्रालय अन्तर्गतको केन्द्रीय कार्यान्वयन एकाइले जानकारी दिएको छ । सिन्धुपाल्चोकमा शुक्रबार मात्रै १० हजार भूकम्पपीडितसँग सम्झौता भएको एकाइका प्रमुख गणेशकुमार वस्तीले जानकारी दिए । शुक्रबारसम्ममा अति प्रभावित जिल्लाका करिब ७१ दशमलव ८८ प्रतिशत पीडितसँग अनुदान सम्झौता भइसकेको छ । त्यस्तै अनुदान सम्झौता भएकामध्ये एक लाख ३८ हजारभन्दा बढी पीडितको खातामा अनुदान रकमको पहिलो किस्ताको ५० हजार रुपियाँ जम्मा भइसकेको एकाइले जानकारी…

Read More

रौतहट – शुक्रबार एकाबिहानै आएको खबरले जिल्लाबासीलाई शोकमग्न बनायो। बिहीबार साँझ रौतहटबाट पोखरा हिँडेको बस त्रिशुलीमा खसेको थियो । शिक्षक सेवा आयोगले शनिबार बिहान ८ बजेदेखि लिने निम्न माध्यमिक तहको स्थायी शिक्षकको लिखित परीक्षा दिन दर्जनौं शिक्षित बेरोजगार चढेको ग १ ख ३७०९ नम्बरको विन्ध्यवासिनी बस नदीमा खसेको खबरले बसलाई त्रिसुलीले डुबाएजस्तै जिल्लालाई शोकले डुबायो । दुर्घटनामा रौतहटको मुडबलवा गाविसका पाँचजनाको मृत्यु भएको छ । साँझसम्म दुईजनाको सनाखत भएको छ। शिक्षकद्वय चित्तरञ्जन यादव र राजेशप्रसाद यादवको सनाखत भएको छ । सँगै चढेका रविरञ्जन यादव, राम बालक साह र मुकेश रामको अवस्था शुक्रबार साँझसम्म अज्ञात छ । दुर्घटनाको खबर सुनेदेखि राजेश…

Read More

काठमाडौं । नारायणगढबाट मुग्लिनसम्म आउने ३६ किलोमिटर सडकखण्ड जहिल्यै असुरक्षित र साँघुरो त छँदैछ । त्यहीमाथि विस्तारका नाममा सडक विभागले  सडकको जुन हविगत बनाएको छ, यात्रुहरु हरेक क्षण ज्यान धरापमा राखेर हिँड्न बाध्य छन् । चितवन प्रहरी प्रमुख एसपी वसन्त कुँवरका अनुसार साँघुरो सडक, धेरै खाल्डाखुल्डी र पेटी नभएका कारण नारायणगढ मुग्लिन सडकको कालीखोलाखण्ड निकै जोखिमपूर्ण रहेकाे अाजकाे अन्नपूर्णमा समाचार छ । ‘दुर्घटना भएको बस खसेको ठाउँमा सडक साँगुरो छ । खाल्डाखुल्डी धेरै छन् । त्यही ठाउँमा प्याराफिट पनि छैन,’ उनले भने, कि ड्राइभर झुक्किएर खस्यो कि निदायो भन्ने अनुमान गर्न सकिन्छ ।’ ड्राइभरकै मृत्यु भएकाले बस दुर्घटनाको अनुसन्धानमा कठिनाइ…

Read More