
काठमाडौं । माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यको समानुपातिक सांसदको टुंगो लगाएको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनबाट प्राप्त गरेको १७ जनाको समानुपातिकतर्फको नाम आयोगमा पठाएका छन्।
समानुपातिक सांसदको सूचीमा जनजातिबाट ओनसरी घर्ती, जयपुरी घर्ती, शशि श्रेष्ठ, यशोधा गुरुङ र अमृता थापा परेका छन्।
खसआर्यबाट रेखा शर्मा, पूर्णा सुवेदी, धर्मशिला चापागाईं र सीता पोखरेल समानुपातिक सूचीमा अटाएका छन्।
पिछडिएको क्षेत्रबाट सत्या पहाडी र दलितबाट अञ्जना बिशंखे, दुर्गा विक परेका छन्। त्यस्तै, मधेसीबाट बोधमाया यादव, इन्दु शर्मा, रामकुमारी चौधरी, शेख चाँदतारा परेका छन्। खसआर्य पुरुषबाट हितराज पाण्डे समानुपातिक सांसद बनेका छन्।
Facebook Comments Box