दमक । झापाको दमकमा जारी संघीय लिम्बुवान पार्टी नेपालको प्रथम एकताको महाधिवेशनले सञ्जुहाङ्ग पालुङ्वालाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ।

पार्टीको सहअध्यक्षमा खगेन्द्र माखिम तथा वरिष्ठ उपाध्यक्षमा दीपक मेन्याङ्बो छन् । उपाध्यक्षहरु मचेन्द्र वेघा, सुरेन्द्र प्रकाश जवेगु, छवि सम्वाहाम्फे, राम कुमार लिङ्देन, बांगाई धिमाल, भिम खत्री तेन्दङ्हाङ्ग मिबक, राज कुमार पालुङ्वा सरस्वता सिंघक, फक्ताङ्लुङ् योङ्हाङ्ग, भक्त खेवां, राम मगर निर्भय मल्लिक निश्चलता लावती र सकुन्तला सुब्बा छन्।
पार्टी महाधिवेशनपछि महासचिवमा सूर्य माखिम, प्रेमदिप थाम्सुहाङ्ग र गजेन्द्र लावती निर्वाचित भएका छन्।
पार्टीको उपमाहसचिवमा देउकुमार नेम्बाङ्ग, लाजेहाङ्ग साम्यो र डाक प्रसाद गौतम निवाचित भने भने कोषाध्यक्षमा एलबी पालुङ्वा कोषाध्यक्षमा निर्वाचित भए।
अरुण पूर्वका ९ जिल्ला आत्मा रक्षा सहितको छुट्टै लिम्बुवान राज्य माग गर्दै आन्दोलन गरिरहेको उक्त पार्टीको महाधिवेशन विवादका कारण पूर्व निर्धारित समय भन्दा दुई दिन बढी लम्बिएको थियो।
२०७१ असोज १९ गते धनकुटाको भेडेटारमा पाँच घटक लिम्बुवानबीच एकता भएको थियो। तर,एकतापछिका अध्यक्ष बनेका कुमार लिङ्देनले आफ्नै ढंगबाट महाधिवेशन गरेको भन्दै अन्य पार्टीहरुले विरोध जनाए। ‘एकता पूर्वको पार्टी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई निरन्तरता दिदैँ महाधिवेशन गरे कुमार लिङ्देनले महाधिवेशन गरेपछि लम्बुवानका पार्टीहरुमा फुट आएको थियो।
त्यसैकारण, लिम्बुवानले निर्णायक आन्दोलन गर्न सकेन। तर,अब यो महाधिवेशनले शान्तिपूर्ण र शसक्त आन्दोलनलाई अघि बढाउने निर्णय गरेको छ।’, संघीय लिम्बुवान पार्टीका नेता वीर नेम्बाङ्गले भने।