काठमाडौ | नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पर्व र संस्कारहरुलाई युगअनुकुल सुधार र परिमार्जन गर्दै जानुपर्ने बताएका छन् ।
बडादसैंको महाअष्टमीको दिन आइतबार बिहान ट्वीट गर्दै उनले बलिप्रथाको अन्त्य गर्नुपर्ने मत व्यक्त गरेका हुन् । माओवादी सशस्त्र युद्धका अगुवासमेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले आफ्नो ट्वीटमा लेखेका छन्–‘एउटाको बलि दिए अर्कोलाई रिझाउने संस्कृतिको अन्त्य गरौं । पर्व र संस्कारहरुलाई युगअनुकुल सुधार र परिमार्जन गर्दै जाऊँ । बलिप्रथाको अन्त्य गरौं ।’
उनको यस ट्वीटप्रति सामाजिक सन्जाल प्रयोगकर्ताहरुले विभिन्न प्रतिक्रियाहरु दिइरहेका छन् ।
Facebook Comments Box