Author: admin

​ भाद्र १५ । उत्तर कोरियाले जुलाई र अगष्टमा गरेको चारवटा वायोलिस्टिक मिसाइल परिक्षणको विरोधमा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले कडा रुपमा निन्द गरेपछि उत्तर कोरियाले आफ्नो बाटोमा कसैलाई पनि नआउन चेतावनी दिएको छ । उत्तर कोरियाले आफ्ना यस्ता कुनै पनि कदमहरुको जवाफ सैन्य शक्तिको तरिकाले दिने भन्दै आफ्नो बाटोमा अवरोध नगर्न चेतावनी दिएको हो । संयुक्त राष्ट्रसँघले दिएको वयानप्रति अमेरिकाले आफ्नो दुश्मनी लिकाल्न खोजेको भन्दै उत्तर कोरियाको अमेरिकालाई खबरदारी गरेको छ । पछिल्लो समय उत्तर कोरियाले चार वटा मिसाइलको परिक्षण गर्नुलाई सुरक्षा परिषदले समेत निन्दा गरेको छ । उत्तर कोरियाका विदेशमन्त्री किंम जोंगले ‘उत्तर कोरियालाई कुनै पनि शक्तिले रोक्न कोशिस…

Read More

परासी, भदाै १५ । बालकलाई बली दिई हत्या गरेको अभियोगमा नवलपरासी अदालतले एकजनालाई सर्वस्व र ९ जनालाई जन्मकैदको सजाय दिएको छ । घटनाका अभियुक्त एक नाबालकलाई अदालतले ६ महिनाको सजाय गरेको छ । जिल्ला न्यायाधीश स्वीकृत पराजुलीको इजलासले सोमबार गरेको फैसलाअनुसार जन्मकैदको सजाय पाउनेमा तीन परिवारका नौजना छन् । बालकलाई बली दिने मुख्य तान्त्रिकलाई पनि जन्मकैदको सजाय गरिएको छ । गत वर्ष साउन ५ गते नवलपरासी कुडिया गाविस ४ मर्चहवा गाउँका शिवमंगल कोहारका १० वर्षीय छोरा सोनु भनिने जीवन कोहारको छिमेकी कोदई हरिजनले अन्य दुई झाँक्रीसँग मिलेर हत्या गरेका थिए । झाँक्री कोदईले आफ्ना छोरा विजयलाई तान्त्रिक विद्या सिकाउने नाउँमा…

Read More

​ काठमाडौँ, भदाै १५ । नेपाल-भारत गृह सचिवस्तरीय बैठकमा तराईमा बढ्दो असुरक्षा नियन्त्रणको विषय प्राथमिकताका साथ उठाउने भएको छ। तराईमा बढ्दो साना हतियारको विगबिगीमा भारतीय अपराधीको हात रहेको निष्कर्षसहति नेपालले बैठकको एजेन्डाकै रुपमा प्रस्तुत गर्न लागेको । अपहरण तथा फिरौतीमा भारतीय नागरिककै संलग्नतासमेत पाइएपछि गृह मन्त्राललयले प्राथमिकतामा राखेको हो ।भारतीय भूमिबाट नेपाल लक्षित अपराध हुने गरेको तथा नेपालमा अपराध गरेर भारतीय भूमिमा आश्रय लिने घटना पनि पछिल्लो समय बढेको छ । सीमा अपराध नियन्त्रणका विषयमा दुई देशका अधिकारीबीच पटकपटक छलफल हुने गरैको भए पनि कार्यन्वयन पक्ष फितलो देखिएको छ । आजको राजधानीमा समाचार छ।

Read More

​काठमाडौं,भदाै १५ । नेपालसँग सीमाना जोडिएका चीनका विभिन्न नाकाबाट तस्करी हुँदै आएको सुनको रूट परिवर्तन भएपछि नेपालमा अवैध सुन समातिन छाडेको छ । यसअघि नेपालका विभिन्न नाकाबाट अवैधरूपमा सुन भित्रने गरेपनि अहिले भने चीनबाट तस्करी हुने सुन भुटान र बंगालादेश जान थालेको प्रहरीको निष्कर्ष छ । सरकारले सुन पक्राउ गर्ने र सुराकी गर्नेलाई कमिसन नदिने नीति अवलम्बन गरेपछि पछिल्लो समय ठूला परिणाममा सुन समातिन छाडेको छ । यसभन्द अगाडि सरकारले सुनको अवैध कारोबार गर्ने कामलाई निरूत्साहित गर्न सुराकीलाई २५ प्रतिशत र सुन समात्ने सुरक्षा निकायलाई १५ प्रतिशत कमिसन दिने गरेकोमा अहिले भने जति परिणामको सुन समातिएपनि ५० हजारदेखि ५ लाख…

Read More

​काठमाडौं, भदाै १५ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह बस्ने नागार्जुन दरबार, पूर्वराजपरिवारदेखि विभिन्न जिल्लाका नगरपालिका तथा गाउँ विकास समितिले समेत बिजुलीको महसुल तिरेका छैनन् । उनीहरूबाट एक अर्ब ४५ करोड ७८ लाख रुपैयाँभन्दा बढी महसुल उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ । अस्पताल, स्वास्थ्य चौकी, कारागारलगायतका सरकारी कार्यालयले महसुल तिरेका छैनन् । आफूले बालेको बत्तीको पैसा नतिर्नेमा सबैभन्दा बढी सरकारी कार्यालय छन् । नागार्जुन दरबारले गणतन्त्र स्थापना भएपछि अर्थात् १५ जेठ ०६५ पछि बिजुलीको महसुल तिरेको छैन । गणतन्त्र स्थापनापछि सरकारले पूर्वराजालाई बस्न नागार्जुन दरबार उपलब्ध गराएको थियो । प्राधिकरणका ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपनिर्देशक सूर्यप्रसाद सिवाकोटीले नागार्जुन…

Read More

​काठमाडौँ, भदाै १५ । नक्कली तस्बिर पेस गरी सगरमाथा आरोहण गरेको दाबी प्रमाणित भएपछि नेपाल सरकारले भारतीय जोडी दिनेश राथोड र ताराकेश्वरी राथोडलाई १० वर्षे प्रतिबन्ध लगाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले सोमबार दिनेश र ताराकेश्वरीलाई नेपालभित्र पर्वतारोहणसंग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो । प्रतिवन्धसँगै उनीहरुले यसअघि नेपाल सरकार, पर्यटन विभागबाट पाएको आरोहणको प्रमाणपत्रसमेत रद्द भएको छ । प्रतिबन्ध मंगलबारदेखि नै कार्यान्वयनमा आएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव घनश्याम उपाध्यायले जानकारी दिएका छन् । विभागका अनुसार सन् २००१/०२ मा पनि एक जना बेलायती नागरिकलाई नक्कली तस्वीर प्रयोग गरी आरोहणको दाबी गरेको अभियोगमा…

Read More

​काठमाडौं,भदाै १५ । प्राधिकरणका अनुसार सोमबारसम्ममा तीन लाख ९४ हजार नौ सय १५ घरधुरीसँग अनुदान सम्झौता भएको छ । ११ जिल्लाका दुई लाख चार सय ७२ घरधनीको बैंक खातामा प्रतिघर ५० हजार रुपैयाँका दरले १० अर्ब दुई करोड ३६ लाख रुपैयाँ जम्मा भइसकेको छ । निजी आवास अनुदानका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई १९ अर्ब ३३ करोड नौ हजार रुपैयाँ निकासा भएको थियो । प्राधिकरणका अनुसार उपत्यकाका तीन जिल्लामा हालसम्म ६३ हजार ६ सय घरपरिवारको सर्वेक्षण सम्पन्न भएको छ । असोज २ गतेसम्ममा ११ जिल्लाका सबै पीडितको खातामा पहिलो किस्ता पु¥याउने तयारी प्राधिकरणको छ…

Read More

​ काठमाण्डाै, भदाै १५ । धादिङ गजुरीका रङ्गनाथ पाण्डेले छोरो बेपत्ता भएको १५ वर्ष भइसक्दा पनि छोराको अवस्था थाहा पाउन सकेका छैनन्। उनको एउटै भनाइ छ, ‘छोरो अपहरणमा परेको थाहा छ; त्यसपछि के भयो, कहाँ गयो, के गरियो कुनै जानकारी छैन । अझै पनि छोरो आउँछ कि भन्ने आशा छ।’ बलपूर्वक बेपत्ता पारिएका व्यक्तिसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (३० अगस्ट)का अवसरमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगद्वारा मङ्गलबार आयोजित एक कार्यक्रममा सहभागी बेपत्ता पारिएका परिवारले रङ्गनाथ पाण्डेले जस्तै आआफ्ना आफन्तको अवस्था थाहा पाउन नसकेको दुखेसो पोखे। विभिन्न जिल्लाबाट आएका बेपत्ता पारिएका परिवारका आफन्तले उनीहरूको अवस्था छिटो सार्वजनिक गरिदिन आग्रह गरेका छन्। कार्यक्रममा सहभागी…

Read More

​काठमाडौं, भदाै १५ । वाणिज्य मन्त्री रोमी गौचन हेलिकप्टर चार्टर गरेर गोरखाको एक विद्यालय भवन उद्घाटन गर्न पुगेका छन् । काठमाडौँबाट करिब एक सय ५० किलोमिटरको दूरीमा रहेको महालक्ष्मी उच्च मावि ताप्लेको भवन उद्घाटन गर्न मन्त्री गौचन एकलाख रुपैयाँ बढी तिरेर हेलिकप्टर चार्टर गरेर पुगेका हुन् । उनी मङ्गलबार दिउँसो एक बजे कार्यक्रम उद्घाटन स्थलमा पुगेका थिए । मन्त्री चढेको हेलिकप्टर अवतरण हुँदा हावाले उडाएको प्रवेशद्वारको काठले लागेर ताप्ले ९ का ९० बर्षीय हरिप्रसाद भट्ट घाइते भएका छन् । स्थानीय कलाधर भट्टका अनुसार वृद्धको टाउकोमा चोट लागेको छ । गाउँको एउटा विद्यालय भवन उद्घाटन गर्न हेलिकप्टर उडाएर तडकभडक देखाएकोप्रति स्थानीयबासी भने…

Read More

​ भदाै १५ । क्रिकेट खेलाडीका रुपमा मैत्रीपूर्ण खेल खेल्न जापान लगिएका नौ जना गैरखेलाडीले काठमाडौं र्फकने टिकट जापानबाटै रद्द गराएको खुलेको छ। १५ दिनको भिसासहित जापान लगिएका उनीहरु जापानमै भासिएको मंगलबार ४७ दिन बितेको छ। अध्यागमन विभागका अनुसार अन्य नेपाली टोलीसहित गत १५ जुलाईमा जापान गएका ती गैरखेलाडी मंगलबारसम्म स्वदेश नफर्किएको खबर आजको अन्नपूर्णमा छापिएको छ। ती गैरखेलाडीले पहिले नै बुकिङ गरिसकेको आफ्नो र्फकने टिकटसमेत रद्द गरेको जानकारी सम्बन्धित ट्राभल एजेन्सीले दिएको छ। गत जुलाईमा जापानमा आयोजना हुने होन्डा कप क्रिकेट प्रतियोगितामा सहभागी हुन १८ सदस्यीय टोली त्यसतर्फ लागेको थियो । त्यसमा सात जना क्रिकेटर, दुई जना पदाधिकारी र…

Read More