काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार तीजको दर खाने कार्यक्रम आयोजना गरेकी छिन् । प्रधानमन्त्रीसहित मुख्य राजनीतिक दलका शीर्ष नेतालाई परिवारसहित सहभागी हुन राष्ट्रपति कार्यालयले निम्ता पठाएको छ ।

शनिबार अरु सार्वजनिक कार्यक्रम नभएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल दर खानको लागि शिलत निवास जान लागेका छन् । अरु दलका नेता पनि निम्तो मान्न जाने तयारीमा छन् ।
राष्ट्रपतिले विभिन्न क्षेत्रका महिला अगुवाहरुका लागि दर खाने कार्यक्रम आयोजना गरेको शितल निवास स्रोतले जनाएको छ ।
Facebook Comments Box