Author: admin
भद्रपुर, भदौ १३ । झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा खुल्ला सडक ५ किलोमिटर दौड प्रतियोगिता झापाको भद्रपुरमा आज विहान सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषदको ५३ औ बार्षिक उत्सवको अवसरमा भद्रपुर ७ स्थित छोटी भन्सार कार्यालयको गेटबाट सूरु भएको दौड अस्पताल चोक, सगरमाथा चोक, क्याम्पस मोड, एसपी मोड हुदै लेखनाथ चोकबाट मेची रंगशाला गेट अगाडी पुगेर सम्पन्न भएको थियो । १९ मिनेट ५२ सेकेन्डमा ५ किलोमिटर दौड पुरा गरी प्रथम स्थान हासिल गरेका दमक नगरपालिका बस्ने याङदेव राईलाई नगद २ हजार एक सय सहित शिल्ड तथा प्रमाणपत्र दिई पुरस्कृत गरिएको थियो । त्यस्तै २१ मिनेट ६ सेकेन्डमा द्धितीय…
१३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्र संघीय आवासीय संयोजक तथा युएनडिपीका आवासीय प्रतिनिधि भलेरिया जुलिएण्डबीच भेटवार्ता भएको छ । सोमबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटमा जुलिएण्डले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै समसामयिक राजनीति र सरकारका योजनाबारे चासो राखेकी थिइन् । भेटमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघले गरेको सहयोगको प्रशंसा गरेका थिए । प्रधानमन्त्रीले संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पपछिको पूनर्निर्माण र नवनिर्माण, सुशासन र राहत, ठूला प्रोजेक्टहरुको सञ्चालन र समृद्धिको जग बसाल्न नयाँ सरकार क्रियाशील भएको जुलिएण्डलाई जवाफ दिए ।
पर्सा, भदौ १३ – सशस्त्र वनरक्षक र तस्करबिच पर्सामा आइतबार राति दोहोरो गोली हानाहान भएको छ । पर्साको मधुवनमथवल वन क्षेत्रमा आइतबार राति वन फँडानी गर्ने तस्करलाई रोक्न खोज्दा दोहोरो गोली हानाहान भएको हो । नियमति गस्तीमा रहेको इलाका वन कार्यालय बढनियारको वन रक्षकमाथि राति १ बजेको समयमा तस्करले गोली चलाएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिनुभयो । उहाँले बढनिहार रेन्जपोस्टका जमदार प्रदीप तिमिल्सिनाको नेतृत्वमा गएको वनरक्षकको टोलीले रूख फँडानी गरिरहेकालाई रोक्न खोज्दा तस्करवाट रक्षकलाई नै लक्षित गरी चार राउन्ड गोली प्रहार गरिएको र सोको प्रतिकारमा रक्षकबाट तीन राउन्ड गोली प्रहार भएको बताउनुभयो । प्रजिअ घिमिरेका अनुसार, तस्कर…
काठमाडौं- पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई क्यान्सर भएको छ। भारतमा स्वास्थ्य परीक्षणक्रममा पूर्वराष्ट्रपति यादवलाई प्रोस्टेट क्यान्सर देखिएको हो। प्रोस्टेट पुरुषको पिसाब थैली र पिसाब नली सुरु हुने स्थानमा रहने एक ग्रन्थी हो। प्रोस्टेट क्यान्सर देखिएपछि यादव शल्यक्रियाका लागि अमेरिका जाने भएका छन्। भारतको चन्डिगढस्थित नेहरू चिकित्सालय (पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिर्सच सेन्टर) मा गरिएको परीक्षणमा ‘एडिनोकार्सिनोमा अफ प्रोस्टेट’ (प्रोस्टेटको क्यान्सर) देखिएपछि अस्पतालले नै उच्च चिकित्सा प्रविधि प्रयोग गरी तत्कालै शल्यक्रिया गर्न सुझाएको थियो। नागरिक दैनिकमा खबर छ । अस्पतालले क्यान्सर उपचारका लागि केही साताभित्रै ‘मिनिमल इनभेजिभ रेडिकल प्रोस्टाटेक्टोमी’ (सानो प्वाल पारेर शल्यक्रिया गर्ने आधुनिक प्रविधि) गर्न सल्लाह दिएपछि पूर्व…
हैदरावादः ब्राजिलमा भएको रियो ओलम्पिकमा पदक जित्ने दुई भारतीय महिलासहित चारजनाले बिएमडब्ल्यू कार उपहार स्वरुप पाएका छन्। रियो ओलम्पिकका लागि भारतीय टोलीका सदभावनादूत रहेका महान क्रिकेटर एवम् पूर्व ब्याट्स म्यान सचिन तेन्दुलकरले पदक विजेता दुई भारतीय महिला खेलाडीसहित चारजनालाई हैदरावादस्थित गोपीचन्द एकेडेमीमा आयोजित विशेष समारोहमा बिएमडब्ल्यू कारको चाँबी हस्तान्तरण गरेका हुन्। रियो ओलम्पिकमा रजत पदक जित्ने व्याडमिन्टन खेलाडी पीवी सिन्धु, रेस्लर साक्षी मलिकसहित राम्रो प्रदर्शन गर्ने जेम्नास्टिक खेलाडी दीपा कर्माकर र व्याडमिन्टनकी प्रशिक्षक पुलेला गोपीचन्दलाई क्रिकेटर सचिन तेन्दुलकरले बिएमडब्ल्यू कार उपहार स्वरुप हस्तान्तरण गरेका हुन्। खेलाडीको सम्मानका लागि ती कार भने हैदराबाद जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष चामुन्डेश्वरनाथ व्यवस्था गरेका हुन्।…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आसन्न भारत भ्रमणको गृहकार्यमा जुटेका छन् । ३० भदौदेखि हुने भ्रमण मितिलाई आधार बनाएर सरकारले अनौपचारिक रुपमा गृहकार्य अगाडि बढाएको छ । प्रधानमन्त्रीको विशेष दूतका रुपमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि दिल्ली गएका बेला ३० भदौदेखि १ असोजसम्मका लागि प्रधानमन्त्रीको भारत भ्रमण मिति तय भएको थियो । यद्यपी, सरकारले प्रधानमन्त्रीको भारत भ्रमणको मिति औपचारिक रुपमा घोषणा गरिसकेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले केही दिन भित्रै औपचारिक रूपमा प्रधानमन्त्रीको भारत भ्रमणमा प्रधानमन्त्रीले नेपाल तर्फबाट उठाउने एजेन्डाका विषयमा छलफल तथा परामर्स गर्ने तयारी गरेको आजको राजधानी दैनिकमा समाचार छ । प्रधानमन्त्री प्रचण्डले भारतका लागि नेपाली…
काठमाडौं – यात्रुको मृत्यु हुने गरी दुर्घटना गराउने चालकले आजीवन सवारीसाधन चलाउन नपाउने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले दुर्घटना रोक्न यो व्यवस्थासहित नयाँ कानुन बनाउन लागेको छ । यातायात व्यवस्था विभागले नयाँ प्रावधानसहितका सवारी तथा यातायात व्यवस्था नियमावली संशोधनको प्रस्ताव मन्त्रालयमा पठाइसकेको छ । हाल ऐनको मस्यौदामा गृहकार्य गरिरहेको छ । ‘धेरै देशमा यात्रु तथा पैदलयात्रुको मृत्यु हुने गरी दुर्घटना गराएमा आजीवन लाइसेन्स खारेज हुने प्रावधान छ,’ यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भने, ‘हामीले पनि आजीवन लाइसेन्स खारेजको प्रस्ताव गरेका छौँ ।’ विभागले यातायातसम्बन्धी ऐन र नियमावली संशोधन गर्न लागेको छ । नियमावली संशोधनको मस्यौदा मन्त्रालयमा…
काठमाडौं । जहाज उडाएर फर्कंदै गर्दा बुद्ध एयरका को–पाइलट पक्राउ परेका छन् । नक्कली प्रमाणपत्रको आरोपमा को–पाइलट स्वच्छन्द घले पक्राउ परेका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई चार दिनअघि पक्राउ गरेको हो । आइएस्सी नै नपढी उनले पाइलट पढेको सिआइबीका निर्देशक डिआइजी नवराज सिलवालले बताए । उनले त्रिभुवन विश्वविद्यालयबाट आइएस्सी पढेको भनेर सर्टिफिकेट पेस गरी दक्षिण अफ्रिकाबाट पाइलट पढेका थिए । उनको विमान चालक अनुमति पत्र नम्बर ४०५ थियो । घलेको सर्टिफिकेट साथी राजुकुमार श्रेष्ठले बनाइदिएका थिए । श्रेष्ठलाई पनि पक्राउ गरिएको सिआइबीले जनाएको छ । श्रेष्ठ हवाई इन्जिनियर हुन् । पक्राउ परेका दुवैविरुद्ध सरकारी छाप दस्तखत किर्ते मुद्दामा…
काठमाडौं । अबदेखि एक केजीभन्दा सानो परिमाणको टुक्रा सुन पनि आयात गर्न पाइने भएको छ । एक केजीको टुक्रा मात्रै आयत गर्न खरिद बिक्रीमा समस्या भएको भन्दै साने परिमाण्का टुक्रा सुन पनि आयात गर्न पाइने व्यवस्था गर्न लागिएको हो । अहिलेसम्म एक केजीभन्दा सानो परिमाणको टुक्रा भएको सुन आयत गर्न पाइने व्यवस्था नभएको आजकोराजधानी दैनिकमा समाचार छ । यस्तो व्यवस्था परिवर्तन गरेर १ सय २ सय ५ सय र एक केजी परिमाणको टुक्रा सुन आयत गर्न पाइने व्यवस्था गर्न लागिएको नेपाल राष्ट्र बैंकको विदेशी विनियम विभागका प्रमुख भीष्मराज ढुंगानाले जानकारी दिए । सानो परिमाणको टुक्रा आयत अनुमतिका लागि राष्ट्र बैंकले…
काठमाडौं– गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कुनै पनि गतिविधिमा संलग्न हुन रोक लगाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससको कार्यक्रममा सीडीओहरु प्रत्यक्ष संलग्न हुँदा नियमन फितलो भएको निष्कर्षसहित मन्त्रालयले सुरक्षा दायित्वबाहिर सबै प्रकृतिका गतिविधिमा रोक लगाएको हो । अन्तर्राष्ट्रियर/राष्ट्रिय गैरसरकारी संस्थाको नियमन र अनुगमनको क्षेत्राधिकार भएको सीडीओ आफैं परियोजना र कार्यक्रममा संलग्न हुँदा गैससको स्वेच्छाचारिता बढेको निष्कर्ष निकाल्दै गृहले ‘परियोजनाको स्वीकृति, गोष्ठी, सेमिनार र तालिम’ लगायतका सबै प्रकृतिका गतिविधिमा संलग्न हुन रोकेको हो ।’ संस्था दर्ता, वार्षिक गतिविधि, आयव्यय विवरण र कार्यक्षेत्रअनुसार गतिविधि गरेको छरछैन भनी त्यसको अनुगमन र कारवाहीको जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको…