काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनका राष्ट्रपति नेपाल आउने भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनतालाई ढाँंटेको बताएका छन् । दीपावली तथा छठका अवसरमा शुभकामना आदान प्रदान गर्न बुधवार बसेको पार्टीे संसदीय दलको बैठकमा बोल्दै ओलीले यस्तो बताएका हुन ।
‘प्रधानमन्त्रीले यसै बर्ष चीनका राष्ट्रपति नेपाल आउने भनेर पहिले बाहिर जनतलाई ढाँंटे, आज संसदमा सम्बोधन गर्दा यो बर्ष नहुने भनेर ढाँंटेको कुरा प्रमाणित गरे’ ओलीको भनाइ उद्धृत गर्दै एक सांसद्ले बताए । उनले सहमतिका लागि संविधान शंसोधन गर्न सकिने बताउदै देश र जनतको हित नहुने गरी संविधान शंसोधन प्रस्ताव आए एमाले त्यसको विपक्षमा उभिने बताए।
ओलीले संविधान लहड र कसैलाई खुसी पार्नका लागि शंसोधन गर्ने नभई देशको समस्या समाधान र राष्ट्रहितको पक्षमा हुनुपर्ने बताए। ओलीले संविधान शंसोधनका बिषयमा सरकारले प्रतिपक्षसग कुनै छलफल नै नगरेको बताए।
उनले औपचारिक छलफल भएपछि मात्र शंसोधन किन केका लागि भनेर औचित्य खोजिने बताए । ओलीले प्रधानमन्त्रीको हालै गोवामा भएको भ्रमणपछि यस भन्दा अघि दुई छिमेकी मुलुकमा बिशेष दूत पठाउनु औचित्य नभएको प्रमाणित भएको दावी गरे।