Author: admin
काठमाडौं । नेपाल भारतको सीमामा पर्ने धनुषाको जटही नाकामा दैनिक बिहानदेखि नै भारतीय युवाको भीड लाग्छ । युवाहरु भारतीय सवारीसाधन सीमामा ल्याएर मदिरा पिउँदै रमाइलो गर्छन् । भारतको बिहार राज्यमा मदिरा प्रयोग तथा बिक्रीवितरण प्रतिवन्ध लागेपछि मदिरा पिउन भारतीय युवा तराईका सीमा क्षेत्रमध्ये जटहीमा आउने गरेका छन् । बिहानदेखि रक्सी पसल भरिभराउ हुने र साँझमा सबै खाली हुने गरेको जटही भन्सार कार्यालयका सहायत वैद्यनाथ लाल कर्ण बताउँछन् । उनका अनुसार साँझको समयमा भारतीय नाकामा जाँच गर्न सुरक्षाकर्मी आउने भएकाले युवाहरु मदिरा पिउन विहानै आउने गरेका हुन् । विहान १० देखि १२ बजेत्रिै भारतीय गाडी लिएर आउने गरेका युवा रक्सी लिएर…
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन भेनेजुयलाबाट फर्कने क्रममा बुधबार राजधानीका सडकमा सर्वसाधारणले सास्ती व्यहोर्नुप-यो । असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिएर फर्कंदा अन्तर्राष्ट्रिय विमानस्थलदेखि कान्तिपथसम्मको सडक खाली गराइएको थियो । यसका कारण कार्यालय समयमा चक्रपथभित्रका सबैजसो सडकमा घन्टौँ जाम भयो । बिहान साढे नौ बजेदेखि १० बजेसम्मको समयमा सिनामंगलदेखि कान्तिपथसम्मको सडक उपराष्ट्रपतिको औपचारिक सवारीका कारण अस्तव्यस्त बनेको हो । राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीको औपचारिक कार्यक्रमहरूमा भने उपत्यकाको सडक अस्तव्यस्त बन्ने गरेको छ । त्यसमाथि कार्यालय समयमा भिभिआइपीको सवारी हुँदा सडकमा यातायात अस्तव्यस्त बन्ने गरेका छन् । सुरक्षा दृष्टिकोणले विशिष्ट व्यक्तिहरूको आवतजावतमा विशेष सतर्कता अपनाउने गरिन्छ । तर, तिनै व्यक्ति अनौपचारिक कार्यक्रममा जाँदा…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ४५ दिनमा पुनर्निर्माण प्राधिकरणले गरेको कामप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । बुधबार बेलुका कामु मुख्यसचिव टंकमणि शर्मालाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले ४५ दिनभित्र सबै भूकम्पपीडितले राहत रकमको पहिलो किस्ता पाउन नसक्नुको कारणबारे चासो राखे । उनले आइतबार बिहान १० बजे प्राधिकरण निर्देशक समितिको बैठक बोलाउन शर्मालाई निर्देशन दिएका छन् । ‘भूकम्पपीडितलाई ४५ दिनभित्र पहिलो किस्ता दिने सरकारको घोषणा पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन, यसको समीक्षा हुन अत्यावश्यक छ, यसले मलाई निकै गम्भीर बनाएको छ,’ प्रधानमन्त्रीको भनाइ रहेकाे अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ । प्रधानमन्त्रीले निर्देशक समितिको बैठकमा अहिलेसम्मका कामको समीक्षा र…
उर्लाबारी । मोरङको इटहरा – ३ स्थित धरमभकारी भन्ने ठाउँबाट आज बिहान बक्राहा खोला बाँध फुटाएर पुरै गाउँमा पसेपछी सो क्षेत्रका ५० बढी घरपरिवार बिस्थापित भएका छन् । बिहानैदेखी परेको अबिरल वर्षाका कारण आज बिहान ८ बजेतिर बाँध फुटाएर खोला गाउँमा पस्दा इटहराको वडा नम्बर ३, ४ र ५ सहित गोबिन्दपुर गाविसका केही वडा समेत डुबानमा परेको इटहरा प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक सिताराम भण्डारीले जानकारी दिए। बाढीका कारण सो क्षेत्रका ५० बढी घरपरिवार बिस्थापित भएका छन् भने सयौँ घर डुबानमा परेका छन् । खोला गाउँमा पसेपछी इटहरा – ३ को जयनगर बस्तीका ३० घरपरिवार खोलाको बाँधमा बसिरहेको र उद्धार…
बिर्तामोड । मंगलबार रातिदेखिको अविरल बर्षाका कारण झापा विर्तामोड पूर्वपट्टि पूर्व पश्चिम राजमार्ग बगाएको छ । राजमार्ग बगाएपछि बुधबार विहानदेखि मुख्य राजमार्गबाट सवारी आवागमन बन्द भएको छ । पूर्वबाट पश्चिम जाने तथा पश्चिमबाट पूर्व जाने सवारी साधनलाई बैकल्पिक बाटोबाट आवागमन जारी राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए । झापाको विर्तामोड नगरपालिकास्थित नयाँ बसपार्क छेउमा रहेको कल्र्भट भत्किँदा बिहान ८ बजे बाट राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गिरीले जानकारी बताए । राजधानीका साथै पश्चिम तथा पूर्वबाट आएका सवारीहरुलाई राजमार्ग उत्तरपट्टिको वैकल्पिक मार्गबाट सवारी सुचारु गरेको ट्राफिक प्रहरी प्रमुख…
झापा । झापा शरणामति गाविसका लेखापाल यामनाथ रिजालको हत्या भएको छ । शरणामति–५ का ४२ वर्षीय रिजालको चप्रामारीमा हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए । सडक किनारमा रिजालको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ । निधारमा र खुट्टाको औँलामा निलो डाम देखिएकाले रिजालको कसैले हत्या गरेर सडक किनारमा फ्याँकेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनको शव घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सुरुङ्गास्थित त्रिवेणी होटलमा गएराति अबेरसम्म साथीसँग बसेर रिजालले मादकपदार्थ सेवन…
भद्रपुर । झापाको पुरानो नगरपालिका भद्रपुर नगरपालिकाले एकद्धार प्रणालीबाट सेवा दिने भन्दै आफ्नो कार्यालयबाट दिइने सेवालाई गुणस्तरीय बनाउन लागेको छ । नयाँ कार्यालय भवन नबनिँदै पुरानै भवनलाई मर्मत गरी आधुनिक बनाई सेवाग्राहीले दुःख नपाउने गरि सेवालाई चुस्त बनाउन लागिएको भद्रपुर नगरपालिका कार्यालयले जानकारी दिएको छ । भद्रपुर नगरपालिकाको पुरानो कार्यालय भवन पूर्णरुपमा जीर्ण बनेपछि त्यस कार्यालयबाट सर्वसाधारणलाई सेवा दिन निकै गाह्रो भएको नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले बताए । तर नगरबासीको चाहना तथा सेवाग्राहीलाई अब अत्याधुनिक तरिकाले सर्वसुलभ सेवा दिनुपर्छ भन्ने सोचले पुरानै नगरपालिका भवनलाई मर्मत संभार गरि एउटै ढोकाबाट सेवा प्रवाह गर्ने सोचका साथ शाखागत काउन्टरको प्रबन्ध मिलाइएको उनले…
काठमाडौँ ४ असोज । काठमाडौं उपत्यकाका विभिन्न आधा दर्जन स्कूल अगाडि बम फेला परेको छ । प्रहरीका अनुसार ललितपुरको रेडियन्ट स्कुल, काठमाडौंको डल्लुस्थित कञ्चजजंघा स्कुल, बौद्धस्थित राई स्कुल, आकाशदीप स्कुल, इस्टपोल स्कुल र बौद्ध दक्षिणढोकास्थित मनकामना स्कुलमा बम आतंक मच्चिएको हो। यसैबीच माउन्ट युराल रिडर्स एकेडेमी स्कुलमा भेटिएको सुतली बम सेनाको टोलीले डिस्पोज गरिएको बौद्व प्रहरीले जानकारी दिएको छ । यसैगरी ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमी स्कुलमा पनि प्रेसर कुकर बम भेटिएको छ । रेडियन्ट रिडर्स एकेडेमी स्कुलको गेटमा नयाँ प्रेसर कुकर र तार भेटिएको हो । सो स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपाल…
काठमाडौं – सरकारले घोषणा गरेको ४५ दिने अवधीमा करिब ३० प्रतिशत भूकम्प पीडितले अनुदानको पहिलो किस्ता रकम पाउन सकेनन् । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल आएलगत्तै साउन २० गते ४५ दिनभित्र सबै भूकम्प पीडितलाई अनुदानको पहिलो किस्ताको ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका थिए ।
काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले जारी गरेको संयुक्त वक्तव्यले भारत भ्रमण फलदायी बनाएको विश्लेषण गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नै पार्टीभित्रबाट आलोचित भएका छन् । पार्टी केन्द्रीय कार्यालयको बैठकमा सोमबार आफ्नो भारत भ्रमण फलदायी भएको भन्दै निकै फुरुंग र दंग देखिएका प्रधानमन्त्री दाहाललाई उनकै पार्टीका नेताहरूले मंगलबारको बैठकमा जमेर आलोचना गर्ने तयारी गरेका छन् । अन्तर्राष्ट्रिय मुद्दाहरूमा भारतसँग गठबन्धन बनाएर अन्य अन्तर्राष्ट्रिय समुदायलाई चिढ्याउन खोजेको, संविधान निर्माण गर्ने विषयलाई संयुक्त वक्तव्यमा राखेर भारतलाई आन्तरिक राजनीतिमा प्रवेश गराउन खोजेको, नेपालमा निर्माण भएका परियोजनाको संयुक्त निगरानी गरेर भारतीय हस्तक्षेप बढाएकोजस्ता आरोप लगाएर प्रधानमन्त्री दाहालमाथि नेताहरूले खनिने तयारी गरेका हुन् । प्रधानमन्त्री दाहालले…