Author: admin
काठमाडौं । पोखरामा दुर्घटना भएको यती एयरको एटीआर ७२ जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क भएको खुलेको छ । जहाजमा दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य रहेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०:३५ बजे उडेको नाइन एन- एएनसी उक्त जहाजमा कमल केसी र अन्जु खतिवडा पाइलट कोपाइलट थिए । यती एयरलाइन्स स्रोतका अनुसार एस हुन्चु र ओए मगर परिचारिका थिए । जहाज ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो । दुर्घटनामा भएको मानवीय क्षतिबारे केही खुलेको छैन । नेपालप्रेसबाट
काठमाडौं । पोखरामा यती एयरको जहाज दुर्घटना भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौंबाट पोखराका लागि उडेको जहाज पोखरा विमानस्थलनजिकै अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । भर्खरै सञ्चालनमा आएको नयाँ र पुरानो विमानस्थलको बीचमा जहाज दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ । दुर्घटना र क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।
इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल एयरलाइन्सले उडान सुरू गरेको छ । एयरलाइन्सले हप्तामा एक पटक उडान गर्ने गरी सहमति गरे अनुरूप आइतबारबाट इलाम काठमाडौं उडान भर्न सुरु गरेको हो । नेपाल एयरलाइन्स (9N-ABU) को जहाजले ७ जना यात्रु लिएर आइतबार बिहान साढे ८ बजे काठमाडौंबाट उडेको करिब एक घण्टामा इलाम अवतरण गरेको थियो । विमानले इलामबाट काठमाडौं फर्केर जाँदा ८ जना यात्रु लिएर गएको छ । साेही विमानस्थलमा प्रारम्भमा तारा एयरले इलाम नगरपालिकासँगको समन्वयमा उडान गरेको थियो । तर, यात्रु नपाएको भन्दै ताराले केही उडान भरे पश्चात उडान भर्न छोडेको थियो । त्यसपछि इलाममा अहिलेसम्म कुनै पनि विमानले…
काठमाडौं । आज आइतबार माघे सक्रान्ति पर्व । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति भनिन्छ । आज घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो एवम् खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यी परिकारले जाडोमा न्यानो दिने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । आजको दिन स्नान, जप, तप, ध्यान साधना, दान गरे पुण्य पाइने धार्मिक मान्यता छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप,…
काठमाडौं । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने कारागारबाट रिहा भएका छन् । बिहीबार पाटन उच्च अदालतले गरेको फैसलाअनुसार उनले २० लाख धरौटी बुझाएर आज कारागारबाट रिहा भएका हुन् । उनलाई तारिख बुझ्नका लागि जिल्ला अदालत काठमाडौं लगिएको थियो । विभिन्न सर्त राखेर सन्दीपलाई रिहा गर्न बिहीबार अदालतले आदेश दिएको थियो । अदालतको यो आदेशपछि उनका कानुन व्यवसायीले उनले तत्काल नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानी गर्न पाउनु पर्ने तर्क गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू ठूलो अग्निपरीक्षामा रहेको बताएका छन् । उनले भाषण कम र काम बढी गरेर जनताको मन जित्ने बताएका हुन् । नराम्रो काम नगर्ने र गर्न पनि नदिने प्रण गरेको उनले बताए । शुक्रवार काठमाडौंमा हस्तकला महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जनताले महसूस गर्नेगरी काम गर्न चाहेको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री कार्कीले शुक्रबार माओवादी केन्द्रका दुई र एमालेका एक गरि थप तीन जना मन्त्री नियुक्त गरेका हुन्। माओवादीबाट मोरङ ६(१) बाट निर्वाचित जीवन आचार्य र तेह्रथुम १(२) बाट निर्वाचित दुर्गाप्रसाद चापागाईं तथा एमालेबाट सोलुखुम्बु १(२) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित बुद्धिकुमार राजभण्डारी मन्त्री भएका हुन्। प्रदेश १ मा मन्त्रीको संख्या सात पुगेको छ ।
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएको हो । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो । सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनले आदेश गरेको हो। अदालतले लामिछानेलाई विदेश जान रोक लगाएको छ। गत भदौ २० गते एक किशोरीले बलात्कारको आरोपमा सन्दीपविरुद्ध प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् ।
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचनका बिषयमा अन्य दलहरुसंग छलफल गर्ने भएको छ । पार्टी सभापति शेर बहादुर देउवा निवास धुम्वाराहीमा बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले सभामुख र उपसभामुखको निर्वाचनका बिषयमा संसदमा रहेका अन्य राजनीतिक दलहरुसंग छलफल चलाउने निणर्य गरेको सहमहामन्त्री बन्द्री पाण्डेले जानकारी दिए । दलहरुसंग छलफल गरेर मात्रै सभामुख र उपसभामुखमा उम्मेद्वारीका बिषयमा पार्टीले निणर्य लिने उनले बताए । राष्ट्रपति चयनका बिषयमा भने पार्टीभित्र अहिलेसम्म छलफल नभएको पाण्डेको भनाइ छ । पदाधिकारी बैठकमा स्ववियु निर्वाचन आइरहेको सन्दर्भमा नेविसंघ लगाएतका भातृसंगठनलाई पनि पूणर्ता दिने बिषयमा छलफल भएको सहमहामन्त्री पाण्डेले जानकारी दिए ।
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी दिनमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई सरकारले उत्सवका रुपमा मनाउने बताएका छन् । ३०१ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल प्राज्ञिक परिषद्ले बिहीबार काठमाडौंमा आयोजना गरेको बिचार गोष्टिमा लिङ्देनले पृथ्वीजयन्तीमा विदा दिएर सरकारले नयाँ संस्कार सुरु गरेको भन्दै आगामी दिनमा सरकारले नै उत्सवका रुपमा मनाउने बताएका हुन्। पृथ्वीनारायण शाहको दिव्योपदेश पढे मात्रै पनि मुलुकलाई बिकास र समृद्धिको बाटोमा अघि बढाउन सकिने उनले बताए । उनले योजनाबद्ध ढंगले नेपालको एकता र सद्भाव खण्डित गर्ने प्रयास स्वरुप नै पृथ्वीजयन्तीका बिषयमा अनेक नकारात्मक बहस भइरहेको जिकिर गरे । उनले पृथ्वीनारायण शाहले एकीकरण गरेकै कारण…