दाङ । नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले वर्तमान सरकारले राजनीतिक अराजकता मच्चाएको आरोप लगाउँदै काम चलाउ सरकारले गरेका निर्णय उल्टिने बताउनुभएको छ ।
टरिगाउँ विमानस्थलमा आज आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, “सरकारले गरेका कतिपय निर्णयलाई अब बन्ने सरकारले उल्टाउँछ, जथाभावी निर्णय गर्ने यो सरकारको काम होइन ।” वर्तमान सरकारले तोकेको प्रदेशको अस्थायी मुकामले देशैभरि विवाद सिर्जना गरेको उल्लेख गर्दै उहाँले प्रदेश मुकामको अस्थायी केन्द्र तोक्दा धोका भएको र अब राजधानी बनाउने जिम्मा प्रदेश सभामा आएको बताउनुभयो ।
प्रदेशसभाका सांसदहरुले स्थायी राजधानी तोक्दा न्यायोचित, सन्तुलित एवं जिम्मेवारीपूर्वक निर्णय गर्ने उहाँको भनाइ थियो । नेता महराले हरेक दृष्टिकोणले ५ नं प्रदेशको प्रादेशिक राजधानी दाङ उपयुक्त रहेको उहाँको दाबी थियो ।
Facebook Comments Box