Author: admin
काठमाडौं –नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)हरूका कार्यक्रम धेरै प्रचारमुखी र परनिर्भर रहेको आरोप छ । उनीहरूले समाजकल्याण परिषद्बाट ग्रामीण क्षेत्रमा हात धुन सिकाउने, महिनावारी भएका महिलालाई प्याड वितरण गर्ने, भूकम्पका लागि आपत्कालीन सामग्री वितरणजस्ता कार्यक्रम स्वीकृत गराएका छन् । भूकम्प प्रभावित जिल्ला काभ्रेका विद्यालयको वातावरण बालबालिकामैत्री बनाउन वी वल्र्ड नामक आइएनजिओले सात करोड १३ लाख रुपैयाँको परियोजना परिषद्बाट स्वीकृत गराएको छ । तर, भूकम्प प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माण पहिलो प्राथमिकता हुनुपर्ने सरोकारवालाहरू बताउँछन् । जर्मनीको सिबिएम नामक आइएनजिओले ४७ करोड ३४ लाख रुपैयाँको परियोजना समावेशी विकासको नाममा स्वीकृत लिएको छ । सो आइएनजिओले भूकम्प प्रभावित जिल्ला सिन्धुपाल्चोक, गोरखा,…
काठमाडौं – एमालेका केन्द्रीय नेताहरुले पार्टीभित्रको गुटबन्दी समाप्त पार्दै निर्वाचन केन्द्रीत अभियानमा लाग्न नेतृत्वलाई सुझाव दिएका छन् । पार्टीको जारी केन्द्रिय समिति बैठकमा नेताहरुले संविधान कार्यान्वयनको मुल बिषय निर्वाचनसँग जोडिएको भन्दै सम्पूर्ण अभियान त्यसमै केन्द्रित हुनुपर्नेमा जोड दिए । ‘गुटबन्दी भाइरस हो, त्यसैले सबैले मिलेर गुटबन्दी समाप्त गर्ने प्रतिबद्धता आउनुपर्छ भन्नेमा गम्भीर ध्यानाकर्षण भएको छ,’ बैठकमा आएको सुझाव उल्लेख गर्दै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘स्वाधीन र समृद्ध राष्ट्र निर्माण तथा तराई–मधेसको आर्थिक सामाजिक रुपान्तरणमा अभियान सञ्चालन गर्नुपर्ने बिषय पनि आएको छ ।’अध्यक्ष केपी ओलीले पेश गरेको ३२ पृष्ठ लामो प्रतिवेदनमाथि नौवटा समूह बनाएर बिहीबार छलफल भएको थियो…
काठमाडौं – कैलालीको टीकापुरमा गत वर्ष भएको प्रहरी हत्यालाई राजनीतिक मुद्दा भनी उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले अडान लिएपछि प्रहरी नेतृत्व र गृहमन्त्रीबीच विवाद उत्पन्न भएको छ । मधेस आन्दोलनका क्रममा टीकापुरमा दुई वर्षे बालक र ८ प्रहरीको हत्या गर्ने आपराधिक व्यक्तिहरूमाथि लगाइएको मुद्दा फिर्ता लिन प्रक्रिया अघि बढाएकोमा नेपाल प्रहरी नेतृत्वले त्यसको चर्को प्रतिवाद र आलोचना गरेको छ । गृह र कानुन मन्त्रालय साथै सर्वोच्च अदालतको विगतको फैसलाले समेत प्रहरीको अडानलाई बल पुर्याएपछि गृहमन्त्री अहिले अफ्ठेरोमा परेका छन् । मधेस आन्दोलनका क्रममा विभिन्न व्यक्तिमाथि लगाएको मुद्दा फिर्ता लिने लिखित सहमति भएपछि मधेसी मोर्चाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा…
काठमाडौं –राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमले आगामी साता दुई वाइड बडी जहाज खरिदका लागि विश्वव्यापी प्रतिस्पर्धा (ग्लोबल टेन्डर) गर्ने भएको छ । निगमको जहाज खरिदका लागि आवश्यक ऋणकाजमाननी बस्ने अर्थ मन्त्रालयको निर्णयपछि ग्लोबल टेन्डर सुरु गर्न लागिएको हो । कर्मचारी सञ्चयकोषले गतसाता नै २५ अर्ब ऋण दिने आशयसहितको पत्र पठाइसेको छ । नागरिक लगानी कोष ताथा अन्ख्य वित्तीय संस्थाहरुले पनि सस्तो व्याजदरमा लागनी गर्न निगमलाई प्रस्ताव पठाएको छ । अर्थ मन्त्रालयबाट जमानी बस्ने पत्र मन्त्रालयमा आइसकेकाले अब जहाज खरिदका लागि लगानीको कुनै समस्या नहुने वायुसेवा निगम सञ्चालक समितका सदस्य बुद्धिसागर लामिछानेले बताए । आजको कारोबार दैनिकमा खबर छ ।
काठमाडौं – प्रेम सम्बन्धलाई निरन्तरता दिन आफ्नै अभिभावकलाई ठग्ने योजना बनाएका एक जोडी प्रहरीको फन्दामा परेका छन् । महानगरीय प्रहरी ललितपुरमा बुधबार साँझ साबु भन्ने सिर्जना खड्का अपहरणमा परेको उजुरी पर्यो । प्रहरीले सो उजुरीमाथि अनुसन्धान गर्दा बिहीबार बिहान ८ बजे अपहरणमा परेकी सिर्जना र उनको प्रेमी सिजन भन्ने रामचन्द्र खत्रीलाई पक्राउ गर्यो । जसबाट प्रेम सम्बन्धका कारण प्रेमीको ऋण तिरिदिन साबुले आफ्ना अभिभावकसँग गरेको नाटक मात्रै हो भन्ने पत्ता लाग्यो । महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी ईश्वर कार्कीका अनुसार उनीहरूको स्थायी घर एकै स्थानमा रहेकाले लामो समयदेखि प्रेममा थिए । पाटनढोका बस्ने साबु भन्ने सावित्री…
काठमाडौं – सार्वजनिक लेखा समितिले अनियमतिताको आरोपमा काम रोक्न निर्देशन दिएपछि दुई वर्षदेखि रोकिएको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको साँघुरिएको सुरुङको कामअघि बढाउन चिनियाँ कम्पनी सहमत भएको छ । जनार्दन शर्मा लेखा समिति सभापति रहेका बेला चमेलिया सिभिलतर्फको कार्यका लागि भेरियसनामा अनियमतितता भएको भन्दै भुक्तानी रोक्का गर्न निर्देशन दिएपछि सुरुङको काम अवरुद्ध भएको छ । विहीबार उर्जामन्त्री रहेका उनै शर्माको पहलमा भएको छलफलमा चिनियाँ कम्पनी सहमत भएको हो । उर्जा मन्त्रालयमा नेपाल विद्युत प्राधिकरण, सिभिल ठेकेदार मेजुवा वाटर एण्ड पावर ग्रसप कम्पनी तथा परामर्शदाता कम्पनी साह सिल्ट आइकनका प्रतिनिधिबीच भएको छलफलमा ३० सेप्टेमबरदेखि अवरुद्ध साँघुरिएको काम अघिबढाउन चिनियाँ कम्पनी सहमत…
काठमाण्डौ । संघीय समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादव तीन साता लामो युरोप यात्राका लागि बिहिबार साँझ बेलायत जाने भएका छन्। फोरम संसदीय दलका प्रमुख सचेतक शिवजी यादवले पार्टीको कार्यक्रममा सहभागी हुन युरोप जान लागेका यादव असोज २५ गते स्वदेश फर्कने छन्। बेलायतमा कार्यक्रम सकेर यादव बेल्जियम र पोर्चुगलमा जाने कार्यक्रम रहेको यादवले बताए। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणपछि संविधान संशोधन गर्ने चर्चा भए पनि अहिलेसम्म दलहरूले यो विषयमा औपचारिक छलफल गरेका छैनन्। आन्दोलनरत संघीय गठबन्धनका संयोजक यादव लामो विदेश यात्रामा निस्कन लागेका हुन्।
काठमाण्डौ । प्रेस काउन्सिल नेपालले ३२ जना पत्रकार र एउटा संचार माध्यमलाई पुरस्कृत गरेको छ । काउन्सिलले आफ्नो ४७ औं वार्षिकोत्सवका अवसरमा बिहिबार काठमाडौमा एक समारोहबीच ३२ जना पत्रकार र एउटा संचार माध्यमलाई पुरस्कारस्वरुप ५ लाख ५० हजार रुपैयाँ प्रदान गरेको हो । काउन्सिलले गोपालदास पत्रकारिता पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यलाई दिएको छ। एक लाख ५ हजार रुपैयाँ राशीको पुरस्कार राष्ट्रपति विद्यादेवी भण्डारी र सूचना तथा संचार मन्त्री राम कार्कीले प्रदान गरे। प्रेस काउन्सिलले संचार मन्त्रालय सम्हालेका मन्त्रीको पार्टीमा आवद्ध पत्रकारलाई गोपालदास पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ। यो पुरस्कार गत वर्ष नेपाली काँग्रेसमा आवद्ध उदयपुरका पत्रकार…
गोरखा । गोरखा मनासलु पदमार्ग अन्तर्गत केरौंजा गाविस-९ को दोभानमा पहिरोमा पुरिएर एकजना विदेशीसहित चारजनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । बिहीबार बिहान ८ बजेतिर पहिरो गएको स्थानीय बासिन्दाले जनाएका छन् । पहिरोमा परि स्पेनिस नागरिकसहित ओखलढुङ्गा घर भएकी क्यान नेपालकी कर्मचारी २५ वर्षकी रञ्जना बस्नेत, पर्यटक गाइडहरु काठमाडौंका ३५ वर्षका दोर्जे लामा र ३० वर्षका छिरीङ शेर्पाको ज्यान गएको प्रहरीले जनाएको छ । स्पेनिस नागरिकको परिचय खुलेको छैन । घाइतेहरुलाई दिउँसो १ बजे मात्रै हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ । गम्भीर घाइते हुनेहरुमा तीन विदेशी पुरुष र एक महिला रहेको प्रहरीले जनाएको छ । घटनास्थल…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि नर्वेजियन राजदूत क्याजेल टोर्मोड पेट्टेर्सेनबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले नेपालले संविधानको कार्यान्वयन, भूकम्पको पूनर्निर्माण र समृद्धिका लागि द्रुत गतिमा काम गरिरहेको जानकारी गराएका थिए । यस्तै प्रधानमन्त्री दाहाल र विश्व बैंकका नेपाल, भुटान र बंगलादेशका कन्ट्री डाइरेक्टर क्युमियो फ्यानबिच पनि भेटबार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले उच्च शिक्षा, भौतिक पूर्वाधार, स्वास्थ्य र भूकम्पको पूनर्निर्माणका क्षेत्रमा विश्व बैंकसँग साझेदारी गर्न नेपाल इच्छुक रहेको बताए । प्रधानमन्त्रीले भूकम्पको पूनर्निर्माण सम्बन्धी विश्व बैंकको नीतिमा सहजीकरण गरी नेपाल सरकारको पूर्वाधार विकासको नीतिअनकूल…