Author: admin

काठमाडौं – काभ्रे जिल्लाका अधिकांश गाउँ विकास समितिको कार्यालयले दोहोरो भाडा तिर्ने गरेका छन् । गाउँ र सदरमुकाममा सचिवहरुले कार्यालय प्रयोजनका लागि भन्दै दुवै स्थानमा कोठा लिएर कार्यालय सञ्चालन गरी दोहोरो भाडा तिर्ने गरेका हुन् । गाविस सचिवहरु सदरमुकाम केन्द्रित भएपछि अधिकांश गाविसले दोहोरो भाडा तिर्ने गरेका आजको अन्नपूर्णमा समाचार छ । द्वन्द्वकालमा विद्रोही पक्षले गाविस भवनमा तोडफोड गरेपछि भवन पुनर्निर्माण नभएकाले दोहोरो भाडा तिर्नुपरेको गाविस सचिवको भनाइ छ। ‘सेवाग्राहीलाई गाएँभन्दा सदरमुकाबाट सहज हुने भद्धएकाले सदरमुकामबाटै सेवा दिइरहेका छौं, एक गाविस सचिवले भने, सानो काम विगि्रए पनि गाउँ फर्कनुभन्दा सदरमुकाममै गर्न सजिलो हुन्छ । ‘ प्रशासन कार्यालयको असापासमा ३/४ गाविसका…

Read More

काठमाडौं –भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका बेला घोषणा गरेको सहुलियत ऋण उपलब्ध हुन अझै बाँकी छ। मोदीले पूर्वाधार, पुल, विद्युत्, प्रसारण लाइनलगायतमा ऋण दिने घोषणा गरेका थिए । व्यवस्थापिका र तत्कालीन संविधानसभामा १९ साउन ०७१ मा सम्बोधन गर्दै मोदीले एक अर्ब डलर सहुलियत ऋण दिने घोषणा गरेका थिए। यो खबर सेतोपाटीका लागि आजको नयाँ पत्रिकाबाट लिइएको हो । नेपालले दुई वर्षमा जम्मा ५५ करोड डलरका परियोजना मात्र भारतलाई प्रस्ताव गरेको छ। सहुलियत ऋण लिन प्रस्तावित परियोजना स्वीकृति हुन बाँकी छ । नेपालले १९ सडक, महाकालीमा पुल, सिँचाइ तथा कोसी नहर पुनर्निर्माणका लागि डिपिआर तयार गरेर भारतमा पठाएको छ ।…

Read More

काठमाडौं – राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमका साना जहाज उडाउने पाइलटले महिनामा मुश्किलले २ लाख रूपैयाँसम्म पारिश्रमिक हात पार्छन्। निजी वायुसेवाका पाइलटले त्यसको दोब्बरभन्दा बढी पाउँछन् । सधै तलबभत्ता कम भयो भन्ने गुनासो गर्दै आएका निगमका पाइलटलाई अर्को आरिसलाग्दो खबर छ- निगमकै चिनियाँ जहाज उडाउन आएका एक विदेशी पाइलटले मासिक १६ लाख रूपैयाँ तलब खान थालेका छन्। यो खबर सेतोपाटीका लागि आजको नागरिक दैनिकबाट लिएका हौ । वर्षदिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको चिनीयाँ जहाज कमान्ड गर्न आएका न्यूजिल्याण्डका प्रशिक्षक पाइलट पेनिटालाई वायु सेवा निगमले मासिक १५ हजार अमेरिकी डलर १५ लाख ९० हजार रूपैयाँ तलब दिने सम्झौता गरेको छ ।

Read More

काठमाडौं –देशभरि दुर्घटना बढिरहेका वेला यातायात व्यवसायीले भने नियम नमान्ने भन्दै आन्दोलन सुरु गरेका छन् । काभ्रेमा रुट परमिटविना नै सवारी चलाउन पाउनुपर्ने भन्दै यातायात व्यवसायीले सडकमै सवारी तेर्साएर आन्दोलन गरेका छन् भने काठमाडौंमा ठगी गर्दा कारबाही गरेको भन्दै ट्याक्सीचालकहरू आन्दोलनमा उत्रिएका छन् । यातायात व्यवसायीका अगुवाहरूले सिट संख्याभन्दा धेरै यात्रु राख्न नपाउने हो भने सरकारले निःशुल्क इन्धन दिनुपर्ने हास्यास्पद माग राखेका छन् । गत ३० साउनमा काभ्रेको कोसीपारिमा २७ जनाको मृत्यु हुने गरी भएको बस दुर्घटनापछि जिल्लामा रुट परमिट नलिई सवारी चलाउन रोकियो । कच्ची सडकहरूमा यात्रुबाहक सवारी चलाउँदा दुर्घटना बढेको भन्दै सरकारले काभ्रेलगायत विभिन्न जिल्लामा रुट परमिटविना सवारी…

Read More

काठमाडौं – औषधि बनाउन आयात गरिएको प्रिकर्सर रसायन (सिउडोइफेड्रिन) अन्तर्राष्ट्रिय लागुऔषध कारोबारीलाई बिक्री गरेको आरोपमा पूर्वसभासद् मधुसुदन अग्रवाल छानबिनमा तानिएका छन् । अनुसन्धानको क्रममा अग्रवालद्वारा सञ्चालित एसआर फर्मास्युटिकल्स तथा टौरस फर्मा ल्याबले प्रिकर्सर रसायन दुरुपयोग गरेको पुष्टि भएपछि कम्पनीको गुड मेनिफेक्चिरिङ प्रोडक्ट (जिएमपी) लाइसेन्स रद्द भएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ । प्रहरीले अनुसन्धान अघि बढाएपछि अग्रवाल तथा उनका अन्य व्यावसायिक साझेदार फरार छन् । औषधि व्यवस्था विभागले मंगलबार कम्पनीको जिएमपी लाइसेन्स रद्द गरेको हो। ‘उनीहरूले ल्याएको प्रिकर्सर रसायन र उत्पादन गरेको औषधिमा धेरै तलमाथि देखियो,’ औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले भने, ‘रसायन डाइभर्सन भएको पुष्टि भएपछि कारबाहीस्वरूप…

Read More

काठमाडौं – एमबिबिएस अध्ययन गर्न एउटै मेडिकल कलेजमा पनि चारथरी शुल्क प्रस्ताव  भएको छ । सरकारले बनाएको चिकित्सा शिक्षा शुल्क निर्धारण समितिले साढे ३२ लाखदेखि ७३ लाख रुपैयाँसम्मको शुल्क निर्धारण गरेर सिफारिस गरेको छ । समितिले शुल्क निर्धारणसहितका मापदण्डको प्रतिवेदन केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ । प्रतिवेदनमा आर्थिक अवस्था राम्रो भएकाहरूबाट शुल्क लिने र कमजोर आर्थिक अवस्था हुनेमा लगानी गर्ने गरी शुल्क तय गरिएको छ । मेडिकल कलेजको सिट संख्याका आधारमा चारथरी शुल्क निर्धारण गरिएको छ । एउटै कलेजमा निःशुल्क, नियमित शुल्क, अतिरिक्त शुल्क अर्थात् व्यावसायिक सिट शुल्क र वैदेशिक सिट शुल्क निर्धारण गरिएको छ । अहिलेसम्म…

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल चितवन गएपछि जिल्लाको सुरक्षा सतर्कता बढाइएको छ । मुख्यमुख्य चोकमा प्रहरी खटाइएको छ । प्रधानमन्त्री प्रचण्ड भरतपुर विमानस्थलबाट जिल्ला प्रशासन कार्यालय जाने बेलामा भरतपुरको चौबीसकोठीदेखि विमानस्थल वरपर महेन्द्र राजमार्गमा सवारी साधान चलाउन नदिएको खबर आजको अन्नपूर्णमा समाचार छापिएको छ । प्रधानमन्त्री दाहाल विमानस्थलबाट निस्केपछि मात्रै सवारी साधन राजमार्गमा गुड्न दिइएको थियो। उनी सहभागी सबै कार्यक्रममा प्रहरी र प्रधानमन्त्रीका सुरक्षाकर्मीले कडा सुरक्षा दिएका थिए । सुरक्षाकै कारण प्रधानमन्त्री दाहाल बास बस्न साँझ चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरा पुगेका छन् । यसअघि जिल्ला जादा उनी होटेलमा बास बस्ने गरेका थिए । चितवनमा विभिन्न कार्यक्रममा सहभागी भएका दाहाल…

Read More

एजेन्सी ।  अमेरिकामा वैज्ञानिकहरुले तीनजना मानिसको आनुवंशिक मिश्रण गर्ने नौलो प्रजनन प्रविधिमार्फत विश्वको पहिलो शिशुको जन्म भएको जनाएका छन्। आमा, बुवा तथा एक डिम्ब दाताको आनुवंशिक मद्दतले आमामा भएको दुर्लभ घातक आनुवंशिक अवस्थाबाट जोगाएर उक्त शिशुको जन्म गराउन सफल भएको उनीहरुले जनाएका छन्। चिकित्सकहरुका अनुसार अहिले पाँच महिनाको भएको उक्त शिशुमा हालसम्म सो आनुवंशिक रोगका लक्षण देखा परेका छैनन्। यो प्रविधि अन्तर्गत आमा र बुवाको डिएनएको स्वाभाविक मिश्रणका अतिरिक्त एक दाताको थोरै आनुवंशिक कणको सहायताले ती शिशुको स्वस्थ जन्म भएको छ। नयाँ युग यी स्वस्थ बालकको जन्मभन्दा पहिले यिनका जोर्डनी आमाबुवाले थुप्रै पीडा झेल्नुपरेको थियो। विगतमा उनीहरुले जन्माएको दुई शिशुको…

Read More

विर्तामोड । विर्तामोडमा रहेको वि एण्ड सी अस्पताललाई  शिक्षण अस्पतालको सम्बन्धन दिइनुपर्ने माग गर्दै झापाका चैतन्यप्रकाश मैनालीले आमरण अनसन सुरु गरेका छन् । वि एण्ड सी अस्पतालको भुईंतलाको खाली जग्गामा मैनालीले बुधबार अपरान्हदेखि अनसन सुरु गरेका हुन् । बुधबार अस्पतालमा पत्रकार सम्मेलनको आयोजना गरेर मैनालीले २६ लाख मेची अञ्चलबासीको स्वास्थ्य र शिक्षासंग जोडिएको विषय भएको हुनाले सम्बन्धनका लागि आफू अनसन बसेको बताए । स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेचीका उपाध्यक्षसमेत रहेका मैनालीले आफू विगत १५ बर्षदेखि सामाजिक कार्यकर्ताको रुपमा खटिएको हुनाले वि एण्ड सीसंग आफ्नो कुनै संलग्नता नरहेको बताए । उनले सुदूर पूर्वका नागरिकको स्वास्थ्य र शिक्षाको माग र आवश्यक्तालाई…

Read More

झापा । साहित्यकार कृष्ण धरावासी र पत्रकार कुमार भट्टाराईकी दिवंगत माताको नाममा स्थापना गरिएको आमा सम्मान कार्यक्रमबाट यस बर्ष किरण तिम्सिना सम्मानित हुने भएकी छिन् । साहित्यकार धरावासी र पत्रकार भट्टाराईले दिवंगत आमा अम्बिका भट्टराईको स्मृतिमा प्रदान गर्दै आएको नगद ११ हजार राशीको आमा सम्मानबाट झापा गरामनी –३ की किरण तिम्सिना सम्मानित हुने भएकी हुन् । सो पुरस्कार अम्बिका प्रतिष्ठान झापाले हरेक बर्ष दशैंको अष्टमीका दिन वितरण गर्दै आएको छ । श्रीमान्को असामयिक निधन पश्चात् दुःखकष्ट सहेर आफ्ना छोरा छोरीको जिम्मेवारीलाई काँधमा लिएर उनीहरुलाई समाजमा स्थापित हुन अभिप्रेरित गरिरहेकी हुनाले उनलाई प्रोत्साहन स्वरुप सम्मान प्रदान गर्ने प्रतिष्ठानका अध्यक्ष समेत रहेका…

Read More