फिदिम । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक क्रान्तिमार्फत मलुकलाई समृद्ध बनाउनु पर्नेमा जोड दिएका छन् ।
तरुण दलको ६४औँ स्थापना दिवसका अवसरमा पाँचथर सदरमुकाम फिदिममा आयोजित कार्यक्रममा उनले मुलुकलाई समुन्नत बनाउन कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले सबै राजनीतिक दललाई समेटेर मात्रै संविधानको सफल कार्यान्वयन गर्न सकिने बताए । उनले भने,‘२०७४ माघसम्म तीन वटै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ, त्यसैले सबै दल मिल्नुको विकल्प छैन ।’
Facebook Comments Box