काठमाडौं । व्यवस्थापिका–संसदक्को बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

बिहीबार दिउसो १ बजे बोलाइएको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाभियोग लगाउनुपर्ने प्रस्ताव पेस गर्ने कार्यसूची थियो ।
तर अन्तिम समयमा कांग्रेसको धारणा नआएको भन्दै संसद्को बैठक स्थगित गरिएको छ । संसद् सचिवालयका सह–प्रवक्ता सुदर्शन कुईँकेलले आइतबारसम्मका लागि सूचना टाँस गरेर संसद् बैठक स्थगित गरिएको बताए ।
Facebook Comments Box