काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएर चुनाव चिन्ह समेत पाइसकेको एक राजनीतिक दलले अध्यक्षदेखि जिल्ला प्रमुखसम्मका बिभिन्न ९ पदमा आवेदन माग गरेको छ ।
नाम नखुलाएको उक्त दलले पत्रिकामा सूचना प्रकाशित गरेर अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, प्रवक्ता, केन्द्रीय सदस्य, प्रदेश प्रमुख र जिल्ला प्रमुख माग गरेको हो ।
सूचनामा प्रदेश प्रमुख र जिल्ला प्रमुखका लागि सम्बन्धित प्रदेश र जिल्ला सदरमुकाम वरपर बसोबास गरेको ब्यक्ति हुनुपर्ने उल्लेख गरिएको छ भने अरु पदमा आवेदन दिनेहरु काठमाडौंमा बसोबास गरेको हुनुपर्ने जनाइएको छ।
पार्टीलाई समय दिन सक्ने, संगठन विस्तार गर्न सक्ने, स्वदेश र विदेशको राजनीति बुझेको, निर्वाचनमा उम्मेद्वारी दिन सक्ने, लेवी तिर्न सक्ने र कानुनले दोषी नठहर्याएकाहरुले आवेदन गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ।
यी पदहरुमा आवेदन दिन इमेल ठेगाना मात्र दिइएको छ। जसमा नाम फोटो र सम्पर्क नम्बर पठाउन भनिएको छ।
साभार : थाहा खबर