बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरसभाबाट पारित विभिन्न १२ वटा ऐन, नियमावली, निर्देशिका, कार्यविधिलाई तिलोत्तमा राजपत्रमा प्रकाशित गरेको छ ।
नगर प्रमुख वासुदेव घिमिरेबाट प्रमाणीकरण गरिएका ती ऐन, नियमावली नगरवासीलगायत सम्बद्ध सबैको जानकारीका लागि आज राजपत्रमा प्रकाशित गरिएको हो ।
नेपालको संविधान भाग १८ को स्थानीय व्यवस्थापिकाको अधिकार प्रयोग गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ उपदफा (१) बमोजिम तिलोत्तमा नगरपालिकाले नगरसभाबाट विभिन्न ऐन, नियमावली, निर्देशिका, कार्यविधि पारित गरेको थियो ।
नगरसभाबाट यसरी पारित ऐन, नियमावली, निर्देशिका, कार्यविधि नगर प्रमुखबाट गत माघ २७ गते प्रमाणीकरण भएकामा त्यसलाई तिलोत्तमा राजपत्रमा प्रकाशित गरिएको नगर कार्यपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।
Facebook Comments Box