कैलाली । प्रदेश नं ७ को उपसभामुखमा निर्वाचित निर्मला बडाल (जोशी) ले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
आज प्रदेश नं ७ को संसद् सभाहलमा बसेको संसद् बैठकमार्फत निर्विरोध निर्वाचित घोषणापछि सभामुख अर्जुनबहादुर थापाले जोशीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।
शनिबार वाम गठबन्धनका तर्फबाट उपसभामुखमा उम्मेदवारी दर्ता गराउनुभएकी जोशीलाई अन्य कसैको उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । जोशी नेकपा (माओवादी केन्द्र)को तर्फबाट दार्चुलाबाट प्रदेशसभा सदस्यमा समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनुभएको हो ।
Facebook Comments Box