Author: admin
काठमाडौं- सरकारले मुस्लिम धर्मावलम्बीहरुको महान पर्व बकर इदका अबसरमा मंगलबार सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी मुस्लिम धर्मावलम्बीहरुको महान पर्व बकर इदका अवसरमा पर्सि भदौ २८ गते मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ। बकर इदका दिन नजिकका मस्जिदहरुमा जम्मा भई मुस्लिम समुदायहरुले विशेष नमाज पढ्ने गर्दछन्। मुस्लिम समुदायले बकर इद तीन दिनसम्म मनाउँछन्। मुस्लिमहरुले घरमा खसी वा भेंडाको बलि दिने र बलिको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने गर्दछन्।
काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय हित विपरीत सम्झौता नगर्न माग गर्दै एमालेले ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटी एमाले अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणमा राष्ट्रिय हित र स्वाभिमानको ख्याल गर्दै ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्। ध्यानाकर्ष पत्र बुझाउन पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली, पूर्वप्रधानमन्त्री तथा बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपालसहित एमाले शीर्ष नेताहरुको टोली बालुवाटार पुगेको थियो। शनिवार बसेको एमाले स्थायी समितिको बैठकले भारत भ्रमणका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको थियो। सोही निर्णयानुसार एमालेले आइतबार प्रधानमन्त्रीलाई…
नेपाल हुँदै अवैध बाटोबाट भारत निकासी हुने चिनियाँ अदुवामा भारतमा प्रतिवन्धित विषादी एल्डिकार्व रहेको भन्दै नेपालमा उत्पादित अदुवामा पनि त्यस्तै विषादी हुनसक्ने आशंका गर्दै भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरणले नेपालको अदुवाको नमुना परीक्षणका गराउन आदेश दिएको भारतीय भन्सारका अधिकारीहरुले बताए ।
दमक । दमक उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजेन्द्र ढकाल निर्वाचित भएका छन् । अाइतबार बिहान २ बजे सम्पन्न मतपरिणामअनुसार आफ्ना दुई प्रतिस्पर्धीलाई हराउँदै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । स्वतन्त्र प्यानल खडा गरी आएका अध्यक्षका उम्मेदवार ढकालले नेपाली काँग्रेससहितको संयुक्त लोकतान्त्रिक प्यानल र एमालेसहितको संयुक्त प्यानलका दुई सशक्त उम्मेदवारलाई पराजित गरी अध्यक्षमा निर्वाचित भएका हुन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा स्वतन्त्र प्यानलकै विमल खतिवडा विजयी भएका छन् । त्यस्तै, प्रथम उपाध्यक्षमा गोपाल गुरागाईं विजयी भएका छन् । द्वितीय उपाध्यक्षमा युवराज घिमिरे र ताराप्रसाद अधिकारी तृतीय उपाध्यक्षमा निर्वाचित भएका छन् । यसैगरी, लेखा संयोजकमा गङ्गा ढकाल तथा लेखा सदस्यमा कृष्ण दाहाल र…
काठमाडौं । एमालेले प्रधानमन्त्रीको आसन्न भ्रमणमा केपी ओली सरकारले भारतसँग गरेका सम्झौता कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ । पार्टी कार्यालय धुम्बाराहीमा शनिबार बसेको स्थायी कमिटी बैठकले ओली सरकारले गरेका सम्झौता कार्यान्वयनमा जोड दिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण गराएको हो । ‘ओली सरकारले बिशाखापटनम बन्दरगाह प्रयोग गर्नेसहितका व्यापारिक सम्झौता गरेको थियो,’ एमाले सचिव योगेश भट्टराईले भने, ‘तिनलाई अबको भ्रमणमा कार्यान्वयन गर्नतिर लाग्नुपर्छ ।’ अघिल्लो वर्षको फागुन दोस्रो साता भएको भ्रमणमा तत्कालिन प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माण, तराईमा सडक विस्तार, त्रिदेशीय रेलमार्ग, विद्युतीय प्रशारणलगायतका सम्झौता भएको थियो । बैठकले राष्ट्रिय हितविपरीतका कुनै पनि सन्धी/सम्झौता नगर्न ध्यानाकर्षण गराएको सचिव भट्टराईले जानकारी दिए । ‘नेपाल–भारतबीचको…
काठमाडौं । व्यवसायीले दसैँका लागि करिब ६५ करोड मूल्यका खसी–बोका राजधानी ल्याउने तयारी थालेका छन् । त्यसमध्ये करिब ५० हजार खसी–बोका भारतबाट आयात र बिक्री हुने व्यवसायीको भनाइ छ । चौपाया खरिद–बिक्री सेवा संघका संरक्षक दीपक थापाले दसैँमा भारतीय खसी धेरै आयात हुने जानकारी दिए । उनले भने, ‘यसपटक तुलनात्मक रूपमा धेरै भारतीय खसी आयात हुनेछन् ।’ संघमा करिब तीन सय व्यवसायी आबद्ध छन् । ती व्यवसायीले भारतका विभिन्न बजारबाट खसी–बोका आयात गर्नेछन् । दसैँमा करिब १५ करोडका खसी–बोका मुलुकभित्रकै अन्य जिल्लाबाट राजधानीमा ल्याउने तयारी गरिएको छ । भारतबाट साताको दुईपटक आइतबार र बिहीबार २० गाडी खसी–बोका आयात भइरहेको छ…
काठमाडौं । छोरा कृष्ण प्रसाद अधिकारका हत्यारालाई कारबाहीको माग राख्दै अनशनरत गंगामाया अधिकारीको बिग्रँदो स्वास्थ्य अवस्थाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले गहिरो चिन्ता र चासो व्यक्त गरेकी छिन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति भयडारीसँग शनिबार शीतलनिवासमा भेट गर्दा उनले आफ्नो चासो र चिन्ता व्यक्त गरेको स्रोतले उल्लेख गरेको छ । राष्ट्रपति भण्डारीसँग विभिन्न मानवअधिकारवादी नेताहरुले गंगामायालाई बचाउन आफ्नो सबै ‘नैतिक र संवैधानिक हैसियत’ प्रयोग गर्न लगातार दबाब दिइरहको पृष्ठभूमिमा उनले यो विषय प्रधानमन्त्री प्रचण्डसँग उठाएकी हुन् । प्रधानमन्त्रीले यसबारे ‘के गर्न सक्छु, हेर्छु’ भन्ने आश्वासन राष्ट्रपतिसँग दिइउको स्रोतले बतायो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जानुअघि संविधान संशोधनको प्रस्ताव अघि बढ्ने सम्भावना करिब टरेको छ । दुई तिहाई समर्थन नपाएमा विधेयक ‘तुइने’ खतरा औंल्याउँदै दाहालको भारत भ्रमणअघि संशोधन प्रस्ताव अघि नबढाउने मनसाय नेताहरूले बनाएका हुन् । औपचारिक/अनौपचारिक छलफलमा सत्तारूढ कांग्रेस र माओवादीले प्रधानमन्त्रीको भारत भ्रमणअघि नै मधेसी मोर्चाले उठाएका माग सम्बोधन गर्न संशोधन विधेयक अघि बढाउने तयारी गरेका थिए । ‘मोर्चाका नेताहरू सहमत हुनुभयो भने भारत भ्रमणअघि नै प्रस्ताव अघि बढ्न पनि सक्ला,’ उच्च स्रोतले भन्यो, ‘तर उहाँहरूले नै एमालेले मान्दिएन भने के गर्ने भन्दै पछि हटेपछि सम्भावना कम देखिएको हो ।’ प्रदेशको सीमांकन, नागरिकता, राष्ट्रिय सभाको गठन…
काठमाडौं । भूकम्पले सीतापाइलाको युवा सहभागिता माविको भवन पुरै भत्कियो। विद्यालयले भूकम्पलगत्तै कक्षा चलाउने निजी जग्गामा टहरा बनायो । विनोद थापाको १० आना जग्गामा एकदेखि ६ कक्षासम्मका लागि टहरा बनाइयो भने अर्का एक व्यक्तिको एक रोपनी जग्गामा ७ देखि १० कक्षासम्मको कक्षा चलाउन मान्द्रोले बेरेर कोठा बारियो । मान्द्रो कुहिएपछि वरिपरि जस्तापाता लगाएर १६ महिनादेखि जेनतेन कक्षा चलिरह्यो । अब ७ देखि १० कक्षासम्म पढाइ हुने टहरा भदौ २९ भित्र हटाइसक्नुपर्ने म्याद जग्गाधनीले दिएका छन् । म्याद विद्यालयले पटक पटक सार्दै आएको छ । ‘जग्गाधनीले यो अन्तिम म्याद हो, जसरी भए पनि हटाउन भनेका छन्,’ प्रधानाध्यापक कमल रिमालले भने, ‘अब…
काठमाडौं । संघीय गठबन्धनका संयोजकसमेत रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिप पार्टीका अध्यक्ष महन्थ ठाकुरले शुक्रबार प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरे । यादव र ठाकुर कसैले पनि प्रधानमन्त्री प्रचण्डसँगको भेटवारे गठबन्धमा आवद्ध दललाई जानकारी दिएका छैनन् । थरुहट तराई पार्टीका अध्यक्ष भानुराम थारुले प्रधानमन्त्री प्रचण्ड र गठबन्धनका नेतबीच एको भेटवार्ताबारे आफूलाई केही जानकारी नभएको बताए । थारु मात्र होइन, मधेसी मोर्चासहितको गठबन्धमा आवद्ध साना दलले नेतृत्वले गठबन्धनलाई पार्टीका रुपमा चलाउन खोजेको आरोप लगाएका छन् । गठबन्धनका ठूला दललका नेताले यस्ता राजनीतिक भेटवार्तालाई गुपचुप राखेपछि साना दललमा असन्तुष्टि देखिएको छ । आजको कारोबार दैनिकमा खबर छ ।