जनकपुर । नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जी ऐतिहासिकस्थल जनकपुर पुगेका छन् ।
काठमाडौँबाट बुद्ध एअरको विमानबाट जनकपुर विमानस्थल उत्रिएका हुन् । राष्ट्रपति मुखर्जीलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि र धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाइँले स्वागत गरे ।
राष्ट्रपति मुखर्जीले जनकपुरको जानकी मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको छ । साथै, उनको सम्मानमा जनकपुरवासीद्वारा प्रदान गरिने नागरिक अभिनन्दन ग्रहणसमेत गर्ने छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जी कात्तिक १७ गते नेपाल आएका थिए । मुखर्जी आजै पोखरा जाने कार्यक्रम रहेको छ ।
Facebook Comments Box