Author: admin
काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि बनाएको निर्वाचन आचारसंहिता आजदेखि लागू गरेको छ । आयोगको हिजो बसेको बैठकले आजदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिताको कार्यान्वयन र पालना गर्न सबैको सहयोगको अपेक्षा गरिएको बताए । आयोगले गत भदौ १३ गते उक्त आचारसंहिता नेपाल राजपत्रमा प्रकाशन गरेको थियो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा सम्पन्न गर्नका लागि आयोगले आचारसंहिता जारी गर्ने गरेको छ । आचारसंहितामा दलहरू, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारी, कर्मचारी, सञ्चारमाध्यम र विभिन्न निकायहरूले पालना गर्नुपर्ने…
काठमाडौं । नेपालले मैत्रीपूर्ण खेलमा दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मंगलबार बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको हो । नेपालको जितमा अन्जन विष्ट नायक बने । उनको ह्याट्रिकमा नेपालले सहज जित निकालेको हो । बंगलादेशका सजाद होसेनले एक गोल फर्काए । नेपालले खेलको १८ औं मिनेटमा अन्जनको गोलबाट सुरुआती बनाएको थियो । विमल घर्ति मगरको फ्रिकिकमा अन्जनले हेडरमार्फत गोल गरेका हुन् । २७ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । ३८ औं मिनेटमा अन्जनले ह्याट्रिक पूरा गर्दै नेपाललाई ३–० को अग्रता दिलाए । खेलको ५५ औं मिनेटमा सजाद…
काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनको समानुपातिक सूची सर्वसम्मत रुपमा नै तयार भएको स्पष्ट पारेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले समानूपातिक सूची एकलौटी रुपमा उम्मेदवार छनोट भएको भन्ने कुरामा कुनै सत्यता नरहेको र सर्वसम्मत रुपमा नै सूची तयार पारिएको दावी गरेका हुन् । महतले कसैलाई कमजोर र कसैलाई बलियो पर्ने गरी सूची तयार नपारिएको र विधानअनुसार सूची बनाइएको जिकिर गरे । समानूपातिक सूचीलाई लिएर गर्ने भनिएको आन्दोलनको कुरा वाञ्छनीय नरहेको भन्दै उनले केहि त्रुटी भए सच्याइने जानकारी दिए । त्यस्तै उनले पार्टीले सबै तहका नेता तथा कार्यकर्तालाई पार्टीको निर्णयअनुसार निर्वाचनमा पार्टीलाई जिताउन…
काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्र राप्रपा प्रवेश गर्ने भएका छन्। बुधबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमा मिश्र राप्रपा प्रवेश गर्न लागेका हुन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार १ बजे आयोजित कार्यक्रममा मिश्र राप्रपा प्रवेश गर्न लागेको जानकारी दिएका छन् ।
काठमाडौं । बडादशैँ, तिहार, नेपाल संवत्को नयाँ वर्ष, छठपर्वलगायतका चाडपर्व नजिकिएसँगै प्रहरीले देशभर सुरक्षा सतर्कता बढाएको छ । प्रहरी प्रधान कार्यालयले चाडपर्वमा हुनसक्ने चोरी, तस्करी, ठगी तथा लुटपाटलगायतका घटना बढ्न सक्ने आकलन गरी देशभरका प्रहरी एकाइलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । साथै प्रहरी मुख्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी एकाइलाई परिपत्र गरी चाडपर्व सुरक्षा योजना तयारी गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नसमेत परिपत्र गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व सुरक्षा योजनाअन्तर्गत सबल सुरक्षा व्यवस्थाका लागि देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी एकाइहरूलाई सुरक्षा योजना तथा तयारीका…
काठमाडौँ । वडास्तरका गाउँ–गाउँमा डेङ्गु फैलिँदासमेत स्थानीय जनप्रतिनिधिलाई चासो र चिन्ता देखिएको छैन । स्थानीय तहको स्वास्थ्य र सरसफाइको विषय स्थानीय सरकारको जिम्मेवारीमा पर्ने भए पनि डेङ्गु नियन्त्रणमा स्थानीय तहले खासै काम गर्न सकेका छैनन् । बरु यो रोग नियन्त्रणलाई बेवास्ता गरेका छन् । अधिकांश स्थानीय तहका टोल–टोलमा डेङ्गुका बिरामी भेटिँदा स्थानीय तहले भने डेङ्गु नियन्त्रणमा हालसम्म कुनै अभियान चलाएका छैनन् । नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले सरसफाइ अभियान मात्र स्थानीय तहले चलाउने हो भने पनि डेङ्गु नियन्त्रणमा धेरै मात्रामा कमी हुने तर त्यस्तो अभियान स्थानीय तहले चलाउन नसकेको बताए । उनले भने, “डेङ्गु नियन्त्रण गर्न व्यापक रूपमा अभियान…
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको बैठकमा पेस गर्ने प्रस्ताव राष्ट्रपतिलाई जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेकी छन्। संविधानको धारा ८१ सम्झाउँदै राष्ट्रपतिले मन्त्रिपरिषद् बैठकमा पेस गर्ने र संसद्मा पठाउने विधेयकहरूको जानकारी गराउन पत्राचार गरेकी हुन्। दुईपटक संघीय संसद्बाट पारित भएर शीतल निवास आएको नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी भण्डारीले सरकारलाई पत्र लेखेकी हुन् । संसद्को दुवै सदनमा पारित भएर आएको नागरिकता विधेयक प्रमाणीकरण नगरेकी राष्ट्रपति भण्डारीले असोज ५ गते प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालयलाई पत्राचार गर्दै संविधानको पालना सरकारबाटै उल्लंघन भएको संकेत गरेकी हुन्। ‘संविधानको उल्लंघन सरकारबाटै भएको छ। नागरिकता विधेयक संंसद्मा जानुअघि प्रधानमन्त्रीलाई बोलाएर राष्ट्रपतिज्यूले जानकारी लिनुभएको…
झापा । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा खटिने म्यादी प्रहरीको छनोट प्रक्रिया सुरू भएको छ । चुनावमा १ लाख १५ हजार म्यादी प्रहरी खटिँदै छन् । १ लाख १५ हजार म्यादीका लागि २ लाख ३२ हजार ८८ जनाले आवेदन दिएका छन् । आउँदो १४ गतेसम्म म्यादी प्रहरीको छनोट गरेर २५ गते नतिजा प्रकाशन गर्ने गरी कार्यतालिका बनाइएको छ। छनोट भएका म्यादी प्रहरीलाई असोज २७ र २८ गते नियुक्तिपत्र दिइने र असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म तालिम सम्पन्न गर्ने तयारी छ । त्यसलगत्तै नेपाल प्रहरीको नेतृत्वमा म्यादी प्रहरी सुरक्षा ड्युटीमा खटिनेछन्। उनीहरूलाई चुनाव सकिएको ४ दिनपछि मंसिर…
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । हाल प्रदेश १ ,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। प्रदेश नं १ का थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक/दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ। बिहान मुलुकभर बदली भई केही क्षेत्रमा वर्षा भइरहेको छ भने दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकी र कर्णालीका थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका…
झापा । नेपाल पत्रकार महासंघ झापा शाखाकी उपाध्यक्ष सुशीला संग्रौला पोखरेललाई पतिशोक परेको छ । उनका पति बिर्तामोड ४ का देवीप्रसाद पोखरेललाई मेचीनगर १२ कालिझोडा जंगलमा मृत अवस्थामा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अुनसार पोखरेलले विष सेवन गरेको हुनसक्ने अनुमान गरिएको छ । घटनाको अध्ययन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । मृतकको साथबाट सुसाइड नोट वा अन्य कुनै किसिमका लिखत भेटिएको छैन ।