Author: admin
काठमाडौं । नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । निर्वाचनबाट सन्तोषजनक नतिजा आएको बताउँदै उनले कांग्रेसको नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन् । तर संसदीय दलको नेता को बन्छ भन्ने विषयमा भने उनी खुलेर बोल्न चाहेनन् । विराटनगरमा बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै उनले संसदीय दलका सभापति शेरबहादुर देउवा टिमको बर्चस्व भएपनि संसदीय निर्वाचनमा आफ्नो टिमले प्रयास भने गर्ने बताए । शेखर कोइरालाको टिमबाट महामन्त्री जितेका गगन थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । उनी आक्रामक रुपमा अगाडि बढिरहेका छन् । तर कोइरालाले भने खुलेर बोलेका छैनन् ।
बिर्तामोड । साहित्य चौतारी झापाले मंसिर १७ गते मासिक सांगीतिक काव्यसभा आयोजना गरेको छ । विशिष्ट गायक तथा संगीतकार कर्म योञ्जनको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो । संगीतकार जीवन अधिकारी तथा विष्णु अधिकारीको विशेष उपस्थितिमा कार्यक्रम हुनेछ । मासिक सांगीतिक काव्यसभाको अवसरमा गायक तथा संगीतकार बलराम राजवंशीलाई विशिष्ट प्रतिभा सम्मानद्वारा सम्मान गरिने साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठले बताए । कार्यक्रममा संस्थाका कला विधाका पूर्व उपाध्यक्ष मूर्तिकार हिम्मत नेम्वाङको विशेष प्रस्तुति रहनेछ । नेम्वाङ पत्थर पगाल्ने मूर्तिकलाका अग्रज हुन् । साहित्य संगीत र कलाका नियमित कार्यक्रम पनि राखिएको छ । बिहान ११ बजेदेखि ३ बजेसम्म मासिक सांगीतिक काव्यसभा हुनेछ ।…
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सम्भव भएसम्म एमालेको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने बताएका छन् । अहिलेको मुलुकको आवश्यकता एमाले नेतृत्वको बाम सरकार भएकाले सम्भव भएसम्म एमालेको नेतृत्वमा सरकार गठन पहल गर्ने बताएका हुन् । उपाध्यक्ष ज्ञवालीले न्युनतम साझा कार्यक्रम बनाएर पाँच बर्ष बामपन्थीले मुलुक सञ्चालन गर्न सवै तयार हुनुपर्ने र यसले मात्रै मुलुकको संकटलाई पार लगाउने धारणा राखे । उनले माओवादी लगाएत अन्य कम्युनिष्ट पार्टीलाई भाई कांग्रेस नबन्न सुझाव दिदै भाई कांग्रेस बने कांग्रेसलाई फाइदा र मुलुकलाई घाटा हुने तर्क गरे । ज्ञवालीले बिगतमा भएका तितामिठा कुरालाई बिर्सदै एमालेसंग सहकार्य गर्न अन्य कम्युनिष्ट पार्टीहरुलाई आह्वान पनि…
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफू अर्को चुनावको तयारीमा लागेको बताएका छन् । महिला हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा महिला सुरक्षा दवाब समूहले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले संघको निर्वाचनमा बिजयी भएसंगै आफू अर्को चुनावको तयारीमा रहेको बताएका हुन् । शुक्रबारसम्म मतदातालाई धन्यवाद दिने र त्यसपछि अर्को चुनाव अर्थात अर्थात पार्टीभित्रको संसदीय दलको नेताका लागि तयारी गर्ने उनको भनाइ छ । त्यस्तै महामन्त्री थापाले पाँचबर्षपछि हुने निर्वाचनमा ३३ प्रतिशत महिला सहभागीताका लागि अहिलेदेखि नै आवश्यक कानून निर्माणको थालनी गर्नुपर्ने पनि बताए । कहिलेकाहिँ मन्त्रीपरिषद्मा महिला सहभागीता शुन्य हुने अवस्थालाई पनि अब अन्त्य गर्नुपर्ने उनले बताए…
काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना भएको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेका थिए । प्रारम्भिक विवरणमा ६१ प्रतिशत (एक करोड नौ लाख ७३ हजार २७) मत खसेकामा अब करिब नौ लाख मतगणना बाँकी रहेको देखिएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निरन्तर अग्रता लिइरहेको छ । हालसम्म उक्त दलले २७ लाख एक हजार ७२ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २५ लाख ५९ हजार एक सय ७१ मतसहित दोस्रो स्थानमा…
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको भरोसालाई जोगाउन प्रधानमन्त्री बन्नका लागि आफ्नो आवश्यता रहेको बताएका छन् । उनले लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेकै चुनाव र नागरिकको भरोसा भएकाले अहिलेको परिस्थितिमा युवाहरुको नेतृत्व देशलाई आवश्यक भएको बताएका हुन् । उनले कांग्रेसको तर्फबाट युवा पुस्ताले अब पार्टी र देशको नेतृत्व गर्ने समय आइसकेको बताए । मंगलबार संसदीय नेताको लागि पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगको भेटपछि आफ्नै निवासमा महामन्त्री थापाले कांग्रेसको युवा पुस्ताले देश हाँक्नुपर्छ भन्नेकुरा पार्टीको लागि पनि आवश्यक रहेको बताए । उनले पार्टीका अन्य नेताहरुले प्रधानमन्त्रीको लागि दाबी गर्ने कुरालाई स्वभाविक रुपमा लिनुपर्ने बताए । महामन्त्री थापाले कुनै समय…
काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन् । एमाले अध्यक्ष ओलीले सुकुम्वासी बस्तीमा महानगरले डोजर चलाएर तामासा गरेको टिप्पणी गरेपछि मेयर शाहले सो कुरा बताएका हुन् । ओलीले मंगलबार पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा भनेका थिए–‘सुकुम्वासी बस्तीमा तमासा गरियो ।’ ओलीको कुरालाई काउन्टर दिँदै मेयर बालेनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्ः सम्माननीय पुर्वप्रधानमन्त्री केपी ओलीज्यू, अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तपाईको धारणा थाहा पाएँ । तपाईबाट नै यस्तो धारणा आउनु सामान्य बिषय हो । किनभने, २०४७ यता १४…
काठमाडौँ । एकीकृत समाजवादीबाट इलाम क्षेत्र नम्बर १ मा गठबन्धनका साझा उम्मेदवार बनेका झलनाथ खनालले आफूलाई चुनावी परिणाम स्वीकार्य नभएको बताएका छन्। आइतबार सकिएको गणनामा खनाललाई एमालेका महेश बस्नेतले पराजित गरेका थिए। खनालले २३ हजार ८९ मत पाउँदा विजय हुने बस्नेतले २५ हजार ७५३ भोट पाएका छन्। उनले खसेको भन्दा धेरै मत बाकसमा पाइएको भन्दै पुनःमतदानको माग गरेका गरे पनि निर्वाचन अधिकृतको कार्यालयले गणना गरेर परिणाम सार्वजनिक गरेको छ। त्यसप्रति विमती राख्दै खनालले परिणाम नमान्ने र कानुनी उपचार खोज्ने जनाएका छन्। विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘निर्वाचन अधिकृतले गराएको गणनाको नतिजालाई स्वीकार गर्न सकेको छैन। यस समस्याको समाधानका निम्ति…
काठमाडौं । काठमाडौंको थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी बस्ती खाली गराउन खोज्दा झडप भएको छ । काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन पुगेपछि सुकुम्बासी बस्तीमा बस्नेहरुले ढुङ्गामुडा गरेका थिए । सो क्रममा झपड भएको हो । सो क्रममा महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १९ जना घाइते भएका छन् । घाइतेहहरुको नर्भिक अस्पतालमा उपचार गरिएको छ । झपड पछि सो बस्तीमा टायर बालेर प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले उचित बिकल्प दिएर मात्रै आफूहरुलाई हटाउनुपर्ने बताएका छन् । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले केहि दिन अघि सार्वजनिक सूचना…
काठमाडौं । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ । आयोगले तोकिएको ढाँचामा खर्च विवरण पेस गर्न निर्देशन दिँदै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयनपत्र पेस गरेका उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची (४) बमोजिमको ढाँचामा निर्वाचन खर्चको विवरण पेस गर्नुपर्ने जनाएको हो । विवरण पेस गर्दा तोकिएको हद (सीमा) बमोजिमको रकम मतदाता नामावली खरिद,…