Author: admin

काठमाण्डौ । संयुक्त राष्ट्रसंघको आग्रहमा द्वन्द्वग्रस्त मुलुकमा खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रका अधिकारी अध्यागमनको प्रक्रिया छलेर सहभागी हुने गरेको खुलेको छ । नेपाली सेनाका २ सय ३२ जना राहदानी नै नलिई सुडान पुगेको घटनाको अनुसन्धानका क्रममा राष्ट्रसंघीय मिसनअन्तर्गत सुडान, लाइबेरियालगायत देश जाने सेना, प्रहरी र सशस्त्रको टोली अध्यागमन जाँच नै नगरी अनधिकृत बाटो हुँदै विमानस्थलको धावनमार्गमा प्रवेश गर्ने गरेको खुलेको खबर आजको कान्तिपुरमा केपी ढुंगानाले लेखेका छन्। गत मंगलबार सुडान खटिएको सेनाको टोलीको साथमा पासपोर्ट नभेटिएपछि सुडानको अध्यागमनले नेपाल फर्काएको थियो । नेपाल फर्किएको टोली यतै ब्यागमा छुटेको पासपोर्ट लिएर पुन: सुडान पुगेको थियो । नेपाली नागरिक बिनाराहदानी…

Read More

दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग एक्लाएक्लै भेटमा दिल खोलेर कुराकानी भएको र अब नेपाल–भारतबीच असमझदारी अन्त्य भएको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको तेस्रो दिन होटेल ताज प्यालेसमा आयोजित संक्षिप्त पत्रकार सम्मेलन र इन्डिया फाउन्डेसनको बेग्लै स्वागत कार्यक्रममा दुई देशको सम्बन्धमा अब नयाँ आयाम थपिएको स्पष्ट पारेको खबर आजको नयाँ पत्रिकामा दिल्लीबाट पर्शुराम काफ्लेले लेखेका छन्। प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानका विषयमा भारतसँग कुनै असमझदारी बाँकी नरहेको पनि बताएका छन् । राजकीय भ्रमण सकेर प्रचण्ड आइतबार स्वदेश फर्किंदै छन् । ‘जसरी म चुनौती र अवसरको बीचमा प्रधानमन्त्री भएको थिएँ र चुनौतीहरूलाई चिरेर नयाँ राजनीतिक अवसरका लागि…

Read More

दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा गरेको अन्तर्राष्ट्रिय मुद्दामा समान विचार र अन्तर्राष्ट्रिय मञ्चमा भारतको उम्मेदवारीको समर्थन गर्ने सहमति नेपालको परराष्ट्र नीतिविपरीत देखिएको छ । परराष्ट्र मामिलाका जानकारहरुले नेपालले लिँदै आएको तटस्थता र असंलग्न नीतिविपरीत प्रधानमन्त्री दाहालले सो सहमति गरेको जनाएका छन्। यो समाचार आजको कारोबारमा जगन्नाथ दुलालले लेखेका छन्। प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको छलफलपछि शुक्रबार २५ बुँदे संयुक्त वक्तव्य जारी भएको थियो। जसको बुँदा नं ११ नेपालको परराष्ट्र नीतिविपरीत भारतपरस्त  भएको जानकारको भनाइ रहेको आजको कारोबार दैनिकमा समाचार छ । ‘विकासशील देशवासीलाई प्रभावित पारिरहने संयुक्त राष्ट्रसंघको बृहत्तर सुधालगायतका प्रमुख अन्तर्राष्ट्रिय मुद्दाहरुमा निकटतम सहकार्य गरी…

Read More

दिल्ली । प्रधानमन्त्री प्रचण्डसँग शुक्रबार भएको व्यक्तिगत र औपचारिक वार्ताका आरम्भमा भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध गंगा र हिमालयबाट निर्धारित रहेको बताएका थिए। उच्च स्रोतका अनुसार मोदीले यो सम्बन्ध सुदृढ पार्ने दायित्व वर्तमान नेतृत्वले लिनुपर्ने भन्दै प्रचण्डको पनि समान दृष्टिकोण देखेर आफू प्रभावित भएको बताएका थिए, आजको नयाँ पत्रिकामा खबर छापिएको छ। ‘नेपाल–भारत सम्बन्ध परिपूर्ण बनाउँ, दुवै पक्षलाई लाभ हुन्छ,’ मोदीको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले मोदीलाई धार्मिक र राजनीतिक भ्रमणका लागि दिएको निम्तोको जवाफमा मोदीले छिटै समय मिलाउने पनि बताएका छन् । भेटमा मोदीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिले राष्ट्रपतिजी जाँदै हुनुहुन्छ, यो सफल पारौँ । म…

Read More

काठमाण्डौ । सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले अख्तियार दुरूपयोग अनुसन्धान आयोग अदालतको आदेशपछि आत्तिएर बार्गेनिङमा उत्रिएको आरोप लगाएको छ। अख्तियारले माओवादी सेनाका लडाकुको भरणपोषणमा भएको भ्रष्टाचारमा मुछिएका नेतालाई३० दिन भित्र बयानका लागि बोलाएपछि माओवादी नेताहरूले त्यस्तो आप लगाएको खबर आजको अन्नपूर्णमा छापिएको छ। माओवादी केन्द्रका  अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा रहेका बेला शुक्रबार अख्तियारले पत्रकार सम्मेलन गरी माओवादी शिविरमा भरणपोषण र अन्या नाममा  गएको रकमबारे छानबिन अघि बढाइएको उल्लेख गर्दै त्यसको नतिजा छिट्टै बाहिर ल्याउने बताएको थियो। ‘यो शान्ति प्रक्रियासँग सम्बन्धित विषय हो। यो राजनीतिक विषयमा अख्तियार अगाडि आउन जरूरी छैन। यसलाई बार्गेनिङ टुल्सका रूपमा प्रयोग गर्न खोजिँदैछ,’…

Read More

विर्तामाेड ।  राष्ट्रव्यापी सरसफाई दिवस २०७३ अवसरमा झापाको विर्तामोडमा वृहत् सरसफाई कार्यक्रम सम्पन्न भएको छ । वातावरण संरक्षण मञ्च नेपाल, विर्तामोड नगरपालिका र विर्तामोड सरसफाई समितिको संयोजनमा ३० भन्दा बढी संस्थाहरुको आयोजनामा सरसफाई कार्यक्रम गरिएको हो । आयोजक संस्थाहरुमा प्रकृति फाउन्डेशन, विवेकशिल नेपाली झापा, क्रिएटिभ नेप्लिज युथ, अभियान नेपाल, रेयुकाई विर्तामोड, जिल्ला ट्राफिक कार्यालय झापा, नेप्लिज टिन्स, बास झापा, वेलफेयर अस नेसन्स, द युनाइटेड नेप्लिज युथ, दीपज्योति युवा परिवार, विवेचना दैनिक, न्यू मेची टाइम्स दैनिक, सूर्योदय टिभी, आँगन एफ एम, रेडियो सन्राईज, युवा संघ विर्तामोड, फ्युचर स्टार युथ क्लब, गल्र्स राइजिङ रुम नेपाल, ग्रामिण सेवा समुदाय क्लब, मारवाडी युवा मञ्च…

Read More

सुनसरी – सुनसरीको प्रकाशपुरस्थित राजाबास कोसी नदीमा शनिबार डुंगा पल्टिएको छ । श्रीलंका टप्पुबाट प्रकाशपुर बजारतर्फ गइरहेको डुंगा केही समय अघि पल्टिएको सुनसरी प्रहरीले जनाएको छ । डुंगामा सवार २० जनाको भने उद्धार गरिएको छ । २३ जना सम्पर्क बिहीन भएकाे सुनसरीका प्रहरी प्रमुख पोषराज पोख्रेलले बताए । स्थानीय रबिन घिमिरेका अनुसार डुंगामा ५० जना भन्दा बढी सवार थिए । शनिबार प्रकाशपुर बजारमा बजवार लाग्ने भएकाले बजार भर्नका लागि ठूलो संख्यामा श्रीलंका टप्पुबाट मानिसहरु डुंगामा चढेर आएको हुन सक्ने अनुमान गरिएको छ । उनले सात जना भन्दा बढी मानिसहरु भने नदीमा हराएको बताए । सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईँले कति मानिस हराए भन्ने एकिन नभएको बताए । उद्दारका लागि नेपाल…

Read More

काठमाण्डाैं । साइकल, रिक्सा अथवा ठेलागाडा चलाउँदै हुनुहुन्छ ? यदि हो भने तपाईले पनि अब सम्पूर्ण ट्राफिक नियम पालना गर्नुपर्नेछ। सडकमा ट्राफिक नियम मिच्नुभयो भने तपाई पनि कारबाहीमा पर्नुहुनेछ। संशोधन भएर आउन लागेको सवारी तथा यातायात व्यवस्था ऐनमा दर्ता नभईकन सञ्चालनमा आउने साइकल, रिक्सालाई पनि ट्राफिक नियमको पालना गर्नुपर्ने वाध्यात्मक व्यवस्था हुन लागेको छ। यदि त्यस्ता साधानले नियम उल्लंघन गरेमा अन्य चार पांग्रे सवारी चालकलेजस्तै सजाय भोग्नुपर्ने व्यवस्था ऐन संशोधनमा प्रस्ताव गरिएको छ। ऐनमा साइकल, रिक्सा तथा ठेलागाडा दर्ता गर्नु नपर्ने, ऐन बमोजिम चालक अनुमतिपत्र लिनु नपर्ने व्यवस्था छ। त्यो व्यवस्था भने यथावत रहनेछ। त्यस्तै दर्ता नहुने ति सवारी चलाउनेले ट्राफिक…

Read More

काठमाडौं । हिन्दू परम्पराअनुसार शनिबारदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृ पक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्ड दान गरिन्छ। सोह्र वटा तिथिमा पितृ प्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा सोह्रश्राद्धको नामले परिचित छ।  चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ। बडादसैँ र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृ ऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता छ । सोह्रश्राद्ध पितृ तृप्तिको निमित्त पुण्यतम् पर्व हो भनी शास्त्रमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका…

Read More

भद्रपुर । २०६२/२०६३ को जनआन्दोलपछि जीर्ण बनेको झापाको सदरमुकाम भद्रपुरस्थित महेन्द्रपार्क जीर्णोद्धार, रङ्गरोगन तथा सरसफाई  गर्न नगरपालिका तथा स्थानीयवासी एकजुट भएर लागिपरेका छन्। भद्रपुर नगरपालिका-१० स्थित जिल्ला विकास समिति झापाको गेट अगाडि रहेको पार्क चार दशकअघि तत्कालीन मेची अञ्चल अञ्चलाधीश छिरिङ लामाको प्रयासमा  निर्माण भएको थियो । भद्रपुर नगरपालिकाले रु ४७ लाख बजेट विनियोजन गरी स्थानीय नगरबासी तथा रोटरी क्लब अफ भद्रपुरको जनश्रमदानमा पार्क भित्रका संरचनालाई पुनःनिर्माण एवम् मर्मत तथा रङ्गरोगनको काम भइरहेको नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरे बताए। भदौ तेस्रो साताबाट सुरू भएको मर्मत संहारको काम मा नगरबासीहरूको उत्साहपूर्ण सहभागिता रहेको छ । पार्कको मध्य भागमा रहेको स्तम्भमा २०६२र०६३…

Read More