Author: admin
नेपालगञ्ज । नेपालगन्जको धम्बोझी चोकमा बिहीबार राप्रपा सम्बद्ध युवाहरुले राखेको पूर्व राजा स्वर्गीय बीरेद्र शाहको अर्धकदको सालिक प्रहरीले राति हटाएको छ । शालिक राखेपछि बिहिबार दिउँसो सो स्थानमा प्रहरीसँग झडप भएको थियो । सर्वदलीय बैठकले सालिक हटाउने निर्णय गरेपछि प्रहरीले मध्यरातमा सालिक हटाएको हो । ‘झण्डा राख्ने भनेर झुक्याएर सालिक राखियो । त्यसले तनाब उत्पन्न भएपछि सर्वदलीय बैठकले हटाउने निर्णय लिएपछि प्रहरीले झिकेर सुरक्षित ठाउ‘मा राखेको छ’, प्रहरी उपरीक्षक टेकप्रसाद राईले भने । सालिक राखेपछि प्रहरीले हस्तक्षेप गरी तत्कालै हटाउन खोजेको थियो । तर, स्थिति तनावग्रस्त भएपछि हटाइएको थिएन । सालिक पुनस्स्थापना गर्न राप्रपा नेपाल, पूर्व राजावादी र शिव सेना सम्बद्ध…
इटहरी- सुनसरीको दक्षिणी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरी भारतीयहरूले घर टहरा निर्माण गरी बस्ती बसाएका छन् । साहेबगन्ज गाविसको छोटी भन्सार कार्यालय दक्षिणतर्फको नेपाली भूमि अतिक्रमण गरी भारतीयले घरटहरा निर्माण गरेका हुन् । नेपाल-भारत सिमानाको दसगजा क्षेत्र वरपर दुवै देशका नागरिकले बस्ती बसाउन नपाउने भए पनि भारतीयहरूले भने नेपाली भूमि र दसगजा क्षेत्र अतिक्रमण गरी बस्ती बसाउदा दसगजा क्षेत्रको निशाना नै मेटिएको छ । साहेबगन्ज गाविसका रामविलास यादवले भारतीयले नेपाली भूमिसहित दसगजा क्षेत्रको जमिन अतिक्रमण गरी घरटहरा बनाउँदासमेत नेपाल सरकरले हटाउन पहल नगरेको बताए । भारतको बिहार राज्यसँग सिमाना जोडिएका सुनसरीको श्रीपुर, हरिपुर, नरसिंह, लौकही, घुस्की, वसन्तपुर, देवानगन्ज, अमडुवा, राजगन्ज…
एजेन्सी- भूकम्पको शक्तिशाली धक्कापछि न्युजिल्यान्डको नर्थ आईल्यान्डको पूर्वी तटको रिहाइशी इलाकाबाट सर्वसाधारणलाई अन्यत्र सारिएको छ । यो इलाकादेखि करिब १६९ किलोमिटर टाढा गिस्वर्नलाई केन्द्रविन्दु बनाएर ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो । भूकम्पपछि तोलोगा बे इलाकाका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान भनिएको छ । भूकम्पपछि सुनामीको खतरा रहेको भन्दै स्थानीयबासीलाई अन्यत्र सारिएको हो । तर प्यासिफिक सुनामी चेतावनी केन्द्रले तत्काल सुनामीको खतरा नरहेको जनाएको छ । भूकम्पपछि समुद्रमा २१ सेन्टिमिटर सम्म पानीको छाल उठेको बताइएको छ । स्थानीय समयअनुसार ४ बजेर ३७ मिनेटमा १९.१ माइल गहिराइमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पबाट भएको कुनै क्षतिको विवरण भने आएको…
एजेन्सी , अन्तरिक्ष क्षेत्रको दिग्गज अमेरिकी कम्पनी स्पेस एक्सको रकेटमा विहिवार विष्फोटका कारण उक्त कम्पनी पुर्ण रुपमा ध्वस्त भएको छ । यो रकेट २ दिनपछि फेसवुक कम्पनीको पहिलो सञ्चार सेटेलाईट कक्षमा स्थापित गर्ने तयारीमा थियो । यस विष्फोटले सेटेलाईट पनि ध्वस्त भएको छ । जसका कारण फेसवुकलाई १४ सय करोड रुपैंयाको घाटा भएको छ । फ्लोरिडामा यो रकेटले इन्धन भर्ने क्रममा विष्फोटको शिकार हुनु पर्यो । यद्यपि यसबाट कुनै मानवीय क्षति भने भएको छैन । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पनि आफ्नो यात्रामा एक्स रकेटको प्रयोग गर्दै आएको छ । फेसबुक अफ्रिकामा इन्टरनेट पहुँचलाई दु्रत बनाउन यस सेटेलाईटलाई लन्च गर्ने…
काठमाडौं, भदौ १७ । नेकपा एमालेले पार्टी नेता–कार्यकर्ताका लागि नियमित रूपमा ‘प्रविधिमैत्री’ स्कुल सुरु गरेको छ । केन्द्र, प्रदेश हुँदै तल्ला तहसम्म लैजाने गरी एमाले केन्द्रीय स्कुल विभागले नेता–कार्यकर्ताका लागि नियमित स्कुल सुरु गरेको हो । वार्षिक रूपमा नियमित सञ्चालन गर्ने गरी गत २३ साउनबाट सुरु स्कुलमा ७२ जना परीक्षार्थी ‘दीक्षित’ भएका छन् । युवा संघ नेपालका केन्द्रीय पदाधिकारी र सचिवालयका ३४ जना नेता–कार्यकर्तालाई सोमबार महासचिव ईश्वर पोखरेलले दीक्षित गरे । त्यसअघि अनेरास्ववियुका ३८ कार्यकर्ता दीक्षित भएका थिए । १४ वटा विषयमा दैनिक चार घन्टाका दरले साताव्यापी प्रशिक्षण चलिरहेको छ । पार्टी अध्यक्ष केपी ओली स्वयं स्कुल विभागको प्रमुख…
काठमाडौँ,भदाै १७ । आन्तरिक उडानको वायुसेवा कम्पनी सीता एयर बिक्री भएको छ। विराटनगरका व्यापारी सुरेश राठीसहितको समूहले यो वायुसेवाको पूर्ण स्वामित्व खरिद गरेको छ। यो वायुसेवा खरिद बिक्री सम्बन्धमा दुई महिना अगाडिनै सीता एयर र राठी समूहबीच सम्झौता भए पनि औपचारिक रुपमा स्वामित्व परिवर्तन गर्न अझै केही समय लाग्ने भएको छ । राठीले अर्का एक व्यवसायीसँगको सहकार्यमा सीता एयर खरिद गर्न लागिएको जानकारी दिए। निजी लगानीको सीता एयर ५५ करोडमा आफूले खरिद गरेको राठीले बताए। एयरमा आफूले लगानी गरेको भए पनि साइलेन्ट पार्टनरका रुपमा बस्न चाहेको र हवाई क्षेत्रकै एक जना यो वायुसेवामा हुने भएकाले कुनै हल्ला नगरिएको उनको…
काठमाडौं,भदाै १७। भारतका एक मन्त्री सन्दिप कुमारको यौन काण्डले नयाँदिल्ली सरकारका तहल्का मच्चिएको छ । उनको यौन सिडी सार्वजनिक भएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार महिला एवं बाल विकासमन्त्री सन्दीप कुमारलाई पदबाट हटाएका छन् । चुनाव पूचारको अभियानको क्रममा सन्दीप कुमार आफूलाई एक स्वच्छ छविका नेता भएको दाबी गर्ने गरेका थिए । यहाँसम्म कि उनले एक अन्तर्वार्तामा आफूले हरेक बिहान आदरपूर्वक पत्नीको पाउन छुने गरेको पनि बताएका थिए । गत ८ मार्चमा अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा दिल्ली सेक्रेटियटको कार्यक्रममा उनले आफ्नो सफलताको श्रेय आफ्नी पत्नी ऋतुलाई दिँदै आफूलाई सडकदेखि मन्त्री पदसाँको यात्रामा आफ्नी पत्नी सधैं प्रेरणाको स्रो त बनेको बताएका थिए ।…
काठमाडौँ,भदाै १७ । निवर्तमान जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले नेपाली सेनाको हेलिकोप्टर चढेको भाडा करिब चार लाख रुपैयाँ बक्यौता छ। सुरुमा साइकल चढेर चर्चामा रहेका मन्त्री पासवान एक महिनापछि गाडी चढ्न थालेका थिए। त्यसपछि जिल्लाका कार्यक्रम जाँदा प्रायजसो हेलिकोप्टर चढ्ने गर्थे। बहुजन शक्ति पार्टीका अध्यक्षसमेत रहेका पासवान मन्त्रीबाट बाहिरिएको एक महिना भइसकेको छ । तर, उनले भाडामा हेलिकोप्टर चढेको रकम अझै भुक्तानी भएको छैन। पासवानले मन्त्रालयको खर्च कम गर्ने तथा वातावरणमैत्री भन्दै सुरुमा साइकल चढेर मिडियामा प्रचारबाजी गरेका थिए। पुल्चोकस्थित मन्त्री क्वार्टरमा ठाउँ नपाएपछि पासवान गौशालामा भाडाको घरमा बस्थे। गौशालादेखि मन्त्रालय उनले साइकलबाटै ओहोर–दोहोर गर्थे। पासवानको साइकल यात्रा एक महिनासम्म मात्र…
नयाँ दिल्ली, भदौ १७ । भारतमा रहेको प्रमुख १० वटा मजदूर संगठनले देशव्यापी हड्तालको आह्वान गरेका छन् । हडतालका कारण भारतको वित्तिय बजारदेखि अन्य कतिपय क्षेत्र ठप्प भएका छन् । श्रम बिरोधी कानुनमा परिवर्तन र अन्य मागहरु राखेर हडतालमा उत्रिएका मजदूरहरुमा सरकारी र नीजि बैंकका कर्मचारी समेत रहेका छन् । शुक्रबार आयोजना गरिएको हडतालका कारण यातायात, बैंकिङ, दूरसञ्चारलायतका सेवा सोझै प्रभावित हुने भारतीय मिडियाहरुले जनाएका छन् । हडतालमा १८ करोड भन्दा बढी मजदूर भाग लिइरहेका छन् । गत वर्ष १४ करोड मजदूरहरुले यस्तै हडतालमा भाग लिएपछि भारतको अर्थतन्त्रमा ठूलो प्रभाव परेको यिो । मजदूर संगठनहरुले सरकारसमक्ष राखेका १२ बुँदे…
बिर्तामोड । मेची अञ्चलकै प्रमुख व्यापारीक केन्द्र मानिएकाे वितामाेड दिनानु दिन फाेहाेर व्यवस्थापनकाे अभावमा कुरुप बन्दै गएकाे छ । बिर्तामोड सरसफाइ गर्न विवेकशिल नेपाली, क्रिएटिभ नेपलिज युथ लगायतका दर्जनाैं संघसंस्था र त्यसका सदस्यहरु क्रियाशिल छन् । साताको शनिबार उनीहरु विर्तामाेड र त्यसका अासपासका क्षेत्रमा सरसफाइ गर्दै आएका छन् । तर प्रत्येक दिन शहरमा यत्र तत्र फालिने फाेहाेरकाे उचीत स्थायी निकास नहुँदा उनीहरुकाे सरसफाई अभियान खेरा जाने गरेकाे छ । फाेहाेर व्यवस्थापनकाे याे समस्याकाे दिर्घकालिन समस्या समाधान का लागि विर्तामाेड र यसका छिमेकी दुईवटै नगरपालिकाले संयुक्त अभियान चलाउने भएका छन् । बिर्तामोडमा बिहिबार भएको अन्तरसम्वाद कार्यक्रममा बिर्तामोड, कनकाइ र शनिअर्जुन नगरपालिकाका…