Author: admin
काठमाडौं । निर्वाचन सुरक्षाबारे उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले गृह मन्त्रालयलाई ११ बुदेँ निर्देशन दिएको छ । निर्वाचन आयोगमा आज बसेको बैठकले गृह मन्त्रालयमार्फत सम्वद्ध निकायलाई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न गराउन ११ बुदें निर्देशन दिएको हो । यस्ता छन् ११ बुँदे निर्देशन १. मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का सन्दर्भमा निर्वाचन बिथोल्ने वा बहिस्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाक, धम्की दिने लगायतका कार्यहरू गरी निर्वाचनको स्वच्छतामा असर पुर्याउने कुनै पनि गतिविधिहरू नगर्न नगराउन उपयुक्त सुरक्षा रणनीति अवलम्बन गर्ने । २. निर्वाचनमा आचारसंहिता…
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् भावी प्रधानमन्त्री केपी शर्मा ओली आज झापा आउने भएका छन् । उदयपुर र सुनसरीको सभा सकेर ओली साँझ दमक आइपुग्ने बताइएको छ । झापा-१ र ५ को वृहत चुनावी सभालाई सम्बोधन गर्न ओली झापा आउने पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीले जानकारी दिएका हुन् । भोलि मंसिर १ गते मेचीनगर र गौरीगञ्जको चुनावी सभालाई सम्बोधन गर्न आउने निश्चित भएको छ । नेकपा एमालेले बिहीवार मेचीनगर ७ इटाभट्टामा झापा-१ क्षेत्रीय आमसभाको आयोजना गरेको पार्टीका क्षेत्रीय कमिटी संयोजक टिकाराम मग्रातीले जानकारी दिए । यस्तै, गौरीगञ्जमा समेत चुनावी सभा आयोजना गरिएको नेकपा एमाले झापाले जनाएको छ । मंग्रातीका…
काठमाडौँ । कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं. १ का उम्मेदवार विश्वप्रकाश शर्माले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनी परेको उजुरी निर्वाचन आयोगले तामेलीमा राखेको छ । निर्वाचनको बेला अग्नि पीडितलाई आर्थिक सहयोग गरेको र यो निर्वाचन आचारसंहिता विपरीत भएको भन्ने आरोप शर्मामाथि लागेको थियो । तर उक्त आरोप पुष्टि हुन नसकेको भन्दै आयोगले तामेलीमा राख्ने निर्णय गरेको हो । शर्माले आगलागी पीडित केबल निरौला र उनका बुवालाई २ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । त्यसबारे आयोगले स्पष्टीकरण सोधेको थियो । शर्माले गत जेठ ६ गते पीडितलाई ११ हजार रुपैयाँ सहयोग गरेको र त्यसकै निरन्तरता स्वरुप अमेरिकाबाट संकलित थप…
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार गृह जिल्ला डडेलधुरा जाने भएका छन् । मंगलबार धनगढी पुगेका देउवा आफ्नो गृहजिल्ला एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र जान लागेका हुन् । देउवाले बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उनी उम्मेदवार रहेका छन् ।
झापा । जब झापाको क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेभित्र संभावित उम्मेदवारहरूका बारेमा चर्चा चल्दैथ्यो, त्यो बेला एमालेकै कार्यकर्तामाझ एउटा चर्चा चल्यो, ‘देवराज कमरेडले झापा २ का लागि अहिलेसम्म के योगदान गर्नुभयो ?’ धेरैले त्योबेला अग्नि खरेल झापा २ का लागि उपयुक्त उम्मेदवार ठाने । खरेललाई उपयुक्त उम्मेदवार ठान्नु ठिकै पनि थियो । उनले झापा २ मै केन्द्रित रहेर पार्टी तथा जनताका काम गर्दै आएका थिए । पार्टीले खरेललाई झापा १ मा पठायो र देवराज घिमिरेलाई झापा २ मा । नेताहरूमा आ-आफ्ना गुण हुन्छन् । कोहीले गरेका कामको जस लिँदैनन्, कोहीले ‘मैले गरेको हुँ’ भन्छन्…
काठमाडौं । प्रा.डा. गोविन्द केसीले आगामी निर्वाचनलाई जिम्मेवारीपूवर्क अवसरका रुपमा प्रयोग गर्न आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दैै केसीले यसअघिका निर्वाचनबाट राज्यसञ्चालनमा आएका शिर्षदलहरु असफल भइसकेको भन्दै अहिलेको निर्वाचनलाई जिम्मेवारीपूवर्क अवसरका रुपमा प्रयोग गर्न आग्रह गरेका हुन् । उनले अघिल्लो चूनावको जस्तो गल्ती फेरी नदोहराउन अपिल गरेका छन् भने आउदा चुनावहरुमा बैदशिक रोजगारीमा रहने युवाहरुको मताधिकार सुनिश्चित गर्न पनि माग गरे। त्यस्तै उनले शीर्ष नेताहरुले राजनीतिलाई भ्रष्टीकरण र अपराधीकरण गरेको आरोप लगाए । शीर्ष नेताहरुले भ्रष्टाचार, अपराध, अक्षमता र तानाशाही प्रवृत्ति भएकालाई चुनावमा उम्मेदवार बनाएर इमान्दारिताको राजनीति गर्नेहरुलाई पाखा लगाएको पनि उनले बताए । केसीले पुरानै नेताहरुका…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नागरिक समाजले ललितपुर-३ भैसेपाटीमा आयोजना गरेको पदयात्रामा सहभागी भएका छन् । ललितपुर क्षेत्र नं ३ मा एमाले प्रतिनिधि सभाका उम्मेदवार अमृत खड्का र प्रदेश ३ (२) प्रेमभक्त महर्जनसहित नागरिक समाज र बुद्धिजीविको पदयात्रामा ओली सहभागी भएका हुन् । सो क्रममा अध्यक्ष ओलीले अब देश विकास गर्ने वागडोर युवाको हुनुपर्ने बताएका थिए । पदयात्राका क्रममा ललितपुर क्षेत्र नं ३ प्रतिनिधि सभाका उम्मेदवार खड्काले जनताको वास्तविक समस्यालाई बुझ्दै बिकासको योजनालाई अघि बढाउने बताए । त्यस्तै सो क्षेत्रका प्रदेश सभाका उम्मेदवार प्रेमभक्त महर्जनले आउँदो मंसिर ४ गतेपछि मुलुकमा एमालेको सरकार आउने दाबी गरे ।
काठमाडौं । आसन्न निर्वाचनका लागि मंसिर ४ गते आन्तरिक उडान बन्द हुने भएको छ । प्रतिनिधितथा प्रदेशसभा निर्वाचनका लागि उडान बन्द गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने, ‘एयरलाइन्सहरुले ४ गतेका लागि कुनै पनि टिकट नबेचेको जानकारी दिएका छन् । सो दिन सार्वजनिक यातायात पनि नचल्ने भएकाले आन्तरिक उडान बन्द गरिएको हो ।’ प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय उडान भने रोकिने छैन।
काठमाण्डौँ। सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि सरकारले आउँदो मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मतदानस्थल रहेका शिक्षण संस्थाहरू भने २ गतेदेखि ५ गतेसम्म नै बन्द हुनेछन् । गृह मन्त्रालयले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरू २ गतेदेखि ५ गतेसम्म तथा सरकारी कार्यालय र सार्वजनिक निकायहरु ४ र ५ गते बन्द हुने विज्ञप्तिमार्फत् जनाएको छ ।
काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अब एक हप्ता मात्रै बाँकी छ । उम्मेदवारहरू आफ्ना कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन् । मतदाता रिझाउने सबैको आफ्नै लगन र शैली जारी छ । त्यसमा आधुनिक सूचना प्रविधिको प्रयोग पनि भरपूर देखिन्छ । फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जाल र इन्टरनेटमा आधारित अन्य प्लेटफर्ममार्फत प्रचार चलिरहेका छन् । जुन स्वभाविक एवं आवश्यकता नै भइसक्यो । तर ‘चुनावमय सञ्जाल’का अन्तरकुन्तर खोज्दा त्यहाँ समस्याका अनेकौं गाँठा भेटिन्छन् । सञ्जालमा चलिरहेका चुनाव केन्द्रित गतिविधि केलाउँदा आर्थिक पाटोसम्म पुग्छ । राज्यसंयन्त्र एवं नियामकको कमजोरीदेखि विधायकी भूमिकामा जान प्रतिस्पर्धा गरिरहेका उम्मेदवारले मौजुदा कानून र वित्तीय अनुशासनमा…