काठमाडौं– स्वास्थ्यमन्त्री गगन कुमार थापाले बाँकेको कोहलपुरमा बुधबार ५१ किलोको माला लगाइएको विषयमा स्पष्टिकरण दिएका छन् ।
थापाले ५१ किलोको माला पहिरिएको तस्बीर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि थापाले पनि सामाजिक सञ्जालमार्फ नै आफूलाई तडकभडक मन नपर्ने बताएका छन् ।

‘मध्यमाञ्चलको समीक्षामा भाग लिने क्रममा कोहलपुर स्वथाचौकी पुगेर ढोकामा हिंड्दा हिड्दै आकस्मत कोहलपुर बासिको तर्फबाट ठुलोमाला भन्दै माला पहिर्याकइयो’, उनले भनेका छन् , ‘ मलाई यस्तो कुरा कहिले मन परेन र बिनम्रपूर्वक तत्काल हटाउन लगाएँ । मञ्चमा पुगेपछि सो कार्यक्रम आयोजना गर्ने साथीलाई खोज्न लगाएँ अनि मंचमा बोलाएर मलाई सो कुरा मन नपरेको र यस्तो कहिँ कसैलाई नदोहोर्यानउन आग्रह गरेँ ।’
उनले आफूलाई आफ्नो जिम्मेवारी राम्ररी थाहा भएको भन्दै अगाडि भनेका छन्–मलाई मेरो जिम्मवारी राम्रोसंग थाहा छ । के गर्न हुन्छ के गर्न हुदैन भन्ने पनि राम्रोसंग थाहा छ । मालाको बिषयलाई लिएर चिन्ता गर्ने साथीलाई धन्यवाद ! चिन्ता नगर्नुस् म यस्तो बिषयमा अल्मलिएर, रमाएर बसेको छैन र बस्दिन पनि ।’
सानो बाहनामात्रै पाए देखाइदिउँला भन्नेहरुले गलत टिप्पणी गरेको पनि उनले बताएका छन् ।