Author: admin

काठमाडौं । नेपाली कांग्रेसले २०८० साल वैशाखमा नीति महाधिवेशन गर्ने तयारी गरेको छ । नेतृत्व चयनका लागि १४ औं महाधिवेशन सम्पन्न भएको झण्डै डेढ वर्षपछि कांग्रेस नीति महाधिवेशनमा जुटेको हो । १४ औं महाधिवेशनका बेला नेताहरुले ६ महिनापछि नीति महाधिवेशन गर्ने घोषणा गरेका थिए । नीति महाधिवेशनमार्फत कांग्रेस नयाँ कार्यक्रमका साथ जनतामाझ पुग्ने तयारी भइरहेको महामन्त्री गगन थापाले जानकारी दिए । गत वर्ष मंसिरको अन्तिम साता भएको १४ औं महाधिवेशन केन्द्रीय कार्यसमिति चयनमा सीमित भएको थियो । संवैधानिक बाध्यताले च्यापेपछि नेतृत्व चयन गरेर कांग्रेस महाधिवेशन सकिएको थियो । पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन गर्ने पर्ने संवैधानिक बाध्यताका कारण कांग्रेसले नीतिमाथि…

Read More

काठमाडौं । शिक्षामन्त्री शिशिर खनालको राजीनामा माग गर्दै नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले पुत्ला दहन गरेको छ । शुक्रबार बिहान अनेरास्ववियूका विद्यार्थी नेताहरूले प्रदर्शनी मार्गस्थित रत्न राज्य (आरआर) क्याम्पस अगाडि शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन् । प्रदर्शनकारीले शिक्षामन्त्री खनालले सरकारमा गएर गरेको पहिलो निर्णय नै जनताका लागि अभिशाप भएको आरोप लगाएका छन् । शिक्षामन्त्री खनालले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णय गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । प्रदर्शनमा सहभागी अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएर कमिसन खानका लागि यस्तो निर्णय गरेको आरोप लगाए । उनले यो निर्णयले झनै…

Read More

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सकिएको छ। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा शुक्रबार भएको मुद्दाको बहस सकिएको हो। शुक्रबार विवादको अन्तिम सुनुवाई भएकाले आजै फैसला आउने संभावना छ। तर फैसला आउने/नआउने सम्बन्धमा न्यायाधीसहरूले केही जानकारी दिएका छैनन्। यसअघि गत बुधबार सुनुवाइ नसकिएपछि आजका लागि ‘हेर्दाहेर्दै’मा राखिएको थियो। अन्तिम सुनुवाइपछि रविको तर्फबाट जवाफी बहस सकिएको हो।

Read More

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज (शुक्रबार) पनि सुनुवाइ गर्ने भएको छ । यसअघि माघ ११ गते सर्वोच्चले उक्त मुद्दाको सुनुवाइ गर्दागर्दै समय अभावका कारण हेर्दाहेर्दैमा आजका लागि राखिएको हो । शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ नसकिएपछि आजका लागि राखिएको छ । यो विवादको अन्तिम सुनुवाइ भएकाले हेर्दाहेर्दैमा राखिएको हो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि फैसला हुने जनाइएको छ । सर्वोच्चले दिएको यसअघिको आदेशमै २०७५ असार ६ गते अध्यागमन विभागमा पेश गरेको कागजात, सो सम्बन्धमा भएको कारबाहीसम्बन्धी कागजात गृह मन्त्रालय वा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालयसमेत जहाँ छ, सो…

Read More

काठमाडौं, माघ ११ गते। सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा बुधबार सुनुवाइ गर्दागर्दै समय अभावका कारण ‘हेर्दाहेर्दै’मा शुक्रबारका लागि राखिएको छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा आज सुनुवाइ नसकिएपछि शुक्रबारका लागि राखिएको छ। यो विवादको अन्तिम सुनुवाइ भएकाले हेर्दाहेर्दैमा राखिएको हो।

Read More

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मंगलबार दिउँसो संसद् भवन अगाडि आफैँलाई आगो लगाएर आत्मदाह गर्ने प्रयास गरेको घटनाले राज्य लज्जित भएको बताएका छन् ।  आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्, “हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणबारे वहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको श्रृजना गर्ने कि सत्ताको अंकगणितमा मै अल्झिरहने ?”   आत्मदाहको प्रयास गर्ने ३६ वर्षीय प्रेमप्रसाद आचार्यको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भएको हो ।

Read More

काठमाडौं । हिजो संसद भवन नयाँ बानेश्वर छेउ आफ्नै शरीरमा आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको निधन भएको छ । आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उपचारका क्रममा बिहान ५ बजे निधन भएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो। इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए। उक्त घटनामा उनको ८० प्रतिशत शरीरको भाग जलेको थियो। घटनास्थलबाट तत्कालै कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उनको उपचार गरिएको थियो।

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डलमा बसेर संघीयता खारेज गर्नुपर्छ भन्ने मन्त्रीलाई स्पष्टीकरण सोधिने बताएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै प्रचण्डले मन्त्रीपरिषद्मा नै एक मन्त्रीले संघीयता खारेज गर्नुपर्छ भनेर सुनाएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको र यो स्पष्टीकरणको बिषय हुने बताएका हुन् । मन्त्रिमण्डल भन्दा बाहिर गएर आफ्नो कुरा राख्ने अधिकार सवै राजनीतिक दलहरुलाई रहेको तर मन्त्रिमण्डल भित्र बसेर संघीयता, लोकतान्त्रीक गणतन्त्रको विरुद्ध बोल्ने वा प्रचार गर्ने अधिकार नैतिक रुपमा र कानूनी रुपमा कसैलाई नरहेको उनले बताए ।

Read More

काठमाडौं । संसद भवन नयाँबानेश्वरअगाडि एक पुरुषले आत्मदाह प्रयास गरेका छन्। संसद बैठकमा सहभागी भएर प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डको गाडी बाहिरिँदै गर्दा इलामका एक पुरुषले आत्मदाह प्रयास गरेका हुन्। शरीरमा ज्वलनशील पदार्थ हालेर आत्मदाह प्रयास गर्दा इलामको पञ्चकन्या-६ निवासी प्रेमप्रसाद आचार्य गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको बताइएको छ । उनले किन आत्मदाहको प्रयास गरे भन्नेबारे खुल्न सकेको छैन ।

Read More

काठमाडौँ । नेकपा एमालेका सांसद रघुवीर महासेठले सांसद लक्ष्मी महतो कोइरी प्रकरणलाई एमालेसँग नजोड्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै महासेठले भने,’मन परेन कि अपराधी भन्ने ? ३ वर्षयता कुनै सरकारले उहाँलाई किन समातेन ? पूर्ववर्ती सरकारले त उहाँलाई सम्मान गर्ने काम भएको थियो ।लक्ष्मी महतोलाई प्रहरीले हिरासतमा लिएको छ भने सार्वजनिक गर्नुपर्‍यो । होइन भने एमालेमाथि लगाएको आरोपमा सत्यता छैन । गृहमन्त्रालयलाई मेरो अनुरोध छ कानुनअनुसार काम गर्नुहोस् उहाँलाई समाउनु नै पर्नेछ भने समाउनुहोस् एमालेको नेताबाट बाधा आउँदैन ।’

Read More