
पर्वत । हिउँद लागेपछि मो महोत्सवमा कलाकारलाई भ्याइनभ्याइ छ । त्यसमाथि पनि लोक गायनको क्षेत्रमा स्थापित कलाकारलाई त कार्यक्रममा समय मिलाउन पनि कठिन छ ।
एक दशकअघि यसरी नै मेला महोत्सवदेखि रेकर्डिङ स्टुडियोसम्ममा व्यस्त रहने एक ख्यातिप्राप्त लोक गायक भने पछिल्लो समय गाईपालनमा रमाएका छन् । साढे दुई दशकसम्म लोकगायनमा रमाएका बुद्धिराम शर्मा पछिल्लो समय भने आफ्नै गाउँमै गाईपालनमा रमाउन थालेका हुन् ।
गाउँमै केही गर्ने सोचसहित राजधानी का७माडौँ छाडेर जन्मथलो पर्वतको कुर्घा फर्केका शर्मा भन्छन् सबै बजारमै मात्र बस्ने हो भने गाउँमा कसरी समृद्धि ल्याउन सकिन्छ र भनेर गाउँ फर्केर गाई पाल्न थालेको हो । शर्माले आफूले घरमा गाई पाल्ने मात्रै होइन गाउँमै सहकारी मार्फत चिस्यान केन्द्र खोलेर दुध संकलन र वितरणलाई व्यवस्थित बनाउने अभियानमा पनि जुटेका छन् ।
चर्चित लोकगायका शर्माले २ सय जति लोक गीतमा स्वर दिएका छन् । उनले गाएका ‘सुन्तला फूल खेल्दै आयो’, ‘रुमाल रुझाउँछु मधुवनैमा’ जस्ता लोकगीत अहिले पनि चर्चित छन् । अाजकाे काराेबार दैनिकमा खबर छ ।