काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा चिनियाँ सरकारको निमन्त्रणामा ५ दिने कैलाशर मानसरोवर दर्शन तथा अवलोकन र तिब्बत भ्रमण सम्पन्न गरि मंगलबार स्वदेश फर्किएका छन् ।

भ्रमणका क्रममा स्वशासित क्षेत्र तिब्बत सरकारका उपाध्यक्ष टासी पेम्बासँग शिष्टाचार भेटका साथै अन्य नेताहरुसँगसमेत भेटघाट भएको थियो ।
अध्यक्ष थापाको सम्मानमा उपाध्यक्ष पेम्बाले रात्री भोजको आयोजना गरेका थिए । भ्रमणमा अध्यक्ष थापाका परिवारसहित पार्टीका कोषाध्यक्ष उद्धब पौडेलको सहभागिता थियो ।
Facebook Comments Box