काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई हटाउन धेरै पहिलेदेखि प्रयास गरिरहेको बताएका छन् ।

एमाले संसदीय दलको बैठकपछि संचारकर्मीहरुसंग कुरा गर्दैै उनले भने ‘धेरै पहिलादेखि हटाउने प्रयास गरिएको थियो तर अहिले आएर सफल भइयो ।’
यो कामलाई निष्कर्षमा पुर्याउने तयारी थाल्न सांसदहरुलाई निर्देशन दिएको समेत जानकारी गराए । उनले कार्कीलाई हटाउने प्रक्रियाबाट एमाले कुनै पनि हालतमा पछि नहट्ने दावी गरे ।
लोकमानले भष्ट्राचार नियन्त्रणभन्दा पनि ब्यक्तिगत रिसिइबीका आधारमा अधिकारको दुरुपयोग गरेकाले महाअभियोग लगाउन बाध्य भएको उनको भनाई छ । आइतबार बस्ने व्यवस्थापिका–संसद बैठकमा अनिवार्य उपस्थित हुन पार्टीका सांसदहरुलाई ‘ह्वीप’ जारी समेत गरिएको छ ।
Facebook Comments Box