Author: admin
काठमाडौं, भदौ १४ । केपी ओली नेतृत्व सरकारले सांसदको घरभाडा र सवारी भाडा भत्ता बढाउने नीतिगत निर्णय गरेपनि त्यसलाई कार्यान्वयन नगरेको भन्दै सांसदले असन्तुष्टि पोखेका छन् । बजेटको निर्णयअनुसार घरभाडाबापत रकम नपाएपछि राजनीतिक दलका प्रमुख सचेतकले सभामुख ओनसरी घर्तीमगर र कानुनमन्त्री अजयशंकर नायकलाई भेटेर लबिङसकेत सुरु गरेका छन् । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले समयाअनुकूल घरभाडा रकम बढाउने निर्णय अघिल्लो सरकारले गरे पनि त्यसलाई कार्यान्वयन नगरिदिएपछि सभामुख र कानुनमन्त्रीसँग पुनः छलफल गर्नुपर्ने बताए । आजको नागरिक दैनिकमा प्रकाशित समाचार।
भदाै १४ । नेपालीहरुमा फेसबुकको नशा बेजोडले बढेको छ । सहरमा मात्र होइन, गाउँ गाउँसम्म फेसबुक अकाउन्ट खोल्ने लहर चलेको छ । यही फेसबुकको माध्यमले कतिपयले चिनजान गरेर बिहे गरेका छन् । फेसबुकले नै देशविदेशमा रहेका आफन्त नजिक भएका छन् । यही फेसबुकले कतिपयको जिन्दगी भने बर्बाद समेत हुने गरेको छ । फेसबुकमार्फत् चिनजान भएकी एक यसवकसँग बिहे गर्दा गत महिना झापाकी एक युवती बर्बाद भइन् । क्यानडाको पीआरधारी करोडपति ठानेर बिहे गर्दा बस ड्राइभरको फन्दामा परेकी थिइन् । चितवनका महेश पराजुलीले सम्पत्ति खानका लागि त्यस्तो नाटक गरेका थिए । झापाकी युवतीलाई फसाउनुअघि नै अन्य ६ जना युवतीलाई उनले आफू क्यानडाको…
विर्तामोड । नेपालका लागि माइक्रोम्याक्स मोबाइलको आधिकारिक बितरक पशुपति ट्रेड लिंक प्रालिले नेपालको पूर्वी क्षेत्रमा रिटेल मिट आयोजना गरेको छ । कम्पनीले बिर्तामोड झापामा यहि भदौ १३ गते सोमबार रिटेल मिट आयोजना गरेको हो । उक्त रिटेल मिट उक्त क्षेत्रका रिटेलहरुलाई सहभागी गर्ने र माइक्रोम्याक्स मोबाइल्सको बिस्तारको उत्सव मनाउन आयोजना गरिएको हो । यसको मुख्य उदेश्य माइक्रोम्याकस ब्राण्डको बारेमा नयाँ विचार, योजना र विभिन्न समस्याहरुको समाधान गर्नु रहेको थियो । रिटेल मिटमा माइक्रोम्याक्सका नेशनल सेल्स म्यानेजर भुपाल क्षेत्रीले भने, ‘हामी दिन प्रतिदिन बिक्री तथा सेवामा ध्यान दिँदै अगाडि बढिरहेका छौं । हामी नेपालको सबैभन्दा ठूलो मोबाइल ब्राण्ड मध्ये एक हौं…
भदाै १४ । एमाले महासचिव ईश्वर पोखरेलले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई अन्तिम पासोमा पारेर ढालिएको बताएका छन्। एमाले स्कुल विभागले आयोजना गरेको एक साता लामो प्रशिक्षक प्रशिक्षण कार्यक्रममले पोखरेलले अध्यक्ष ओली नेतृत्वको सरकार सुगौली सन्धियता गुम्दै आएको राष्ट्रिय स्वाभिमानलाई उचाईमा पुर्याउने गरी ‘ब्रेक’ गर्न खोज्दा ढलेको दावी गरेको खबर आजको अन्नपूर्णमा छापिएको छ। उनले भने, ‘परनिर्भरता अन्त्य गरेर मुलुकलाई आत्मनिर्भर तर्फ अघि बढाउन खोज्दा सरकार बनेदेखि नै शृंखलाबद्व पासो थापियो। ती सबै पासो असफल भए पनि अन्तिमको पासो चुँडाल्न नसक्दा नयाँ गठबन्धन बन्यो।’ महासचिव पोखरेलले आफ्नै पार्टीभित्र रहेको तदर्थवादी कार्यशैलीप्रति आत्मलोचना गरेका छन् ।
भदाै १४ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले आफ्नो स्वास्थ्योपचारका लागि सरकारसँग तीन करोड रुपैयाँ माग गरेका छन् । तर, सरकारले तत्काल ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ । पूर्वराष्ट्रपति यादव चाँडै उपचारका लागि अमेरिका जाँदै छन् । उनी छोरीसहित तीन सहयोगीका साथ अमेरिका जान लागेका हुन् । पूर्वराष्ट्रपति यादवले दिएको निवेदन प्रधानमन्त्री कार्यालयमा हराएको थियो। उपचारका लागि सरकारसँग रकम मागेको निवेदन हराएपछि उनको स्वकीय सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ताकेता गरेको थियो। आजको नयाँ पत्रिकामा खबर छापिएको छ। त्यसैले उनको उपचारबारे मन्त्रिपरिषद् बैठकमा गम्भीर रूपमा छलफल हुन सकेको थिएन । उनको उपचारमा ६० लाख रुपैयाँ दिने सरकारी निर्णय…
काठमाडौं, भदाै १४ – भूकम्पको कारण भत्किएको धरहरा नवर्निर्माण गर्न अवधारणागत नक्सा तयार भए पनि त्यसमा थप काम भने अगाडि बढेको छैन । सरोकारवाला निकायका फरक–फरक तर्क र जवाफ सुन्दा प्रक्रिया अगाडि बढिहाल्ने अवस्था समेत देखिँदैन । धरहराको अवधारणागत नक्सा तयार गर्ने आर्टिकेक्ट इन्जिनियर मनोहर राजभण्डारीले आफूहरूले तयार पारेको नक्सा पुरातत्व विभागलाई बुझाइसकिए पनि त्यसमा विभागबाट थप कुनै प्रतिक्रिया वा सुझाव नआएको बताए । पुरातत्व विभागका अधिकारीको भनाइ भने उनको भनाइसँग मेल खाँदैन । विभागका प्रवक्ता घनश्याम उपाध्याय भन्छन्, ‘सोही कम्पनीलाई धरहराको टोपोग्राफिक डिजाइन फाइनल गर्नका लागि एक महिनाको अवधि दिइएको छ ।’ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार…
काठमाडौं, भदाै १४– त्रिभुवन विमानस्थलभित्र रहेका पसलमा वस्तुको मूल्य साढे सात गुणा बढी लिने गरेको पाइएको छ । आपूर्ति मन्त्रालयले गरेको अनुगमनको क्रममा विमानस्थलभित्र खाद्य तथा पेय पदार्थमा चर्को मूल्य असुल्ने गरेको फेला परेको हो । मन्त्रालयका शाखा अधिकृत श्रीरामप्रसाद भट्टको नेतृत्वमा गएको अनुगमन टोलीले क्लासिक मार्ट, कार्की मल्टिपल ट्रेड एन्ड सप्लायर्स र एबीपी मार्टमा अनुगमन गरेको थियो । यसैगरी म्याद नाघेका सामान बिक्री गरेको, एमआरपी मूल्य छोपेर आफ्नै ट्याग लगाएको समेत भेटिएको थियो । अनुगमनका क्रममा क्लासिक मार्टमा ४० रुपैयाँ पर्ने लेज दुई सय २०, ३ सय ५० ग्रामको चकलेट ३ हजार र ५ सय ग्रामको बिस्कुट ५ सय…
१४ भदौ, काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरुले संसदलाई उपेक्षा गरेको भन्दै सांसदहरुले आक्रोश व्यक्त गरेका छन् । शीर्ष नेताहरुले संसदलाई सत्ताको भर्याङ बनाउने कार्यवाहेक अरु केही नगरेको आरोप सांसदहरुको छ । सत्ता परिवर्तनको समयबाहेक शीर्ष नेताहरु संसद बैठकमा उपस्थित नहुने गरेको गुनासो सांसदहरुको छ । संविधानसभाको पहिलो बैठकदेखि व्यवस्थापिका संसदको सोमबार बसेको बैठकसम्म अधिकांश दिन शीर्ष नेताहरुसहितका पहिलो मर्यादाक्रममा रहने सबै नेताको कुर्सी खाली देखिँदै आएको समाचार आजकोअन्नपूर्णमा छ । संसदको सोमबारको बैठकमा सत्ताको नेतृत्व गरेको माओवादी केन्द्रका सांसद जनराज जोशीले विशेष समय लिएर संसदमा शीर्षसहति पहिलो मर्यादाक्रममा रहेने नेताहरुको आसन महिनौसम्म किन र केका लागि खाली हुन्छ भन्दै…
१४ भदौ, काठमाडौं । चालू आर्थिक वर्ष सुरु भएको डेढ महिना पुग्न लाग्दासमेत आपूर्ति मन्त्रालयअन्तर्गका दुई वटा मुख्य सार्वजनिक संस्थान नेपाल आयल निगम र नेपाल खाद्य संस्थान बजेटबिहीन भएका छन् । दुई संस्थानका प्रमुखको अक्षताका कारण डेढ महिनासम्म बजेट सञ्चालक समितिसम्म नपुगेको आपूर्ति मन्त्रालयले जनाएको आजको कारोबारदैनिकमा समाचार छ । ‘संस्थानका दुई प्रमुख मन्त्रालयप्रति जिम्मेवार नै भएनन्, आपूर्ति मन्त्रालयल स्रोतले भन्यो,’निर्देशन दिँदा पनि पालना गर्दैनन्, निगमले बजेट पास नगरी साउनको पारिश्रमिक कर्मचारीलाई दिएको छ ।’ आपूर्ति सचिव श्रीधर सापकोटा र नेपाल आयाल निगमका प्रवन्ध निर्दैशक गोपालबहादुर खड्काबीच ग्यास बुलेट खरिद प्रक्रियामा विवाद भएपछि बजेट पास हुन सकेको छैन । बजेट निगमका सञ्चालक…
१४ भदौ, काठमाडौं । २० जना बालबालिकालाई दिनभर स्याहारसुसार र कखरा सिकाउनेमा व्यस्त हुन्छिन् संखुवासभा खादबारीकी धनमाया बानियाँ । रुनेलाई फकाउने, सिंगान पुछिदिनेदेखि पेन्सिल समाउन सिकाउनेमात्र नभएर कखरा पढाउनेसम्मको अभिभारा उनको छ । संखुवासभाको खाँखीभुईं आछाम्बुस्थित धर्मदेवी आधारभूत विद्यालयमा तीन वर्षयता उनी यस्तै काममा कम्मर कसेर लागेकी आजको अन्नपूर्णमा समाचार छ । धनमानयालेजस्तै जिल्लाका दुई सय ६८ महिला शिक्षक दैनिक एक सय ६८ रुपैयाँमा दिनभर काम गर्दै आएका छन् । यस्तो महँगीको समयमा पनि दैनिक एक सय रुपैयाँमा दिनभर बालबालिकालाई पढाउनुपर्ने बाध्यता धनमायाजस्ता महिलाको पनि छ । जिल्ला शिक्षा कार्यालयले सूचना नै जारी गरी आहृवान गरेपछि निवेदन दिएर छनोट भएका हुन्…