भक्तपुर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले तोकेको समय सीमा भित्रै तीन तहकै चुनाव हुने बताएका छन ।
नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिले गरेको शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रममा उनले स्थानीय निकाय, प्रदेश र संसदको चुनाव हुने र यसमा कसैले शंका गर्नु नपर्ने बताएका हुन ।
तीनै तहको चुनाव समयमै गराउने जिम्मेवारी कांग्रेसले लिने उनले बताए । उनले चुनावका तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिए।
Facebook Comments Box