Author: admin
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै प्राविधिकरूपमा समस्या नआए असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको बताए। राष्ट्रिय परीक्षा बोर्ड एसइई (कक्षा १०)का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले असार ३२ गते एसइई परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिए। अहिले उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरी संपरीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले कम्प्युटर…
काठमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकालाई पत्र लेखेर एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको हो । एसपीपी सम्झौता गर्न लागिएको भन्दै सरकारको चर्को आलोचना भइरहेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणका क्रममा एसपीपी सम्झौतामा हस्ताक्षर हुनसक्ने आशंका व्यक्त भइरहँदा सरकारले पत्र लेख्ने निर्णय गरेको हो । प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित सत्ता गठबन्धनका वामपन्थीसहितका दलले एसपीपी अस्वीकार गर्न दबाब दिएका थिए । तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षत्रीले एसपीपीमा सहभागिताका लागि ०७२ कात्तिक १० मा अमेरिकी दूतावासलाई पठाएको पत्र सार्वजनिक भइसकेको छ ।
काठमाडौं । मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका…
काठमाडौं । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा पंकज विक्रम नेम्बाङ विजयी भएका छन्। सोमबार काठमाडौंमा सम्पन्न एन्फाको २१ औं साधारण सभाबाट नेम्बाङ ४५ मतसहित विजयी भएका हुन्। उनले निकटतम प्रतिस्पर्धी कर्मा छिरिंग शेर्पालाई ६ मतको अन्तरले पराजित गरे। पराजित शेर्पाले ३९ मत पाएका छन्।
काठमाडौँ । सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको बताइएको छ। गत जेठ २६ गते बसेको बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा अधिकारीलाई तीन दिनभित्र प्रष्टिकरण सोध्ने निर्णय गरेको थियो। अधिकारीले दिएको प्रष्टिकरण चित्त बुझ्दो नभएको ठहर गर्दै सरकारले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो। केही दिनअघि संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम ओलेले आफूले भनेको व्यक्तिलाई नियुक्ति नदिएको भन्दै कार्यकक्षमै अधिकारीमाथि हातपात गरेका थिए। सार्वजनिक भएको अडियोमा मन्त्री आलेले अधिकारीले काम गर्छु भन्दाभन्दै मोबाइल बन्द गर्न निर्देशन दिँदै हातपात गरेका थिए।…
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा काठमाडौंको त्रिचन्द्र कलेज अगाडी प्रदर्शनमा उत्रेका बिद्याथी र प्रहरीबीच झडप भएको छ । मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्री शेर बहादुर देउवा र उद्योगमन्त्री दिलेन्द्र बडुको पुतला दहन गर्ने क्रममा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका बिद्यार्थी र प्रहरीबीच झडप भएको हो । प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेपछि बिद्यार्थीहरुले ढुङ्गा प्रहार गरेका थिए । प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन लाठीचार्ज र केही सेल अश्रुग्यास प्रहार गरेको थियो । सो क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् भने प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट प्रहरीको एउटा भ्यानमा क्षति पुगेको छ । सरकारले गएराति पेट्रोलमा २१ रुपैयाँ तथा डिजेल तथा मट्टितेलमा २७-२७ रुपैयाँ…
काठमाडौं। सर्वोच्च अदालतले घर जग्गा धितो राखेर कर्जा नदिने निर्णय तत्काल कार्यान्वयन नर्गन अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सोमबार भू-उपयोग नियमावलीलाई आधार देखाएर बैंकहरुको कर्जा प्रवाह रोक्ने कार्य नागरिकको मौलिक हकमा अनुचित असर पर्ने भएकाले उक्त निर्णय कार्यान्वयन नगर्न भनेको हो। सर्वोच्चले सरकारबाट जग्गा बर्गीकरण गर्ने कार्य तत्काल नहुने भएकाले लामो समयसम्म ऋण समेत लिन नपाउने अवस्था हुन नहुने उल्लेख गरेको छ।सरकारले जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन बन्द गरेकोको निर्णय विरुद्ध विष्णुबहादुर सुनुवारले रिट दायर गरेका थिए।कृषि र गैर कृषि क्षेत्रका रूपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि ग्राहकले…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण माग गर्दै नेपाल आयल निगमलाई पत्र बुझाएको छ । सोमबार राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही नेतृत्वको टोलीले पेट्रोलियम पदार्थमा लाग्ने खर्चका बारे र मूल्यवृद्धिको कारण माग गदै निगमलाई पत्र बुझाएको हो । राप्रपाले पेट्रोलियम पदार्थको कच्चा मूल्य, सुद्धिकरण चार्ज, कर, भाडा दर लगाएतका बिषयमा जानकारी माग गरेको छ । त्यस्तै नेपालका भिभिआपीलाई बर्षमा कति तेल उपलव्ध गराइन्छ र निगम कर्मचारीहरुको बोनस कति छ भन्ने पत्र बुझाइएको शाहीले बताए। आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोलको भाउ लिटरको १९९ र डिजेलको १९२ रुपैयाँ पु¥याएपछि बिरोध सुरु भएको छ ।
काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको कारण सरकारले संसदलाई जानकारी गराउनुपर्ने माग गरेका छन्। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद पद्माकुमारी अर्यालले छोटो समयमा पटकपटक मूल्यवृद्धि गरिएको बताएकी थिइन्। उनले मूल्यवृद्धिको कारण मन्त्रीले संसदमा जानकारी गराउनुपर्ने माग गरेकी थिइन्। उनले बोलेर सकेपछि एमाले सांसदहरू आफू बसेको ठाउँबाट उभिएका थिए। त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई रूलिङ गर्दै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे सदनलाई जानकारी गराउन निर्देशन दिएका थिए। गए राति १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। पेट्रोल लिटरमै १९९ रूपैयाँ पुगेको छ।
काठमाडौँ । नेपालका चार वटा प्रदेशमा मनसुनी वायुको असर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायु प्रभाव छ। बाँकी क्षेत्रमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको पनि प्रभाव रहेको छ । बिहान प्रदेश १, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भएको छ । दिउँसो प्रदेश १, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। मंगलबार प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका केही स्थानमा वर्षाको आकलन…