Author: admin

काठमाडौं –मंगलबार साँझ । विराटनगरबाट आउँदै गरेको बुद्ध एयरको एटीआर ७२ विमान अवतरण गरेर कोटेश्वरतर्फको अन्तिम ट्याक्सी–वेबाट छिर्दै थियो । जहाजले एउटा स्याललाई ठोक्यो । स्याल ठाउँको ठाउँ मर्‍यो । गुडिरहेको विमानका चालक शैलेश महतले एयर ट्राफिक कन्ट्रोलरलाई आफ्नो जहाजले ट्याक्सी–वेमा पस्दै गर्दा स्यालसँग ठोकिएको जानकारी गराए । चालकको जानकारीपछि विमानस्थलको रात्री सिफ्टका कर्मचारी र शुरक्षाकर्मी घटनास्थल पुगे । बुद्ध एयरको उक्त विमान र यात्रुलाई केही भएन । बुद्ध एयरका प्रबन्धक रुपेश जोशीका अनुसार, चालकले धावनमार्गमा दुइटा स्याल ककपिटबाट चालकदलले देखेका थिए । तीमध्ये एउटा स्याल जहाजमा ठोक्किएर घटनास्थलमै मृत्यु भयो । यो घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार दोस्रोपटक पुन:…

Read More

काठमाडौं – तीन वर्षअघि संविधानसभा चुनाव बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले चुनावमा भाग लिने भएको छ । आफ्नो दल निर्वाचन आयोगमा भने दर्ता नगर्ने उसको जिकिर कायमै छ । देशभक्त जनगणतान्त्रिक मोर्चाका नाममा चुनावमा भाग लिने तयारीमा पार्टी लागेको हो । वैद्य माओवादीका वरिष्ठ नेता सीपी गजुरेल अध्यक्ष र परी थापा सचिव रहेको देशभक्त जनगणतान्त्रिक मोर्चाका पदाधिकारीमा कमल चौधरी, केबी गुरुङ, पवनमान श्रेष्ठ, श्रीनाथ अधिकारी, नगेन्द्र राई, केसबहादुर परियार सदस्य छन् । यी सबै वैद्य माओवादीका केन्द्रीय समितिमा रहेका नेता भएको मोर्चा अध्यक्ष गजुरेलले कान्तिपुरलाई बताए । गजुरेलले निर्वाचन घोषणा भएमा त्यसलाई उपयोग गर्दै अघि बढ्ने…

Read More

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी, व्यापारी र मिडिया समेत गरी १ सय १६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार भारतको ४ दिने राजकिय भ्रमणमा निस्कने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मंगलबारसम्म प्रधानमन्त्रीको भारत भ्रमणमा जाने टोलीमा ५० जना सरकारी प्रतिनिधिहरु, ३३ जना उद्योगी/व्यापारी र ३३ जना संचारकर्मीको नाम स्विकृत भएको छ । सरकारी प्रतिनिधिमण्डलमा रहेका ५० जनामध्ये ८ जना नयाँदिल्ली स्थित नेपाली दूतावासका कर्मचारी रहेका छन् भने बाँकी ४२ जना काठमाडौंबाट प्रधानमन्त्रीसँगै जानेछन् । ‘प्रधानमन्त्रीज्यूको आसन्न भारत भ्रमणमा जाने नेपाली प्रतिनिधिमण्डलमा सरकारी, नीजि क्षेत्र (उद्योगी/व्यापारी) र संचारकर्मी समेत…

Read More

काठमाडौं – सरकारले बेरोजगार परिचयपत्र प्राप्त नागरिकलाई सामाजिक सुरक्षा कोषमार्फत बेरोजगार भत्ता प्रदान गर्ने कानुनी व्यवस्था प्रस्ताव गरेको छ । सामाजिक सुरक्षा प्रदान गर्नेसम्बन्धी विधेयक व्यवस्थापिका संसद्मा पेस भई संशोधनका क्रममा छ । सरकारले तोकेको तलबमानको २५ प्रतिशतसम्म भत्ता दिने व्यवस्था विधेयकमा प्रस्तावित छ । लामो समयदेखि सामाजिक सुरक्षा कोष स्थापनाका लागि रोजगारदाता र मजदुरको समेत तलबमानको एक प्रतिशतका दरले रकम कट्टा हुँदै आएको छ । तर, कोषको कानुनी संरचना नबनेका कारण रकम परिचालन हुन सकेको छैन । प्रस्तावित विधेयक पारित भई कोष परिचालन समिति गठनपछि उक्त रकम परिचालन गर्ने कानुनी बाटो खुल्नेछ । सरकारले प्रस्ताव गरेको कानुनी व्यवस्था पारित…

Read More

काठमाडौं – पाँच वर्षमा नेपालमा ९९ अर्ब १४ करोड रुपैयाँको सुन भित्रिएको छ । यस अवधिका नेपाली उपभोक्ताको आयस्तरमा आएको परिवर्तनसँगै सुन आयतमा पनि वृद्धि भएको हो । उपभोक्ताको आयस्तरमा बृद्धि भए पनि आय उनुपात्दक क्षेत्रमा थुप्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । वार्षिक ८० हजार नौ सय २१ रुपैया आय भएका नेपाली नगद सम्पत्ति भए पनि अनुत्पादनक सम्पतिका रुपमा गणना हुँदै आएको सुननमा ठूलो लगानी गरेको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०६८र६९ मा ५७ हजार तीन सय ३७ रुपैयाँ प्रतिव्यक्ति आय भएका नेपालीले २५ अबै ७७ करोड रुपैयाँ सुन किन्नमा खर्चिएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ…

Read More

काठमाडौं – तपाईँ अचेल बाजुराको जुकोट पुग्नु भएको छ भने अनौठो नमाने हुन्छ।- त्यहाँका बस्तुभाउ धमाधम स्याउ खाइरहेका भेटिन्छन् । पोहोरभन्दा दोब्बर उत्पादन भएपछि गाउँभरि स्याउकै छेलोखेलो छ । बिक्रीका लागि बजार भने छैन । बेच्न नपाएर स्याउका दाना बारीमै कुहिन थालेपछि किसानहरू चौपायालाई खुवाउँन थालेको  छन् । जुकोटमा अधिकांश परिवारका २/४ सय वटासम्म स्याउका बोट छन् । लटरम्म फलेका दानाले स्याउबारी राताम्मे देखिन्छन् । बजार पुर्‍याउन सके स्याउबाटै लाखौं रुपैयाँ आम्दानी गर्न सक्ने यहाँका किसानहरूको आम्दानी भने शून्य बराबर छ । भूपेन्द्र शाहीको बारीमा ४ सय बोटमा लटरम्मै छन् । तर उनले अहिलेसम्म स्याउ बेचेर मुस्किलले सय रुपैयाँ कमाएका छन्।…

Read More

काठमाडौं –लाइसेन्सप्राप्त हतियार आपराधिक गतिविधिमा प्रयोग हुन थालेपछि प्रशासनले हतियारको लाइसेन्स रद्द गर्न थालेको छ । प्रहरीको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले गुन्डागर्दीमा संलग्नको लाइसेन्सप्राप्त हतियार धमाधम खोस्न थालेको हो । ललितपुर प्रशासनले गत महिना पक्राउ परेका वीरेन्द्र महर्जनको हतियारको लाइसेन्स रद्द गरेको छ । गुन्डागर्दीको आरोपमा गत महिना महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई पक्राउ गरेको थियो । हतियार देखाएर उनले धम्क्याउने गरेको खुलेपछि लाइसेन्स रद्द गरिएको महानगरीय परिसर ललितपुर परिसरका एसएसपी पीताम्बर अधिकारीले बताए । उनका अनुसार हतियारको लाइसेन्स रद्द गरिएको यो पहिलोपटक हो । ललितपुर प्रहरीकै सिफारिसमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि दुई गुन्डा नाइकेको हतियारको लाइसेन्स रद्दको प्रक्रिया…

Read More

काठमाडौं – बिहीबार हुने प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले हिमालयन एयरलाइन्सको पाङ्ग्रा सापटी मागेको छ । निगमको ९ एनएकेएक्स कलसाइनको एयरबस–३२० विमान मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टायर पन्चर भई ग्राउन्डेड भएपछि निगमले प्रधानमन्त्रीलाई उडाउन हिमालयन एयरलाइन्सको दुईवटा पाङ्ग्रा सापटी मागिएको छ । प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारीका लागि तीन दिने दिल्ली भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसहित १ सय ५० यात्रु लिएर मंगलबार दिल्लीबाट काठमाडौं आएको जहाज अवतरण गर्ने क्रममा टायर पन्चर भई ग्राउन्डेड भएको हो । प्राविधिक इन्जिनियरिङ टोलीले सो विमानमा सापटी लिएको पाङ्ग्रा फिट गरी बिहीबार प्रधानमन्त्री दाहालसहितको…

Read More

दमक । शरणार्थी मामिला सम्बन्धि राष्ट्र संघीय उच्चायुक्तको कार्यालयका नेपाल प्रतिनिधि केभिन एलनले शरणार्थी समस्या समाधानका लागि तीनवटा बाटामध्ये एउटा बाटोको काम सकिएपछि भुटान फर्कने वा नेपालमै रहने भन्ने दुईवटा बाटा खोल्न सहज हुने बताएका छन् । उनले सन् २०१६ को अन्तसम्ममा युएनएचसीआरले भुटानी शरणार्थीको तेस्रो मुलुक पुनःस्थापना कार्यक्रम बन्द गर्ने जानकारी दिए । केभिनले मंगलबार युएनएचसीआरको दमक कार्यालयमा पत्रकारहरुसंग कुरा गर्दै भने, ‘पहिला हामीले उनीहरुको धारणा बुझ्छौं अनिमात्र हामीलाई नेपाल तथा भुटान सरकारसंग कुरा अगाडि बढाउन सजिलो हुन्छ ।’ तेस्रो मुलुक पुनःस्थापना कार्यक्रममा अहिलेसम्म अमेरिका, क्यानाडा, अस्ट्रेलिया लगायत मुलुकहरुमा एक लाख पाँच हजारभन्दा बढी शरणार्थी पुनःस्थापित भइसकेका छन् । युएनएचसीआरको…

Read More

एजेन्सी ।  भारतको पश्चिमी दुई राज्य तमिलनाडु र कर्नाटकाबीच कावेरी नदीको पानी सम्बन्धि विवाद पुनः चुलिएपछि बेङलुरुमा ४० बसमाथि आगजनी भएको छ। तमिलनाडुलाई पानी उपलब्ध गराउने विषयमा उच्च न्यायलयले गरेको फैसलाको विरोधमा कर्नाटकामा पछिल्लो एक सातादेखि विरोध प्रदर्शन चलिरहेको थियो। जसले सोमबार हिस्रक रुप लिएपछि उग्र प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले बेङलुरुमा ४० बसमाथि आगजनी गरे। जसका कारण स्थानीय प्रशासनले धारा १ सय ४४ लागु गर्नु परेको थियो। बेङलुरुमा हाल ७ स्थानमा कफ्र्यु लगाइएको कर्नाटका सरकारले जानकारी दिएको छ। राज्यका गृहमन्त्री जी परमेश्वरले हिंसा भड्काउने प्रदर्शनकारीलाई गोली ठोक्ने आदेश दिएका छन्। सोमबार जलाइएका गाडीहरू तमिलनाडुको नम्बर प्लेटका थिए। यस्तै, तमिलनाडुबाट कर्नाटकामा आएर…

Read More