Author: admin
काठमाण्डाैं । पाकिस्तानले आफ्नो छिमेकी भारतलाई परमाणु हमला गर्ने धम्की दिएको छ। कश्मीरको सैन्य क्याम्प उरीमा शनिवार आत्मघाती हमला हुँदा १७ भारतीय सेनाको हत्या भएको थियो। भारतीय पक्षले पनि ४ आतंकवादी मारिएको दावी गरेको छ। कश्मीर मुद्दालाई लिएर दुई छिमेकी मुलुकको सम्बन्ध पुनः बिग्रिएपछि पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिमले एउटा टेलिभिजन साक्षात्कारमा आफ्नो देशले भारतमा परमाणु हमला गर्न सक्ने चेतावनी दिए। ‘भारत पाकिस्तानको अस्तित्वमाथि आक्रमण गर्छ भने भारतले त्यसको नतिजा भोग्नु पर्नेछ,’ उनले भने। उरी आक्रमणपछि भारतको गृहमन्त्रालयले देशभरीको सबै विमानस्थललाई अलर्ट जारी गरेको थियो। र, अहिले विमानस्थलको सुरक्षा बढाएको छ। पछिल्लो समय कश्मीरमा भड्किएको हिंसाका कारण १ सय २ जनाको…
मोरङ – पूर्वी मोरङको उर्लाबारीस्थित इलाका प्रशासन कार्यालयबाट आइतबारदेखि राहदानी वितरण गर्न थालिएको छ । जिल्ला सदरमुकाम विराटनगर धाउनुपर्ने झन्झटबाट अब यस क्षेत्रका बासिन्दा मुक्त भएका छन् । संघीयताको मर्मलाई पछ्याउँदै धेरै जनसंख्या रहेका इलाका तथा पहाडी क्षेत्रका मानिसका लागि समेत ध्यान दिएर स्थानीयवासीको विशेष पहलमा यसखाले सेवा थालिएको कार्यालयका प्रमुख मुरारी वस्तीले बताए । पूर्वी मोरङको उर्लाबारी, पथरीशनिश्चरे र लेटाङभोगटेनी नगरपालिका तथा राजघाट, मधुमल्ला, बयरवन, हसन्दह, केरौन, डाँगीहाट, टाँडी, जाँते, रमितेखोला, वारङ्गी गाविस यसको कार्य क्षेत्र हो । यस इलाकामा जिल्लाको ३० प्रतिशत बढी जनसंख्या रहेको छ । २०४७ सालमा स्थापना भएको इलाका प्रशासनले यसअघि नागरिकता वितरण, नाबालकको परिचयपत्र, आदिवासी, जनजाति,…
काठमाडौं । सरकारले संविधान दिवस आइतबारदेखि तीन दिन विशेष कार्यक्रमको आयोजना गरी मनाउँदै छ । तर, सरकारले घोषणा गरेका औपचारिक केही कार्यक्रममा विशिष्ट पदाधिकारीकै उपस्थिति नहुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन संविधान दिवसका कुनै पनि कार्यक्रममा सहभागी हुने छैनन् । उनी असंलग्न मुलुकको १७औँ शिखर सम्मेलनमा भाग लिन भेनेजुएला गएका छन् । संविधान दिवसको तेस्रो दिनको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै अनुपस्थित हुनेछन् । उनी ३ असोजमा टुँडिखेलमा आयोजना गरिने कार्यक्रममा सहभागी भई संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदै छन् । सभामुख ओनसरी घर्तीसमेत आइतबार कार्यक्रममा सहभागी भएपछि अन्य दुई दिनका औपचारिक कार्यक्रममा देखिने छैनन् । राष्ट्रपति…
काठमाडौं – पूर्वराष्ट्रपति रामवरण यादव उपचारका लागि आज अमेरिका जाने भएका छन् । पूर्वराष्ट्रपतिको सचिवालयले शनिबार विज्ञप्ति जारी गरी चिकित्सकले प्रोस्टेट ट्युमर (क्यान्सर) लाई जतिसक्दो चाँडो सुरक्षित रूपमा हटाउनुपर्ने बताएकाले नेपाल मेडिकल काउन्सिलको रायअनुसार यादव अमेरिका प्रस्थान गर्ने जनाएको छ । अघिल्लो महिना भारतमा स्वास्थ्य परीक्षण गराउँदा उनको प्रोस्टेटमा ट्युमर (क्यान्सर) भएको पुष्टि भएको थियो । विज्ञप्तिअनुसार अमेरिकाको हेनरी फोर्ड अस्पतालमा यादवको आगामी असोज १० मा ट्युमरको शल्यक्रियाका लागि समय लिइएको छ । सचिवालयले सबै नेपालीको कामनाले यादव चाँडो स्वस्थ भई स्वेदश फर्किएर देशको सेवामा लाग्ने उल्लेख गरेको छ । पूर्वराष्ट्रपति यादवले उपचारका लगि आर्थिक एवं प्रशासनिक सहयोग गरेकामा नेपाल…
काठमाडौं –सरकारले मधेस आन्दोलनको विभिन्न घटनामा संलग्न तीन सय ७४ जनाविरुद्धको मुद्दा फिर्ता लिने तयारी गरेको छ । दसैँअघि नै मुद्दा फिर्ताको निर्णय हुने कार्यबाहक प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले बताएका छन्। गृह मन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा कार्यबाहक प्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री निधिले एक सय ६० मुद्दाका तीन सय ७४ आरोपीको मुद्दा फिर्ताबारे गृहकार्य भइरहेको जानकारी दिएका हुन् । उनले भने, ‘मधेसी मोर्चा र संघीय गठबन्धनको सरकारसँग भएको तीनबुँदे सम्झौताअनुसार दसैैँअगाडि नै मुद्दा फिर्ता लिने हाम्रो तयारी छ ।’ मुद्दा फिर्ताबारे कतिपय कानुनी जटिला रहेको र त्यस विषयमा सम्बन्धित पक्षसँग छलफल भइरहेको निधिले बताएका अाजको नयाँ पत्रिका समाचार छ ।…
काठमाडौं –प्राडा गोविन्द केसीले संसद्मा प्रस्तुत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आफूहरूले दिएका सुझाव समावेश गरेर मात्र पारित हुनुपर्ने बताएका छन् । उनले संसद्बाट संशोधनसहित विधेयक छिटो पारित गराउनुपर्ने मागसमेत गरेका छन् । उनले सरकारले आफूसित सम्झौता गरेर स्वीकारेका सबै माग पूरा नभए आगामी सोमबारदेखि पुन: आमरण अनशन बस्ने चेतावनीसमेत दिएका छन् । शिक्षामन्त्री धनिराम पौडेलले गत बुधबार संसदको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७३’ पेस गरेका थिए । डा. केसीले संसद्बाट उक्त विधेयक जस्ताको त्यस्तै पारित गर्नुको औचित्य नरहेको बताउँदै आएका छन् । ‘माथेमा प्रतिवेदनमा भएका कतिपय जनमुखी बुँदा यो विधेयकमा समावेश छैन,’ डा. केसीले कान्तिपुरसँग भने, ‘त्यस्ता बुँदा समावेश…
धरान । बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानकी एक महिला सुरक्षा गार्डले कलाकार सन्तोष पन्तलाई आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। शुक्रबार मध्यरातमा केटिएम सेक्युरिटिका अध्यक्ष रामेश्वर साहसँग आएका पन्तले दुर्व्यवहार गरेको भन्दै उनले शनिबार इलाका प्रहरी कार्यालय धरानमा लिखित उजुरी दिएकी छन्। आजको नयाँ पत्रिकामा खबर छापिएको छ। केटिएम सेक्युरिटीका ब्राण्ड एम्बेस्डरसमेत रहेका पन्तले आफ्नो संवेदनशिल अंगमा छुने काम गर्नुका साथै व्यक्तिगत जीवनसँग सम्बन्धीत प्रश्न पनि सोधेरथप पीडा दिएको उजुरीमा उल्लेख रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए। स्रोतका अनुसार केटिएमका अध्यक्ष साह, निरीक्षक विष्णु कोइराला, हेडगार्ड राजेन्द्र तामाङ पनि महिला होस्टेलमा पुगेका थिए। महिला होस्टेलमा राति ११…
काठमाण्डौ । मधेसी मोर्चासहितको संघीय गठबन्धनका नेताले नेपाली कांग्रेसका शीर्ष नेताको असहयोगका कारण प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अगावै संविधान संशोधन प्रस्ताव दर्ता हुन नसकेको आरोप लगाएका छन्। गठबन्धनमा आवद्ध दलका एक नेताले कांग्रेसका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायत नेताले संविधान संशोधन गर्न सक्रियता नदेखाएपछि सभापति शेरबहादुर देउवाले पनि चासो नलिएको बताएको खबर आजका कारोबारमा छापिएको छ। संविधान संशोधन हुन नसकेको विषयलाई लिएर गठबन्धनमा असन्तुष्टिसमेत बढ्न थालेको देखिएको छ। मोर्चाले प्रधानमन्त्री दाहालको प्रतिक्षा गरिरहेको मोर्चा आवद्ध नेताले बताए। स्रोतका अनुसार सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र नै नमिलेका कारण संशोधन विधेयक संसदमा दर्ता हुन नसकेको हो।
काठमाण्डौ । रात छिप्पिँदै थियो। घडीमा नौ बज्दै गर्दा ललितपुरको च्यासल चोकमा मानिसको भीडभाड बढ्दै गयो। चारैतिर मधुरो बत्ती। सजिलै मानिसको अनुहार छुट्याउन नसकिने। ‘झ्याल्चा’चपा भन्ने एउटा पुरानो घरको उत्तरपट्टि मोहडामा ठूलो झ्याल देखिन्छ। त्यही झ्यालमा टाँगिएको थियो सेतो पर्दा। भित्रको उज्यालोले एकाएक पर्दामा दुई मानव आकृति सलबलाएको देखिन्छ। एउटा पुरूष र अर्को महिला। मानवकृति ठम्याउन गार्ह्रो पर्दैन। त्यती नै बेला नेवारी संगीत सुनिन्छ। संगीतको तालमा ती दुई आकृतिनजिकिन्छन्। एक आपसमा चुम्बन गर्छन्, अंकमाल गर्छन्…! पर्दामा देखिएको दृश्यले पुरानो घरको आँगनमा खचाखच मानिसको मनमा अनेकौं तरंग पैदा हुन्छ। कोही लाज मान्छन्। कोही चुपचाप पर्दा नियाल्छन्। कसैलाई पर्दामा देखिएको दृश्यले काउकुती…
काठमाण्डौ । सरकारले संविधान दिवस आइतबारदेखि तीन दिन विशेष कार्यक्रमको आयोजना गरी मनाउँदै छ। तर, सरकारले घोषणा गरेका औपचारिक केही कार्यक्रममा विशिष्ट पदाधिकारीकै उपस्थिति नहुने भएको छ। उपराष्ट्रपति नन्दबहादुर पुन संविधान दिवसका कुनै पनि कार्यक्रममा सहभागी हुनेछैनन्। उनी असंलग्न मुलुकको १७औँ शिखर सम्मेलनमा भाग लिन भेनेजुएला गएका छन्। संविधान दिवसको तेस्रो दिनको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै अनुपस्थित हुनेछन्। उनी ३ असोजमा टुँडिखेलमा आयोजना गरिने कार्यक्रममा सहभागी भई संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदै छन्। सभामुख ओनसरी घर्तीसमेत आइतबार कार्यक्रममा सहभागी भएपछि अन्य दुई दिनका औपचारिक कार्यक्रममा देखिने छैनन्। राष्ट्रपति र प्रधानन्यायाधीश भने तीन दिनकै औपचारिक कार्यक्रममा सहभागी…