काठमाडौं । अख्तियार प्रमुख लोकमान सिंह कार्कीको निलम्बनपछि आयुक्त दीप बस्न्यातलाई बिहीबारबाट कार्यवाहक नियुक्त गरिएको छ। बस्न्यातलाई वरिष्ठताका आधारमा कार्यवाहक नियुक्त गरिएको अख्तियारका सहायक प्रवक्ता खगेन्द्र रिजालले बताए।
‘प्रमुखको अनुपस्थितिमा वरिष्ठ आयुक्तले बैठकको अध्यक्षता गर्ने व्यवस्था अख्तियार नियमावलीमा छ। त्यसैअनुसार आज आयोगको बैठक बसेको हो,’ उनले भने।
आयोगको बोर्ड बैठकमा उनले ‘आजदेखि मैले कार्यवाहक पाएको छु, सबैले नियमित काम–कारबाही गर्नू’ भनेर कर्मचारीलाई निर्देशन दिएको स्रोतले बतायो। बैठकमा अख्तियारका आयुक्तहरु, सचिव तथा विभिन्न महाशाखा प्रमुखको उपस्थिति थियो।
निजामती सेवामा रहेर सचिवबाट अवकाश पाएका बस्न्यात लामो समय राजस्व सेवामा थिए।
Facebook Comments Box