काठमाडौं । स्तन क्यान्सरको आंशका भएपछि नेपाली कांग्रेसकी नेतृ सुजता कोइराला सिंगापुर जाने भएकी छन् । मलेसियाको एक अस्पतालमा गरिएको जाँचमा उनको स्तनमा क्यान्सर भएको आशंकासहितको रिर्पोट आएपछि उनीले यसै साता सिंगपुर पुगेर थप जाँच गर्ने भएकी हुन् ।

स्रोतका अनुसार केही समय अघि एसियाली राजनीतिक पार्टी ‘आइक्याप’ को अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन पुगेका बेला कोइरालाले मलेसियामा भर्खरै खुलेको एक नयाँ अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गराएकी थिइन् ।
रिर्पोट अनुसार उनको स्तनमा क्यान्सर भएको आशंका गर्दै चिकित्सकले थप पुष्टि गर्न सल्लाह दिएका थिए । आइक्यापको सहअध्यक्ष पदमा निर्वाचित भएर फर्खने बेला उक्त रिपोर्टका कारण कोइराला निरास भएकी थिइन् । विना लक्ष्यण विनै स्तन क्यान्सर भएको आशंका चिकित्सकले गरेपछि उनी निरास भएकी हुन् ।
कार्यक्रमको दौढधूपछि चक्कर लागे जस्तो भएपछि उनी जाँचका लागि उक्त अस्पताल पुगेकी थिइन । कांग्रेस विदेश विभागकी प्रमुख रहेकी उनले सिंगापुर गराएर जाँच गर्ने निधो गरेपछि उनको उपचार खर्चबारे कांग्रेस नेताबीच छलफल समेत भएको छ ।