काठमाडौं । अमेरिकाको ओहायोकी एक महिला इभा हल्यान्डले आफ्ना मृत पतिको लाशसँगै बसेर मुस्कुराउँदै खिचेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

आफ्नो पति मर्दा पनि खुशी हुने कस्ती महिला हो यो भन्ने धेरैलाई लाग्छ शुरूमा त । अझ, घृणा नै पनि लाग्न सक्छ । ती महिलाले त आफ्ना बालबालिकालाई पनि तस्वीरमा मुस्कुराउन लगाएकी थिइन् ।
तर यसपछाडिको कारण जान्नुभयो भने तपाईंको धारणा बदलिन सक्छ ।
खासमा इभाका पतिको मृत्यु लागूपदार्थ हेरोइन धेरै खाएर भएको थियो । फेसबूकमा यो तस्वीरसँगै स्टेटस पनि लेखेकी महिलाले खुलासा गरिन्, ‘मेरा पति जिन्दगीलाई माया गर्ने र खुशी मान्छे थिए । उनी सबैलाई माया गर्थे । तर जिन्दगीको कठिन मोडमा उनले गल्ती गरे ।’
ख्यालख्यालमै उनी नशातर्फ आकर्षित भए । नशा छुटाउनका लागि रिह्याबिलिटेसन सेन्टर गएका उनी परिवर्तित मानिस भएर आए ।
नशा छुटिसकेको थियो उनको तर केही महिनापछि उनले एउटा पेनकिलर खाएपछि फेरि नशा गर्न शुरू गरे । यही नशाले उनलाई मृत्युवरण गरायो ।
आफ्नो यो तीतो अनुभवले अन्य व्यक्तिलाई नशामा लाग्नबाट रोकोस् भनेर फेसबूकमा पोस्ट गरेको उनले बताए ।
मिरर