
काठमाडाैं । नेपाली कांग्रेस प्रदेश नम्बर २ को संसदीय दलको नेतामा रामसरोज यादव चयन भएका छन् ।
आइतबारदेखि जनकपुरमा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रदेश सांसदमा यादवलाई सर्वसम्मतिबाट चयन गरेको हो । यादव धनुषा निर्वाचन क्षेत्र नम्बर ३ क प्रदेशसभाबाट निर्वाचित सांसद हुन ।
प्रदेश नम्बर २ मा नेपाली कांग्रेसको प्रत्यक्ष र समानुपातिक गरी १९ प्रदेशसभा सांसद छन् ।
Facebook Comments Box