काठमाडौं । महाअभियोग प्रस्तावका प्रस्तावक एवं माओवादी केन्द्रका सांसद महेन्द्र बहादुर शाहीले महाअभियोग प्रकरणलाई लिएर आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन्। नेपाली राजनीतिमा धम्की आउने कुरा सामान्य भएको भन्दै सभामुख कार्यकक्षमा उनले भने, ‘मलाई मारिएन भने यो प्रस्तावलाई अघि बढ्नबाट कसैले रोक्न सक्दैन।’ सांसद शाहीले धम्की कसरी आयो कसले दियो भन्ने बारेमा भने केही खुलाएनन्।
![]()
लोकमानले परिवर्तनका पक्षमा लागेका सबै शीर्ष नेतालाई तार्गेट बनाएको र उनीहरूलाई कुनै न कुनै आरोपमा जेल हाल्ने षड्यन्त्र गरेको उनले दावी गरे।
महाअभियोग प्रस्ताव आकस्मिक रुपमा दर्ता नगरिएको भए दर्ता नै हुन नसक्ने भन्दै उनले भने, ‘लोकमान विरूद्धमा मिडियामा सामाजिक सञ्जालमा बिरोध आउदा समेत दलहरु निर्णयमा पुग्न सकेका थिएनन् यो न त माओवादी केन्द्रको औपचारिक निर्णय हो नत एमालेको नै सबैसँग छलफल गरेको भए एक डेढ महिनामा पनि प्रस्ताव दर्ता हुन सक्ने थिएन ।’
‘शीर्ष नेतालाई जेल हाल्न खोज्नु, पशुपतिमा गएर पूर्वराजाले दलहरुलाई चेतावनी दिनु, कमल थापाले यसलाई समर्थन जनाउनु प्रतिगमन ल्याउने खेल हो।’