Author: admin

इटहरी । इटहरी उपमहानगरपालिकाको कार्यालय परिसरमा पोखरीमाथि निर्माण गरिएको छ कार्यकारी अधिकृतको कार्यकक्ष भवन । त्यस्तै, पूर्वपट्टि सांस्कृतिक भवन छ । तर, यी दुवै भवन अवैधानिक रहेको खुलासा भएको छ । कार्यकारी अधिकृतको कार्यकक्ष रहेको भवन मेचीकाली पोखरीमाथि ६ वर्षअघि तत्कालीन कार्यकारी अधिकृत गणेशराज कार्कीले निर्माण गरेका हुन् । तर, यो भवन नक्सापासविना नै निर्माण गरिएको हो । ०५४ मा नगरपालिका बनेको इटहरी ०७१ मा उपमहानगरमा स्तरोन्नति भयो । इटहरी उपमहानगर भएपछि पशुपति खतिवडा कार्यकारी अधिकृत भएर आए र अहिले महेशराज तिम्सिना कार्यकारी अधिकृत छन् । पोखरीमाथि भएकाले गर्मी मौसममा पनि कार्यकारी अधिकृतको कार्यकक्ष रहेको भवनमा शीतल हावा चल्छ ।…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छुट भएका वास्तविक भूकम्पपीडितको नाम थपिने र सहयोग उपलब्ध गराउने सबै भूकम्पपीडितलाई एक लाख रुपियाँ थप गरी तीन लाख रुपियाँ अनुदान दिइने बताएका छन् । प्रधानमन्त्रीले भूकम्पपीडितलाई तीन लाख अनुदान र दुई लाख रुपियाँ सहुलियत ऋण गरी पाँच लाख रुपियाँ दिइने पनि स्पष्ट पारेका छन् । सिन्धुपाल्चोकबाट आएका चार राजनीतिक दलका सांसदले बुझाएको सातबुँदे ज्ञापनपत्र बुझ्दै आइतबार प्रधानमन्त्रीले यस्तो जानकारी दिएका हुन् । सिन्धुपाल्चोकका सभासद् नेकपा एमालेका अमृत बोहरा, नेकपा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटा, नेपाली काँग्रेसका मोहनबहादुर बस्नेत, शेरबहादुर तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेशकुमार लामा संलग्न थिए । प्रधानमन्त्रीले भूकम्पपीडितको छुट भएकाको नाम…

Read More

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कसैको दबाब र स्वार्थमा संविधान संशोधन हुन नसक्ने बताएका छन् । दुई साता लामो उपचारपछि सोमबार थाइल्याण्डबाट फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको औचित्य प्रष्ट पार्न सरकारलाई आग्रह गरे । ‘कुनै दबाब, बहकाउमा कुनै पनि हिसावमा देशको अहित हुने गरी लोकतन्त्रलाई अप्ठ्यारो पार्ने गरी कसैको स्वार्थ अर्घेल्याईं सम्बोधन गर्ने नाममा संविधान सशोधन गर्ने विषय होइन,’ उनले भने । आन्दोलनकारीका मागअनुसार एकपटक संविधान संशोधन भइसकेको उल्लेख गर्दै ओलीले नयाँ मागबारे आफू जानकार नभएको बताए । ‘एकपटक संविधान बन्नेवित्तिकै पनि संशोधन गर्‍यौं, उहाँहरुका माग सम्बोधन गर्‍यौं,’ उनले भने, ‘अब के…

Read More

काठमाडौं । अध्यागमन ऐन हदै लचिलो हुँदा नेपालमा नक्कली राहदानी तथा भिसाको प्रयोग र ओभर स्टे (भिसाभन्दा बढी बस्ने समय) गर्ने विदेशीको संख्या बढ्दै छ । नक्कली राहदानी प्रयोग गर्नेलाई न्यूनतम सजाय, ओभर स्टे गर्नेले सामान्य जरिवाना तिरेपछि उन्मुक्ति पाउने र विदेशी नक्कली भिसा प्रयोग गर्नेलाई ऐनका कारबाहीको व्यवस्थै नहुँदा अध्यागमन ऐन मिच्ने विदेशी बढेका हुन् । ‘कसैले नेपालको भिसानक्कली गरे भने उनीहरुमाथि हामी कारबाही गर्छौं, तर अन्य देशको भिसा नक्कली बनाई नेपालबाट उड्न लागेको छ भने त्यस्तालाई हाम्रो कानुनले चिन्दैन,’ अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले भने । आजको नागसिक दैनिकमा खबर छ ।

Read More

काठमाडौं । व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मलेसिया र खाडी मुलुकलगायतमा सुरक्षा गार्डका रुपमा जाने नेपाली कामदारलाई श्रम स्वीकृति रोक्न श्रम तथा रोजगार मन्त्रालयालाई निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले म्यानपावर एजेन्सीले सुरक्षा गार्डमा जाने कामदारसँग मोटो रकम असुल्ने गरेको भन्दै तत्कालका लागि श्रम स्वीकृति रोक्ने निर्णय गरेको हो । समितिका सभापति प्रभु शाहले सुरक्षा गार्डमा जाने कामदारलाई बढी ठगी गरेको गुनासो आएकोले तत्कालका लागि श्रम स्वीकृति नदिन मन्त्रालयलाई निर्दैशन दिएको बताए । आजको कारोबार दैनिकमा खबर छ ।

Read More

काठमाडौं । युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) ले जीएमएस मोबाइल सहितको दूरसञ्चार सेवा सञ्चालनका लागि अनुमति पाएको छ । डेढ दशकअघि लिमिटेड मोबिलिटीको लाइसेन्स पाएको भारतीय लगानीको कम्पनी यूटीएल जीएसएम मोबाइल सेवा सञ्चालनको लाइसेन्स पाउने चौथो कम्पनी भएको छ । यसअघि नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले यो सेवा सञ्चालनका लागि असुरक्षित पाइसकेका छन् । आधारभूत टेलिफोन सेवाको लाइसेन्स लिने कम्पनीले जीएसएम प्रविधिको मोवाइल, सीडीएमए, एडीएसएल लगायतका सबै प्रकारका सेवा सञ्चालन गर्न पाउने व्यवस्था छ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सोमबार आधारभूत टेलिफोन सेवाको लाइसेन्स दिइएको जानकारी दिँदै यसले मोबाइल सेवामा प्रतिस्पर्धा बढ्ने बताए । आजको कारोबार दैनिकमा खबर…

Read More

काठमाडौं । डलर अभाव पुरा गर्न नेपाल राष्ट्र बैंकले एक करोड डलर ल्याउने तयारी गरेको छ । विभिन्न वाणिज्य बैंकले दसैंसम्म डलर ल्याउने तयारी गरिरहेकोमा निजी बैंकले विदेशबाट डलर ल्याउँदा विनिमय दर फरक पर्ने भन्दै आफैं डलर ल्याउने तयारी राष्ट्र बैंकले गरेको हो । निजी बैंकले राष्ट्र बैंक समक्ष डलर ल्याउने प्रस्ताव गरिसकेका छन् । बजारमा देखिएको डलर अभाव पूर्ति गर्नका लागि राष्ट्र बैंक आफैंले पहल थालेको छ । यसका लागि एक सातादेखि गृहकार्य भइरहेको छ । बजार व्यवस्थित गर्न फरक विनिमय दर हुन नदिन र बजारमा एक रूपता ल्याउन राष्ट्र बैंक आफैंले सिंगापुरको सीआइएमबी बैंकमा रहेको मौज्दातमध्ये एक करोड…

Read More

काठमाडौं । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रेस पासका आधारमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । सूचना विभागको कार्ड देखाएर प्रवेश पाइने प्रधानमन्त्री कार्यालयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेलगत्तै प्रेसलाई प्रवेश निषेध गरिएको हो । दाहालको कार्यकालमा प्रधानमन्त्री कार्यालय प्रवेशका लागि सोही कार्यालयका कुनै न कुनै कर्मचारीको तोक नलगाई पस्न नपाउने व्यवस्था गरिएको छ । प्रधानमन्त्रीको नयाँ नीति तथा योजनाबारे बुझ्न सोमबार सिंहदरवार पुगेका एक पत्रकारले प्रधानमन्त्री कार्यालयको गेटबाट भित्र प्रवेश नै नपाएको गुनासो गरे । यसअघि प्रधानमन्त्रीको कार्यालय प्रवेशमा सर्वसाधारणलाई भने भित्रबाट तोक लगाउनुपर्ने अवस्था रहँदै आएको थियो । तर प्रेसलाई त्यस्तो कुनै रोकतोक नभए पनि नयाँ सरकार…

Read More

काठमाडौं । दसैंका लागि उपत्यकामा करिब ५० हजार खसीबोका/च्यांग्रा भित्र्याइने भएको छ । नेपाल खाद्य संस्थान र चौपाया व्यवसायी संघ कलंकीले उक्त परिमाणमा खसीबोका ल्याउने तयारी थालेका हुन् । दसैंमा खसीबोकाको माग उच्च हुने भएकाले सोहीअनुसार ल्याउन लागेको संस्थान र संघले जनाएका छन् । ‘दसैंका लागि खसीबोका र च्यांग्रा गरी ३ हजार भित्र्याउने तयारी छ,’ संस्थानका महाप्रबन्धक शिवहरि श्रेष्ठले भने, ‘मुख्य उद्देश्य बजार हस्तक्षेप गर्नु हो ।’ खसीबोका खरिद प्रक्रिया अघि बढाउन जिल्ला कार्यालयमा पत्रचार गरिसकेको छ । संस्थानले अञ्चल कार्यालय नेपालगन्ज, दाङ, वीरगन्ज कार्यालयमा पत्राचार गरेको छ । संस्थानले पठाएको पत्रमा स्थानीय बजार मूल्य, रोगव्याधि, ढुवानी व्यवस्थालगायत खरिद प्रक्रिया…

Read More

​एजेन्सी । सिरियाको सरकार नियन्त्रित क्षेत्रमा भएको बम विस्फोटमा परि कम्तिमा ४० जनाको ज्यान गएको छ । होम्स, दमासकस, हासाकेह तथा टार्टोउसमा एक घण्टाको बिचमा भएको चार वटा बम बिस्फोटमा ४० जनाको ज्यान गएको सिरियाका सरकारी सञ्चार माध्यमले जनाएका छन् । बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले आक्रमणको जिम्मेवारी लिएको छ । हासाकेहमा भने कुर्दिस समूहले आक्रमण गरेको हो । सिरियाको सरकारी समाचार संस्था सानाले भने ३० जना सर्वसाधारण नागरिकको ज्यान गएको र ४५ जना घाइते भएको जनाएको छ ।

Read More