काठमाडौं । मन्त्रालयकाे संख्या फेरी बढेकाे छ । सरकारले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएसँगै प्रधानमन्त्री कार्यालयसहित मन्त्रालयको २२ संख्या पुगेको हाे ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कृषि र भूमिव्यवस्था मन्त्रालयलाई अलग अलग मन्त्रालय बनाउने निर्णय गरेकाे हाे । अब कृषि तथा पशुपंक्षी र भूमि व्यवस्था तथा गरिबी निवारण अलग अलग मन्त्रालय हुने सरकारका प्रवक्ता एवम सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले बताए ।
हाल कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल रहेका छन् ।
अब उनलाई कृषि तथा पशुपंक्षी दिइने बताइएकाे छ ।
यस्तै स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्याललाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
Facebook Comments Box