काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बंगलादेश भ्रमण स्थगित भएको छ।

मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण अध्यक्ष ओलीको शुक्रवार बंगलादेश भ्रमणमा जाने कार्यक्रम स्थगित भएको एमाले पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।
ओली बंगलादेशको अवामी लिग पार्टीको निमन्त्रणामा उक्त पार्टीको २० औं त्रैवार्षिक सम्मेलनमा भाग लिन शुक्रवार बंगलादेशको राजधानी ढाकातर्फ प्रस्थान गर्ने कार्यक्रम थियो।
अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध एमाले र माओवादी केन्द्रका एक सय ५७ सांसदले महाअभियोग प्रस्ताव संसदमा दर्ता गरेको र आइतबार बस्ने संसद बैठकमा उक्त विषयमाथि छलफल हुने कार्यक्रम रहेकाले पनि ओलीको बंगलादेश भ्रमण स्थगित भएको उनी निकट स्रोतले जनाएको छ।
Facebook Comments Box