Author: admin
नयाँ दिल्ली । भारतमा फेरि कोभिड १९ का संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । योसँगै भारतमा महामारीको चौथो लहरको आशंका गरिएको हो । पछिल्लो २४ घण्टामा त्यहाँ आठ हजार तीन सय २९ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा थप १० जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजो फेला परेका संक्रमितको उक्त संख्या पछिल्लो साढे तीन महिना यताकै सबैभन्दा बढी हो । विशेषगरी महाराष्ट्र, दिल्ली, पश्चिमबंगाल, कर्नाटक र केरलालगायत राज्यमा कोभिड संक्रमितहरु थपिँदै गएका छन् । भारतमा हालसम्म कोभिड संक्रमणका कारण पाँच लाख २४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालय बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकले भोलि बस्ने सचिवालयको बैठकको कार्यसूचीहरू निर्धारण गर्नेछ । महासचिवको अध्यक्षता रहने केन्द्रीय कार्यालयको बैठकमा उपमहासचिव र सचिवहरू सदस्य रहने व्यवस्था छ । सचिवालयको बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा, निर्वाचनमा ‘अन्तर्घात’ गर्ने नेता कार्यकर्तामाथिको कारबाहीदेखि नेता घनश्याम भुसालको कारवाही लगायतका विषयमा छलफल गर्ने एमालेको तयारी छ ।
काठमाडौं । आज आइतबार पनि प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। आइतबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रपतिको कार्यालयसम्मको बजेटका शीर्षकमाथि छलफल हुनेछ। संसद् सचिवालयका अनुसार आइतबार विनियोजन विधेयक २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ। यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथि पनि छलफल हुने संसद् सचिवालयले जनाएको छ।
नुवाकोट । विद्युत् प्रसारणलाइनका हाइटेन्सन टावर जहाँसुकै होस् त्यस वरपरका बासिन्दाले चढ्ने न काम पर्छ, न कसैले त्यस्तो दुस्साहस नै गर्छन् । तर शनिबार बिहान करिब ११ बजे ककनी गाउँपालिका–७ ढाँडेफेदीमा रहेको हाइटेन्सन टावरमा स्थानीयले अनौठो दृश्य देखे । ६० मेगावाट क्षमताको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको प्रसारणलाइनको उक्त टावरमा कोही खुरुखुरु उक्लिरहेको थियो । ती विद्युत् प्राधिकरण वा आयोजनाका प्राविधिक थिएनन् । देख्नेहरू भेला भए । होहल्ला गरे । चिच्याए– ‘ए को हो ? तल उत्र ।’ माथि उक्लिनेले न जवाफ फर्कायो, न त उत्रिने सुरसार नै देखायो । गाउँले डराए– ‘को हो कुन्नि ! करेन्ट लागेर ज्यान जाला ।’ हतार–हतार जलविद्युत् आयोजना र प्रहरीलाई फोन गरियो । ऐन–मौकामा खबर हुन…
काठमाडौं । लगातार दोस्रो हारसँगै एएफसी एसियन कप २०२३ मा छनोट हुने नेपालको सम्भावना सकिएको छ । शनिबार राति कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल कुवेतसँग ४–१ अन्तरले पराजित भएको हो । यसअघि नेपाल पहिलो खेलमा जोर्डनसँग २–० ले पराजित भएको थियो । यस खेलसँगै नेपाल समूह ए मा दुई खेलबाट विना कुनै अंक पुछारमा छ । कुवेतको पहिलो जितमा युसेफ अलसुलिमानले दुई तथा फाहद अलरेसिदी र मोबारक अल्फानिनीले एक-एक गोल गरे । नेपालका दर्शन गुरुङले सान्त्वना गोल गरे । हालसम्मको आठ भेटमा दर्शन कुवेतविरुद्ध गोल गर्ने दोस्रो खेलाडी भने । ४० वर्ष अघि एसियन गेम्समा नेपालका वाइवी घलेले…
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौंको फोहर व्यवस्थापनको दीर्घकालिन समाधान खोजिने बताएकी छिन् । शनिबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै डंगोलले तत्कालका लागि फोहर व्यवस्थापनका लागि सहमति भएपनि दीर्घकालिन समाधान खोजिने भन्दै विभिन्न योजनाहरु तयार भइरहेको बताइन् । उनले फोहरको स्रोतमा नै बिकेन्द्रीकृत गरेर, त्यही नै व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिन् । डंगोलले घरैबाट जैविक–अजैविक छुट्याइदिनपनि पनि आग्रह गरिन् । उनले फोहर व्यवस्थापनका गरेको प्रतिवद्धता पुरा गर्ने बताइन् ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई गठबन्धनले ठिक ढंगले मूल्याङ्कन र सम्मान गर्न नसकेको बताएका छन् । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर वडा नंवर १५ का समाजवादी उम्मेदवारलाई बिजयी गराउन सहयोग गर्ने स्थानीयबासीलाई आभार व्यक्त गर्न शनिबार आयोजित कार्यक्रममा खनालले निर्वाचनमा गठबन्धनले ठिक ढंगले मूल्यांकन र सम्मान गर्न नसकेको र जसका कारण पार्टीलाई धेरै फाइदा नभएको बताएका हुन् । उनले एक्लै निर्वाचन लडेका स्थानमा पार्टीले राम्रो बिजयी हासिल गरेको दावी गरे । १५ वडामा पनि तालमेल गर्दा सवै पद गुमाउनुपर्ने भएकाले नै एक्लै चूनाव लड्ने निर्णय गरेको र सफलता प्राप्त भएको उनको…
काठमाडौं । स्थानीय तहको निर्वाचन र जिल्ला समन्वय समितिमा प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अपेक्षित परिणाम नल्याए पनि अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली बदलिएको छैन । हालै सम्पन्न स्थानीय तहको निर्वाचन अघि एमालेलाई ‘किलो’ र अन्य दललाई ‘ढक’सँग तुलना गरेका अध्यक्ष ओलीले शुक्रबार पाँच दलीय गठबन्धनमा रहेका दलहरूको हैसियत बाख्रासँग लड्न नसक्ने खालको रहेको टिप्पणी गरेका छन् । अरू दललाई बाख्रासँग लड्न नसक्ने खालको भएको बताएका उनले एमालेलाई ‘साँढे’सँग तुलना गरेका छन् । ‘गठबन्धन टुटाउन बल गर्नु प¥यो भनेर हल्ला चले पनि एक्लै चुनावमा जाँदा धुलोपिठो हुने डरले उनीहरू गठबन्धन टुटाउन चाहँदैनन्’ शुक्रबार विराटनगर पुगेका ओलीले भने, ‘साँढेसँग लड्न…
काठमाडौँ । काठमाडौँमा आज बिहान २:३६ बजे भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । केन्द्रले ४.७ म्याग्निच्युडको भूकम्प गएको जनाकारी दिएको छ । भूकम्पको धक्का काठमाडौँ उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महसुस गरिएको बताइएको छ।
बिर्तामोड । इलामको सूर्योदय नगरपालिका ७ मा सवारी दुर्घटनामा परि झापाको बिर्तामोडमा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष इश्वरीप्रसाद खरेलको निधन भएको छ। कर्णाली बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी चढेको गाडी इलाममा दुर्घटनामा परेको हो। दुर्घटनामा परी संस्थाका उपाध्यक्ष बिर्तामोड ३ निवासी ५७ वर्षिय खरेलको निधन भएको हो। कर्णाली साकोसका पदाधिकारी चढेको प्रदेश १ –०१–००१६–९१९३ नम्बरको स्कोरपियो बिर्तामोडबाट इलामको फिक्कलतर्फ जादै गर्दा साँझ ७.३० बजेतिर सूर्योदय नगरपालिका ७ मा सडकबाट सय मिटर तल झरेको प्रहरीले जनाएको छ। सहकारीका अध्यक्ष बिर्तामोड ३ निवासी वर्षिय टिएस प्रधान, कोषाध्यक्ष बिर्तामोड ८ निवासी ४५ वर्षिय एकराज विष्ट, सहकारीका सदस्य बिर्तामोड ५…