Author: admin
२०६० सालमा प्रहरी सेवामा प्रहरी निरीक्षक भएर प्रवेश गरेका गिरीले पछिल्लो एक वर्षमा रसुवामा रहदाँ सामाजिक काम र स्थानीयको शान्ति सुरक्षामा अमनचयन काम गरे वापत् स्थानीयले २० केजीको माला मात्रै पहिराईदिएनन् सम्मान समेत गरे । उनको बिदाईमा राजनितीकदल देखि स्थानीयको अाखाँ रसाए ।
भैरहवा । यती एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । अवतरणका क्रममा विमान रन वेबाट घासमा पुगेको थियो । केही यात्रु घाइते भएको खबर आएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी बेलबहादुर पाण्डेले जानकारी दिएका छन् । तर, यती एयरलाइन्स, भैहरवा एयरपोर्टले विमान सामान्य दुर्घटनामा परेको र सबै यात्रु सुरक्षित रहेको बताएको छ ।
धुलाबारी । झापाको धुलाबारीमा आयोजना हुन लागेको नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ । नेपाल जेसीजको आयोजना तथा धुलाबारी जेसीजको आतिथ्यतामा हुन लागेको क्षेत्र ‘क’ सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको शनिबार धुलाबारीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । सम्मेलन यही असाेज १४ र १५ गते धुलाबारीमा हुदै छ । धुलाबारी जेसीजका सन् २०१६ का अध्यक्ष लीलाप्रसाद भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा धुलाबारी जेसीजका पूर्व अध्यक्ष तथा सम्मेलन निर्देशक जेसी अनन्त प्रकाश वस्तीले क्षेत्र ‘क’ सम्मेलन आयोजनाको तयारी र उद्देश्यका बारे जानकारी दिएका थिए । सम्मेलनमा जेसीजको क्षेत्र ‘क’ अन्तर्गत पूर्वी नेपालका सर्लाहीदेखी झापा सम्मका ३४ वटा…
८ असोज, काठमाडाैं । तत्कालीन नेकपा माओवादी र राज्यबीच चलेको सशस्त्र द्वन्द्वको उद्गमस्थल मानिने रुकुमले युद्धका कारण धेरै गुमाएको छ । गुमाउने मात्र होइन धेरैले आफन्तको न सासको पत्तो पाए न लास नै पाए । लामो समय चलेको सशस्त्र द्वन्द्व सकिएपछि सुरु भएको शान्ति प्रक्रिया सँगै सरकारले शान्ति तथा पुनर्निर्माण मनत्रालयनै खडा गरेर पीडितका आँसु थामिदिने र दुखिरहेकेा घाउँमा कल्हम लगाउने कामको थालनी गर्यो । यसै अनुरुप जिल्लाम स्थानीय शान्ति समिति गठन भयो । त्यही बेला नै तत्कालीन सरकारले मृतकका लागि १ लाख र वेपत्ताका लागि २५ हजार रुपैयाँ राहतको घोषणा गरी प्रक्रिया थाल्यो । आफ्ना आफन्त हराएको वर्षैंसम्म पनि…
८ असोज, काठमाडौं । हुम्ला सदरमुकाम सिमकोटनजिकैको डाँडाफया-२ की ६२ वर्षीया नानीकला शाहीले कपडा नकिनेको असारमा दुई वर्ष भयो । घरमा आफन्त नभएकी शाहीले विगतमा सरकारले दिने सामाजिक सुरक्षा भत्ताले वर्षको एकसरो कपडा गाउँमै किन्थिन् । तर दुई वर्षयता भत्ता नपाएपछि च्यातिएको पुरानै कपडा गाँठो पारेर जसोतसो आङ ढाकेकी छन् उनले । भावुक मुद्रामा भेटिएकी शाहीलाई फाटेको कपडाले यो हिउँदको जाडो कसरी काट्ने भन्ने चिन्ताले निकै पिरोलेको छ । बिहानबेलुका छाक टार्न पनि धौ-धौ भएको बताउने शाहीको घरमा रासन पनि सकिँदै गएको छ । खानेतेल सकिएर किन्ने पैसा नभएपछि एक महिनायता बारीबाट ल्याएको सागपात पानीमै उसिनेर छाक टार्ने गरेकी छन्…
काठमाडौं –खानेपानीको पाइप लाइन काटिएपछि महेन्द्र मञ्जिलका लागि पानी व्यवस्थापन निकै खर्चिलो बन्न पुगेको छ । महसुल नतिरेको भन्दै तत्कालीन मुमाबडामहारानी रत्न शाहको निजी निवास महेन्द्र मञ्जिलमा खानेपानीको आपूर्ति आठ वर्षअघि काटिएको थियो । खानेपानीको पाइप लाइन पुनः सुचारु गर्न महेन्द्र मञ्जिलमा कार्यरत कर्मचारीले निकै दौडधुप गरे पनि प्रयास सफल हुन सकेको छैन । तत्कालीन मुमाबडामहारानी रत्न, उनका सुसारे तथा सुरक्षाकर्मीका लागि महेन्द्र मञ्जिलमा दैनिक १२ हजार लिटर पानी खपत हुँदै आएको छ । खानेपानी पाइप लाइन काटिएकाले तत्कालीन राजा वीरेन्द्रका पालामा किनिएको ट्याङ्करले दैनिक दुईपटक महाङ्कालबाट पानी ओसार्ने गरेको छ । रत्न शाहको रेखदेखमा खटिएका दरबारका पूर्वसचिव शम्भुप्रसाद…
८ असोज, काठमाडौं । मेलम्चीबाट जिरोकिलोसम्म दैनिकजसो मोटरसाइलमा ओहोरदोहोर गर्ने रेडियो मेलम्चीका पत्रकार देवराज सुवेदी शुक्रबार जिरो किलोदेखि मेलम्ची जाँदै गर्दा चकित परे । अघिल्लो दिनसम्म भैसी नै डुव्ने खाडल सडकमा भए पनि शु्क्रबार भने सडकमा कतै पनि खाडल भेटाएनन् उनले । रातारात ग्राभेल गरेर जिरो किलोदेखि मेलम्चीसम्मको सडक दुरुस्त पारिएको आजको राजधानी दैनिकमा समाचार छ । सडक दुरुस्त बनाएपछि अखरु बेला मेलमचीसम्म पुग्न तीन घण्टा बढी समय लाग्ने गरे पनि शुक्रबार भने उनी आधा घण्टामै पुगे । मेलम्ची पुगेपछि सुवेदी भन्दै थिए, ‘प्रधानमन्त्री आउँदा त सडक यस्तो भयो भने राष्ट्रपति आउँदा कस्तो होला ! सधै यस्तै भ्रमण भइरहोस् ।’…
काठमाडौं – प्रधानमन्त्री प्रचण्डले आगामी नयाँ वर्ष उपहारमा उपत्यकावासीलाई मेलम्ची पानी दिन सम्बद्व अधिकारीलाई निर्देशन दिएका छन् । आजको नागरिक दैनिकमा खबर छ । मेलम्ची कथा यस्तो : -सन् १९७० को दशकदेखि नै उपत्यकामा खानेपालीको समस्या । खानेपानी वितरण सुर्धान खानेपानी तथा ढल निकास विकास समिति निर्माण । -सन् १९८८ मा ब्रिटिस कम्पनी विनियम पार्टनरलाई खानेपानीको वैकल्पिक स्रोत पहिचान गर्ने जिम्मा । २० वटा विकल्पमा मेलम्ची पहिलो प्राथमिकतामा । -२०५३/५४ मा मेलम्ची वाटर लिमिटेड गठन । -सन् १९९८ मा अस्ट्रेलियाको स्प्रे माउन्टेनलगायत कम्पनीद्वारा मेलम्चीको संभाव्यता अध्धयन । सोही वर्ष नरप्लान्टद्वारा विस्तृत सर्भे । -२०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन ।…
८ असोज, काठमाडौं । दसैं तिहारको छुट्टीमा अधिकांश विद्यार्थी, साथीभाइ र आफन्तसँग रमाइलो गर्न मन पराउँछन् तर, बझाङ चिरबुंगल क्षेत्रका विद्यार्थी भने यही बेला भारत पस्छन् मजदुरी गर्न । दसैं तिहारमा हुने लामो विदालाई उनीहरूले केही रकम कमाउने अवसरका रूपमा लिन्छन् र एक महिना भारतको उत्तराञ्चलमा मजदुरी गरेर लुगाफाटो र मरमसला जोडेर र्फकने गरेका आजकोअन्नपूर्णमा समाचार छ । अर्धवाषिर्क परीक्षापछि असोज १३ गते दसैं विदा भएर विद्यालय एकैपटक कात्तिक १७ गते खुल्ने जानकारी पाएपछि देवेश्वरी उच्च मावि, देउखेलमा पढ्ने सात विद्यार्थी भारत हिँडे । बझाङबाट रात्री बस चढेका उनीहरू श्रीभारको डोले होटलमा बुधबार नास्ता खाँदै थिए । त्यसबेला एउटा टोली…
८ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले दण्डहीनतालाई प्रश्रय नदिन सरकारलाई सचेत गराएको छ । एमालेको जारी केन्द्रीय कमिटी बैठकले शुक्रबार बिशेष प्रस्ताव पारित गर्दै कैलालीको टीकापुरलगायत विभिन्न स्थानमा भएका आपराधिक हिंसात्मक घटनाका दोषीलाई उन्मुक्ति नदिन सरकारलाई सचेत गराएको आजको राजधानी दैनिकमा जीवनाथ शिवाकोटीले लेखेका छन् । लोकतान्त्रिक परिपाटी र कानुनी शासनमा आघात पुग्ने त्यस्ता घटनाको सन्दर्भमा गरिएको छानविन प्रतिवेदनमा प्रवेश नै नगरी दोषीलाई उन्मुक्ति दिँदा देशमा शान्ति सुरक्षा कायम राख्नुपर्ने निकायको मनोबल घटाउने र समाजमा संशय सिर्जना गर्ने एमालेको ठहर छ । ‘गत वर्ष कैलाली जिल्लाको टीकापुरलगायत विभिन्न स्थानमा भएका आपराधिक हिंसात्मक घटना र ती घटनाबाट भएको जन…