काठमाण्डाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राज्य प्रशासनका उद्योग वाणिज्यमन्त्री झाङ माओबीच भेटवार्ता भएको छ। झाङ प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्री कार्यालय सिंहदरवार पुगेका थिए।

दशैंपछिको पहिलो दिन प्रधानमन्त्रीले चीनका मन्त्री झाङसँग भेटवार्ता गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए। केही दिनदेखि नेपालमा रहेका झाङले नेपालमा विभिन्न तहको भेटवार्ता गरिरहेका छन्।
उनले आपूर्तिमन्त्री दीपक बोहोरासँग नेपाल र चीनबीच उपभोक्ता अधिकार संरक्षण र सहयोग आदानप्रदानका साथै व्यापार सम्बन्ध मजबुत बनाउने सहमतिमा हस्ताक्षर गरेका छन्।
Facebook Comments Box