Author: admin
दमक । झापाको दमकमा जारी संघीय लिम्बुवान पार्टी नेपालको प्रथम एकताको महाधिवेशनले सञ्जुहाङ्ग पालुङ्वालाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ। पार्टीको सहअध्यक्षमा खगेन्द्र माखिम तथा वरिष्ठ उपाध्यक्षमा दीपक मेन्याङ्बो छन् । उपाध्यक्षहरु मचेन्द्र वेघा, सुरेन्द्र प्रकाश जवेगु, छवि सम्वाहाम्फे, राम कुमार लिङ्देन, बांगाई धिमाल, भिम खत्री तेन्दङ्हाङ्ग मिबक, राज कुमार पालुङ्वा सरस्वता सिंघक, फक्ताङ्लुङ् योङ्हाङ्ग, भक्त खेवां, राम मगर निर्भय मल्लिक निश्चलता लावती र सकुन्तला सुब्बा छन्। पार्टी महाधिवेशनपछि महासचिवमा सूर्य माखिम, प्रेमदिप थाम्सुहाङ्ग र गजेन्द्र लावती निर्वाचित भएका छन्। पार्टीको उपमाहसचिवमा देउकुमार नेम्बाङ्ग, लाजेहाङ्ग साम्यो र डाक प्रसाद गौतम निवाचित भने भने कोषाध्यक्षमा एलबी पालुङ्वा कोषाध्यक्षमा निर्वाचित भए। अरुण पूर्वका…
काठमाडौं – नगद डलर लिँदा अबदेखि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरभन्दा बढी शुल्क तिर्नुपर्ने भएको छ । नगद डलरको माग थेग्नै नसक्ने गरी बढेपछि राष्ट्र बैंकले अतिरिक्त शुल्क थपेर नगद डलर लिने प्रवृत्ति निरुत्साहित गर्न लागेको छ । नगद डलरको प्रयोगलाई निरुत्साहित गर्न ‘क्यास ह्यान्डलिङ चार्ज’ लिन लागिएको छ । यस्तो चार्ज बढीमा ३ प्रतिशतसम्मको हुने नेपाल राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । यद्यपि निर्णय भइनसकेकाले त्योभन्दा केही कम पनि हुन उनको भनाइ छ । ‘विदेशबाट कार्गो गरेर ल्याउँदै डलर बाँड्न सकिन्नँ, जसले पनि नगर्दै लिने र खर्च नभएको डलर पनि सम्बन्धित बैंकमा फिर्ता नगरेर आफैंसँग राख्ने प्रवृत्ति…
काठमाडौं – चामल ढुवानी हुन नसकेपछि जिल्लाका दुर्गम डेढ दर्जन गाउँमा खाद्य संकट देखिएको छ । वर्षाका कारण तीन महिनादेखि सडक अवरुद्व हुँदा खाद्यान्न अभावले डुग्री, धागडा, नाउली, सेक्री, अना, दोलीचौर, जडा, सैनगाउँलगायत क्षेत्रमा भोकमरी लागेको छ । ढुवानी हुन नसकेपछि खाद्य संकट उत्पन्न भएको उपभोक्ता बताउँछन् । ‘घरमा अन्न नहुँदा दुई दिनदेखि भोकभोकै बस्नुपरेको छ,’ दौलीचौर घोगडा गाउँमा खड्क बोहराले भने, ‘किन्न खोज्दा पनि पाइँदैन् ।’ बर्खाका कारण सडक बिग्रिएर तीन महिनादेखि चामल ढुवानी हुन नसकेको उनले बताए । आजको नागरिक दैनिकमा खबर छ ।
काठमाडौं – नेपालमा उत्पादन तथा संकलन हुने हिमाली जडिबुटी यार्सागुम्बकाको मुख्य बजार उत्तरी छिमेकी चिन रहेको देखिएको छ । व्यापार तथा निकासी प्रवद्र्वन केन्द्रका अनुसार मुलुकबाट हुने कुल निकासीमध्ये ९३ प्रतिशत यार्सागुम्बा चीन र हङकङमा जाने गरेको छ । गत आर्थिक वर्षमा औपचारिक माध्यमबाट ६३ करोड ९७ लाख रुपैयाँ बराबरको यार्सागुम्बा चीन र हङकङमा निकासी भएको छ । केन्द्रका अनुसार गत आर्थिक वर्षमा ६८ करोड लाख रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ । आजको कारोबार दैनिकमा खबर छ ।
काठमाडौं – सरकारमा सहभागी हुन साना दलका केही नेताहरुले ठूलै दौडधुप सुरु गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि चार ओटा मन्त्रालय रिक्त रहेपछि साना दलको दौडधुप बढेको हो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सरकारमा नआउने निश्चितजस्तै भएपछि साना दल र तिनका नेताहरु मन्त्री बन्न हतारिएका हुन् । उनीहरुले दशैंअगावै आफूहरुलाई मन्त्री बनाउन पनि दबाब दिइरहेका छन् । अहिले महिला तथा बालबालिका, खानेपानी तथा सरसफाइ र पशुपन्छी मन्त्रालयसहित चार मन्त्रालय खाली छ । मन्त्री बन्नका लागि साना दलका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग…
काठमाडौं –निजी क्षेत्रबाट सञ्चालित माथिल्लो मस्र्याङदी ‘ए’आयोजनाबाट उत्पादित विजुली खरिद नगरे जरिवाना तिर्नुपर्ने भएपछि नेपाल विद्युत प्राधिरणले आफ्नै आयोजना मध्यमस्र्याङ्दीको उत्पादन रोकेर खरिद गर्ने भएको छ । माथिल्लो मस्र्याङदीको विद्युत खेर फाल्दा ८० प्रतिशत जरिवाना तिर्नुपर्ने भएपछि तत्कालका लागि मस्र्याङदी आयोजनाको एक युनिट बन्द गर्ने तयारी भइरहेको प्राधिकरण स्रोतले जनाएको छ । सयममै प्रसारणलाइन नबानाउँदा मस्र्याङदीको विद्युत खेर जाने अवस्था सिर्जना भएको छ । मध्य मस्याङदी तल्लो मस्र्याङदी प्रसारण लाइनको डबल सर्किटको काम सम्पन्न नभइसकेकोले सो लाइनबाट थप प्रसारणको सम्भावना छैन । ‘अहिले वर्षा नसकिएकाले दुवै आयोजनको उत्पादन कम छैन, दुवैबाट उत्पादित विद्युतबाट थप बिजुली जानसक्ने अवस्था नभएकाले बिजुली खेर…
काठमाडौं – वर्तमान गठबन्धनसँग तीनबुँदे सहमति गरेर सरकारलाई समर्थन गरेको मधेसी मोर्चाले सबै राष्ट्रिय भाषालाई कामकाजी भाषा बनाउन प्रस्ताव गरेको छ । प्रधानमन्त्री प्रचण्ड, दुई उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महरासँग मोर्चाका नेताहरुको भएको पटकपटकको अनौपचारिक छलफलमा मोर्चाले यस्तो सर्त राखेको हो । मोर्चाले प्रदेशअनुसार बोल्ने भाषा फरक हुनसक्ने भन्दै केनै एउटा भाषा लाद्ने नभइ भाषामा राष्ट्र स्वतन्त्र हुनपर्ने तर्कसहित यस्तो सर्त अघि सारेको छ । ‘हामीले हिन्दीमात्र कामकाजीको भाषा हुनुपर्छ भनेका होइनौं, नेपालमा बोलिने र राष्ट्रिय भाषा घोषणा गरेका सबै भाषा कामकाजी हुनुपर्छ भनेर प्रस्ताव गरेका हो’ छलफलमा सहभागी सद्भावना नेता मनीष सुमनले भने । आजको अन्नपूर्ण पोष्ट दैनिकमा…
काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको ‘हेलो सरकार’ स्थापना भएको पाँच वर्षको अवधिमा ५० हजारभन्दा धेरै गुनासा परेका छन् । १७ कात्तिक ०६८ देखि ६ असोजसम्म ५० हजार चार सय गुनासा परेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । सर्वसाधारणबाट परेका गुनासामध्येबाट अहिलेसम्म ९१ दशमलव ८१ प्रतिशत गुनासा फस्र्योट भएको छ । ‘सम्बोधन हुन लायक सबै उजुरीको ढिलोचाँडो सम्बोधन भएरै छाड्छ,’ उनले भने । ‘हेलो सरकार’ले गुनासो हेरेर प्रत्यक्ष फोन गर्नेदेखि सम्बन्धित निकायलाई पत्र देखेर सम्बोधन गर्दै आएको छ । ‘हेलो सरकार’मा सबैभन्दा धेरै उजुरी काठमाडौं उपत्यकाबाट परेका छन् । मुलुकभरबाट आएका २० प्रतिशत गुनासा…
काठमाडौं – आर्थिक वर्ष ०७२–७३ मा राष्ट्रिय गौरवका १४ आयोजना विनियोजन बजेट खर्च गर्न असफल भएका छन् । २१ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये २० वटालाई बजेट विनियोजन गरिएको थियो । राष्ट्रिय गौरवको आयोजनामा परेर पनि पश्चिम सेती आयोजनालाई भने लगानीसम्बन्धी विवादका कारण बजेट विनियोजन गरिएको थिएन । अर्थ मन्त्रालयले प्रस्तुत गरेको आयोजनाको वार्षिक प्रगति विवरणमा यस्तो देखिएको हो । राष्ट्रिय गौरवका आयोजनामध्ये दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि छुट्याइएको बजेट तोकिएको अवधिमा एक रुपैयाँ पनि खर्च हुन सकेन । सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि ५० करोड र भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि चार अर्ब ५३ करोड…
काठमाडौं – एमाले भित्र मौलाएको गुटबन्दी रोक्न पार्टीको नियमावली नै संशोधन गर्ने निर्णय गरेको छ । केन्द्रदेखि जिल्ला हुँदै क्षेत्रसम्म र हरेक जनवर्गीय संगठनमा गुटबन्दी मौलाएपछि एमाले नेतृत्व कठोर बन्दै नियमावली नै संशोधन गर्ने निर्णयमा पुगेको हो । केन्द्रीय कमिटीको बैठकले गुटबन्दी रोक्न १० बुँदे विशेष प्रस्ताव पारित गर्दै नियमावली संशोधन गर्ने निर्णय गरेको छ । एमालेले गुटको आधारमा प्यानल बनाएर निर्वाचन लड्न पनि निषेध गरेको छ । पार्टीको आन्तरिक एकता र प्रभावकारी परिचालनका लागि १० बुँदे विशेष प्रस्ताव पारित गर्दै प्यानलमा निर्वाचन लड्न नपाइने व्यवस्था गरिएको एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराइले बताए । आजको राजधानी दैनिकमा खबर…