Author: admin
काठमाडौं । हाल नेपालमा स्थानीय वायु र भारतको बिहार-पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ । दिउँसो देशभर बदली रहने आँकलन माैसम पूर्वानुमान महाशाखाले गरेकाे छ । महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका केही स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएकाे छ । मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना…
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई दुर्घटनाबाट जोगाउन निर्वाचन नै मुख्य अवसर भएको बताएका छन्। उनले तीनै तहको निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने बताए । हेटौंडामा आइतबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले देशको आर्थिक अवस्था घुँडा टेक्ने अवस्थामा पुगेको बताउँदै तीन तहको निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने बताए । राप्रपाका केन्द्रीय उपाध्यक्ष बुद्धिमान तामाङले हेटौंडा उपमहानगरपालिकामा यहाँका नेता र निर्वाचित जनप्रतिनिधिले डोजर र जग्गा पल्टिङको मात्र विकास गरेको टिप्पणी गरे । उनले आफूले हेटौंडामा स्वास्थ्यको समस्या धेरै समय अघिबाट देखेको तर यहाँका नेता र निर्वाचित जनप्रतिनिधिले समस्यको समाधानको लागि केही पहल नगरेको आरोप…
काठमाडौं । सरकारले जेठ ३ गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ ३ गते दिउँसो ४ बजे बैठक बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको भूमिमन्त्री शशी श्रेष्ठले जानकारी दिइन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने कानुनी व्यवस्था छ । संविधान अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ । त्यसअघि बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आतंकको शासन हटाउनका लागि गठबन्धन बनाउन आफूहरू बाध्य भएको नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्। पोखरामा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले ओलीले आफ्नो शासनकालमा आतंक मच्चाएको आरोप लगाए। उनले संसद् भंग गर्ने र चल्न नदिने ओलीको प्रवृत्ति रहेको बताए । असंवैधानिक संसद् विघटन आफूहरूले अदालत गएर फिर्ता ल्याएको उनले उल्लेख गरे । गठबन्धन सबैभन्दा बढी आवश्यक कांग्रेसलाई परेको उनको जिकिर छ । गठबन्धनविरोधी काम नगर्न आग्रह गर्दै देउवाले विरोधमा जानेलाई कारबाही गर्ने चेतावनी दिए ।
काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्थानीय तहको निर्वाचनको दिन बैशाख ३० गते कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन नगर्ने जनाएको छ। मन्त्रालयले आइतबार सूचना जारी गर्दै खोप अभियान सञ्चालन नगर्न जनाएको हो। सबै कर्मचारी मतदान गर्न जानु पर्ने भएकाले खोप अभियान सञ्चालन गर्न नसकिने मन्त्रालयले जनाएको हो। मन्त्रालयले सबै मतदाताले मतदानका क्रममा स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेको छ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जीवनमा पहिलोपटक मतदान गर्न लागेका २० लाख नयाँ मतदातालाई सूर्य चिन्हमा मतदान गर्न अपिल गरेका छन् । ओलीले जनतालाई गरेको ६७ बुँदे अपिलमा कांग्रेसलाई मत दिने मनस्थितिमा रहेका र पहिलोपटक मतदाता सूचीमा समेटिएकाहरुलाई अलग्गै सम्बोधन गरेका हुन् । नयाँ मतदातालाई ओलीले भनेका छन्, ‘नयाँ मतदाताहरूलाई म आग्रह गर्न चाहन्छु, हामी तपाईंहरूको जीवनस्तरलाई विकसित देशका नागरिकको भन्दा कम हुन दिने छैनौं । तपाईंहरूको क्षमता विकास गरी तपाईंहरूलाई अद्वितीय उपलब्धि हासिल गर्न सक्ने प्रतिस्पर्धी, क्षमतायुक्त, सम्मानित र आदर्शवान नागरिक बनाउने भिजन र कार्यक्रम एमालेसँग छ । तसर्थ, आउनुहोस् जीवनको पहिलो मतदान सूर्य चिन्हमा गरौं…
काठमाडौं । दिनहुँजसो देशका ठूला सहरमा चुनावीसभा गरिरहेको सत्तागठबन्धनले आज पोखरामा चुनावीसभा गर्दैछ । चुनावीसभामा प्रधानमन्त्री शेरबहादुर देउवासँगै गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् । पोखराको सभा बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ । गठबन्धनले यसअघि भरतपुर, काठमाडौं र लुम्बिनीमा चुनावीसभा गरिरहेको छ । पोखराको सभा सकेर कांग्रेस सभापति देउवालगायत शीर्ष नेताहरू दाङको तुलसीपुर जाने कार्यक्रम छ । दाङमा दिउँसो २ बजेका लागि सभा समय तोकिएको छ ।
काठमाडौं । स्थानायबासीका अवरोधका कारण १४ दिनदेखि अवरुद्ध फोहोर ढुवानी शुरू भएको छ। पटकपटक आग्रह गर्दा पनि स्थानीयबासीले फोहोर लैजान नदिएपछि हिजो शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीबलको सुरक्षा घेरामा फोहोर विसर्जन भएको हो। मुबु-तीनपिप्ले बण्डको बाटो कालोपत्रे गर्नुपर्ने माग राख्दै स्थानीयवासीले वैशाख ११ गतेदेखि फोहोर ढुवानीमा अवरोध गरेका थिए। फोहोरका कारण राजधानीलगायत उपत्यकाका १८ स्थानीय निकायको फाहोर व्यवस्थापन हुन नसकेर दुर्गन्धित भएपछि सरकारले प्रहरी परिचालन मारी उपत्यकाको फोहोर सिसडोल ल्यान्डफिलमा लगेको हो। कामपाको वातावरण तथा कृषि विभागका निमित्त प्रमुख सरिता राईका अनुसार शनिबार बिहान करिब १ सय ४६ ट्रक फोहोर सिसडोल पुयाइएका थियो। दिउँसो भने पानी परेका कारण फोहोर…
काठमाडौं । हाल नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणाली र भारतको मध्य प्रदेशदेखि तमिलनाडुसम्म बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ का तराई भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले मात्र देशमा सुशासन दिनसक्ने बताएका छन्। उनले आफ्नो पार्टीले मात्र भ्रस्टाचार अन्त्य गर्ने दाबी गरे। राप्रपाले अहिले भ्रस्टाचार अन्त्य गर्ने महाअभियान लिएर हिँडिरहेको बताए। राप्रपा कास्कीले पोखरामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले अन्य पार्टीले देशलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाएको आरोप लगाउँदै राप्रपामात्र देशलाई बचाउने र बनाउने पार्टी भएको दाबी गरेका हुन्। उनले स्थानीय तहको निर्वाचनमा राप्रपाका उम्मेदवारलाई भोट हालेर राप्रपालाई सबै नागरिकको साझा पार्टी बनाउन आग्रह गरे। पछिल्लो समय राप्रपाप्रति जनताको विश्वास बढ्दै गएको दाबी गर्दै उनले अब राप्रपा ठूलो पार्टी बन्ने विश्वास व्यक्त गरे।