काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका क्रममा बुधवार काठमाडौंको सडकमा गुड्ने एम्बुलेन्सलाई समेत चल्न नदिइएको खुल्न आएको छ ।
‘आकस्मिक र गम्भीर प्रकृतिका बिरामीलाई बोकेर हिँड्ने सवारी एम्बुलेन्सलाई समेत रोकेर कस्तो खातिरदारी प्रदर्शन गर्न खोजिएको हो ?,’ सामाजिक सञ्जालमा सडकमा मुखर्जीको भ्रमणको क्रममा रोकिएको एम्बुलेन्सको तस्वीर पोष्ट गरेकी पत्रकार मेनुका बस्नेतले भनिन् , ‘कमसेकम मान्छेको बाँच्ने हकको त रक्षा गनुपथ्र्यो सरकारले ।’
बस्नेतका अनुसार अरू सवारी चलेपछि मात्र ट्राफिक प्रहरी र सुरक्षाकर्मीले एम्बुलेन्सलाई जान दिएको थियो । गम्भीर अवस्थामा रहेका बिरामीहरूलाई एक मिनेट अगाडिमात्रै पु¥याउन सक्दा पनि ज्यान बच्ने सम्भावना हुन्छ ।
बस्नेतले मात्र होइन, मुखर्जी भ्रमणका क्रममा एम्बुलेन्सको तस्वीर वैकुण्ठ भण्डारी नामका फेसबुक प्रयोगकर्ताले समेत पोष्ट गरेका छन् ।