दमक : लिम्बु विद्यार्थी मञ्चको प्रथम अन्तर्राष्ट्रिय महासम्मेलन मंगलबारबाट झापाको दमकमा सुरु भएको छ। ३ दिन सम्म चल्ने महासम्मेलनको उद्घाटन संघीय ममिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगुले गरे।

उद्घाटन कार्यक्रममा लिम्बु जातिले प्रयोग गर्दै आएका परम्परागत पोशाकको प्रदर्शनी गरियो। कार्यक्रममा लिम्बु मौलिक संस्कृति झल्काउँने च्याब्ब्रुङ (बाजागाजा) सहित केलाङ, माङलाङ र प्लेकार्डको वृहत र्यालीले दमक नगर परिक्रमा गरिएको थियो। कार्यक्रममा बोल्दै राज्यमन्त्री जबेगुले आफ्नो परमपरा र संकृतीको जगेणा गर्न सकेमात्र देशको विकास हुने बताए। उनले लिम्बु जाति बहुसंस्कृतिका धनी भएकाले यसको संरक्षण लिम्बुवान क्षेत्रमा बस्नै सबैको दायित्व रहेको बताए।
संविधानले आदिवासी जनजातीको मागलाई सम्बोधन गरेको बताउदै उनले संविधानमा समावेश भएको उपलब्धिलाई संस्थागत गर्न तर्फ लाग्न सबैलाई आग्रह गरे।
कार्यक्रममा बोल्दै संघीय लिम्बुवान राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले संविधान पुनर्लेखनमार्फत पहिचावादीहरुको समेट्नु पर्ने बताए।
आदिवासी नेता आङ्काजी शेर्पाले सिंहदरवारले पहिचानवादीको मागलाई सम्बोधन नगरेको भन्दै तेश्रो जनआन्दोलनका लागि तयार रहन लिम्बुवानवासीलाई आग्रह गरे । महासम्मेलन आयोजक समितिका संयोजक अबोध अविरल आङ्वोहाङ्गकाले ३ दिन सम्म चल्ने संसारभर छरिएर रहेका लिम्बु विद्यार्थीहरुको भेलाले लिम्बु समुदायको संस्कार, संस्कृति, पहिचान र सम्भयताको बारेमा छलफल गरिने बताए।
के-के हुनेछ सम्मेलनमा
-महासम्मेलनमा लिम्बुवानको संस्कृति, भाषा लगायत विषयमा छलफल हुनेछ।
– दमक घोषणापत्र जारी गर्दै ४ गते सम्मेलनको समापन हुने आयोजकले जनाएको छ।
– महासम्मेलनमा नेपालका विभिन्न क्षेत्र, भारत, भुटान, अमेरिका लगायत देशबाट ४ सय जना प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको छ।
– कार्यक्रमको उद्घाटनका पूर्वमिस नेपाल सूविन लिम्बु, ढाका उद्योगी कल्पना योङहाङ्ग, साहित्यकार शेसेमी शे नाल्वो र कलाकार राजकुमार आङ्देम्बेलाई सम्मान गरिएको छ।